
बाँके कोहलपुर कार्तिक ३० गते । ईलाका प्रहरी कार्यालय कोहलपुर ले ठुलो परिमाणमा दुर्लभ जडिबुटी पाँच औले बरामद गरेको छ ।
कोहलपुर वडा नम्बर ११ लोक नगरस्थित पैदल हिडेका तिन जनालाई जडिबुटी समेत पक्राउ गरेेेेको हो । आज शनिबार दिउसो १:३० बजेको समयमा
प्रहरी ब्युुरो दाङ्गको र ईलाका प्रहरी कार्यालय कोहलपुरको टोलिले शरीरको खान तलासी गर्दा कालिकोट पाचलझरना वडा नं. ५ का अग्र बम ले बोकेको प्लास्टिक थैलीमा राखिएको पाँच औले जडिबुटी ३ किलो ७३० मिली ग्राम बरामद गरेको प्ररहरीले जनाएको छ । उनि लगायत उनको साथमा रहेका जिल्ला जुम्ला हिमा गाउँपालीका वडा नम्बर ६ बस्ने बर्ष ३६ का यमराज अधिकारी र बाँके जिल्ला कोहलपुर नगरपालिका वडा नम्बर ११ बस्ने ५४ बर्षीय बिर बहादुर शाही लाई प्रहरी ले पक्राउ गरेको छ । थप अनुसन्धान गरी जिल्ला बन कार्यालय लाई बुझाउने तयारी गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख हेम बहादुर शाही ले बताउनुभयो ।










Discussion about this post