ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

माइत जान्छु भनेर नाबालक छोरासहित हिँडेकी महिला यसरी बेचिइन् भुटानमा

News Desk by News Desk
१:४३ मध्यान्ह, असार २५, २०८१
माइत जान्छु भनेर नाबालक छोरासहित हिँडेकी महिला यसरी बेचिइन् भुटानमा

सांकेतिक फाइल तस्बिर

396
सेयर
395
VIEWS
ShareTweetSendShare

बाँके असार २५ गते ।
बाँकेको बैद्यनाथ गाउँपालिका–७ का गणेश ठकुरीकी श्रीमती तीन महिनाअघि माइत जान्छु भनेर चार वर्षीय छोरासहित घरबाट हिँडिन् । श्रीमती केही समयमै सम्पर्कविहीन भए पनि माइतमै होलिन् भनेर ठकुरी ढुक्कजस्तै थिए । तर जति गर्दा पनि सम्पर्क नभएपछि रोजगारीका लागि भारतमा रहेका ठकुरी चार दिनमै नेपाल फर्केर सोधिखोजीमा लागे । यतिञ्जेलसम्म उनकी श्रीमती भुटानमा बेचिइसकेकी थिइन् । यसबारे जानकारी पाएपछि उनी छाँगाबाट खसेजस्तै भए ।

“गत वैशाख ५ गते माइत जान्छु भनेर चार वर्षीय छोरासहित श्रीमती घरबाट निस्किएकी थिइन् । माइत पुगेर फोन गरिनन्, मैले गर्दा पनि सम्पर्क हुनसकेन । त्यतिबेला म रोजगारीका लागि भारत गएको थिएँ । श्रीमती सम्पर्कमा नआएपछि चार दिनमै घर फर्किएर बुझ्दा त श्रीमती र छोरालाई दलालले भुटान लगेर बेचिसकेका रहेछन्”, ठकुरीले भने ।

ठकुरीले दिएको जानकारीअनुसार उनकी श्रीमती जेठानी दिदीसँग घरबाट निस्के पनि नजिकैको मदनचोक बजार पुगेपछि एकाएक सम्पर्कविहीन भएकी थिइन् । बुझ्दै जाँदा नेपालगञ्जकी रमिला विक नाम गरेकी एक महिलाले तीस हजार भारतीय रुपैयाँमा श्रीमती बेचबिखन गरेको थाहा पाएको उनको भनाइ छ ।

“श्रीमती र छोराका बारेमा जानकारी प्राप्त गर्न हामीले फेसबुकमार्फत हराएको सूचना सार्वजनिक गरेका थियौँ । त्यही सूचनाको आधारमा भुटानमा गाडी चलाउने नेपाली सावारी चालक सुरज विकमार्फत खबर पाएपछि भुटानमा बेचिएको थाहा भयो”, गणेशले सुनाए,“सामाजिक सञ्जालमा मेरो अन्तर्वार्ता र फोन नम्बर भेटेपछि उहाँले बन्दी बनाएर राखेको घर नजिकै श्रीमती र छोरालाई देखेको भनेर खबर गर्नुभएको थियो ।”

सम्बन्धित समाचार

३८ ग्राम ब्राउन सुगरसहित बाँकेमा दम्पती पक्राउ

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

तालिमप्राप्त कुकुरसहित नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त गस्ती

सामाजिक सञ्जालमा राखिएको तस्बिरअनुसार सोधीखोजी गर्दा ठेगाना र नामसमेत मिलेको भनेर विकले आफूलाई जानकारी गराएको ठकुरीले बताए । “उहाँलाई श्रीमतीले जतिसक्दो चाँडो उद्धारका लागि पहिल गरिदिन र छोराको स्वस्थ्य अवस्था पनि ठीक नभएको खबर गरेकी रहिछन्, त्यसयता उद्धारका लागि प्रहरी प्रशासनमा धाइरहेका छौँ तर जति प्रयास गर्दा पनि कुनै निकायबाट सहयोग पाएका छैनौँ”, उनले गुनासो गरे ।

सोही वडाका अध्यक्ष दिनेशकुमार थारुले उद्धारका लागि वडा र पालिकामा खबर गरेको पुष्टि गरे । “यस खबरले हामी पनि चकित भएका छौँ । उहाँकी श्रीमती हामीले चिनेकी र राम्रो छवी भएकी महिला हुन् तर कसरी भुटानमा बेचिनुभयो रु हाम्रा लागि पनि खोजी र चासोको विषय बनेको छ”, वडाध्यक्ष थारुको भनाइ छ,“खबर पाएदेखि खोजतलासका लागि चारैतिर पहल गरिरहेका छौँ तर सफल भएका छैनौँ ।”
उद्धारका लागि नेपाल प्रहरी र पालिकाको वैदेशिक रोजगार शाखामार्फत समन्वय भइरहेको उनले बताए । “वैदेशिक रोजगार शाखा संयोजक धनबहादुर विकसँग समन्वय गरी सबै ठाउँमा सोधपुछ गर्दा भुटानमा रहेको निश्चित भएको छ । अब जतिसक्दो छिटो प्रहरी प्रशासनको सहयोगमा नेपाल झिकाउने प्रयासमा लागेका छौँ ।”

ईलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक देवराज भट्टराईले ‘श्रीमती लापत्ता भएको र खोजी गरी पाऊँ’ भनि ऊजुरी प्राप्त भए पनि भुटानमा बेचिएको बारेमा लिखित जानकारी नआएको बताए । भूटानमा बेचिएको वा बन्दी बनाएको उजुरी आएमा प्रहरीले तदारूकताका साथ सोधिखोजी गर्ने पनि उनले जानकारी दिए । रासस

ADVERTISEMENT
Share159Tweet99SendShare
Previous Post

‘बस्ती जलमग्न ,डुबान क्षेत्रमा जानसक्ने अवस्था छैन’

Next Post

जयन्दु बालसुधार गृहका बालबन्दीबीच फेरि लफडा : दुई बालबन्दी फरार

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अपराध

३८ ग्राम ब्राउन सुगरसहित बाँकेमा दम्पती पक्राउ

७:४१ बिहान, साउन १७, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
तालिमप्राप्त कुकुरसहित नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त गस्ती
अपराध

तालिमप्राप्त कुकुरसहित नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त गस्ती

६:४५ बिहान, साउन १५, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
अपराध

बाँकेमा खाद्य ऐन उल्लङ्घन : एक व्यवसायीलाई एक वर्ष कैद, अर्कालाई ५० हजार जरिवाना

८:१७ बिहान, साउन १२, २०८३
बर्दियामा १८ लाखभन्दा बढीका तरबुजको बीउ र चिनियाँ लसुन बरामद
अपराध

बर्दियामा १८ लाखभन्दा बढीका तरबुजको बीउ र चिनियाँ लसुन बरामद

२:०७ बिहान, साउन १२, २०८३
Next Post
जयन्दु बालसुधार गृहमा झडप : एक मृत्यु, १० जना घाइते

जयन्दु बालसुधार गृहका बालबन्दीबीच फेरि लफडा : दुई बालबन्दी फरार

बाँकेमा २५ प्रतिशत रोपाइँ

बाँकेमा २५ प्रतिशत रोपाइँ

आजको मौसम : पहाडी क्षेत्रमा चट्याङसहित हल्का वर्षाको सम्भावना

चट्याङ लागेर बाँकेमा दुई महिलाको मृत्यु, एक घाइते

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?