
बाँके कार्तिक २९ गते । इलाका प्रहरी कार्यालय कोहलपुरले नेकपा विप्लव समुहका जाजरकोट जिल्ला ईन्चार्जसमेत रहेका प्रेम प्रकाश वलीलाई कोहलपुर–२ सालको बुटा भन्ने ठाउँबाट बिहीबार राती साढे ११ बजे नियन्त्रणमा लिएको छ ।
जाजरकोट नलगाड नगरपालिका वडा नं. ५ रघुनाथ घर भएका ४२ वर्षिय वली विप्लव माओवादीका जाजरकोटका जिल्ला इन्चार्ज समेत रहेका थिए उनि अहिले कोहलपुर ईलाका प्रहरी कार्यालय कोहलपुर मा रहेका छन ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज तथा प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले पक्राउ परेका वली बिरुद्ध जाजरकोटमा विभिन्न मितिमा एनसेल टावरमा आगजनी तथा तोडफोड, जबरजस्ति चन्दा असुल जस्ता कृयाकलापमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय जाजरकोटमा भौतिक संरचना बिनास, राज्यबिरुद्धको अपराध, र चन्दा असुल सम्बन्धी कसुरमा मुद्दा चलाई फरार रहेका व्यक्ति भएको बताएको छ ।









Discussion about this post