बाँके कार्तिक ३० गते । साईबर अपराधबाट बचाउनको लागि समाजमा सचेतनामुलक कार्यक्रम हुनुको साथै किशोरी तथा अभिभावकहरु पनि सचेत हुनु पर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । प्लान इन्टरनेशल नेपालको सहयोगमा स्याक नेपालको आयोजनामा बैजनाथ गाउँपालिका वडा नं.१ र डुडुवा गाउँपालिका वडा नं. २ मा २ दिने किशोरीका क्लबका पदाधिकारीका लागि साईबर कानुन तथा सामाजिक सन्जाल मार्फत लेख प्रकाशन सम्बन्धि तालिममा सो कुरा बताएका हुन् ।
सो तालिममा बैजनाथ गाउँपालिका वडा नं.१ का एकता किशोरी किशोरीहरुको सहभागिता रहेको छ भने डुडुवा गाउँपालिकाको वडा नं. २ को प्रगतिशिल किशोरी क्लबको सदस्यहरुको सहभागिता रहेको थियो । बैजनाथ गाउँपालिकामा भएको सो प्राविधिक तालिमका प्रशिक्षक नेपाल युवा परिषद प्रदेश नं.५ का संयोजक सोम गुरुङ र डुडुवा गाउँपालिकामा भएको तालिममा धोज भण्डारीले क्म्प्युटरका आधारभुत जानकारी साथै सामाजिक सन्जालबाट कसरी सुरक्षित रहने र साईबर कानुनको बारे पनि प्रशिक्षण दिएका थिए । सामाजिक सन्जालको फाइदा र बेफाईदा साथै प्रविधिको सही सदुपयोग कसरी गर्ने भन्ने बारे जानकारी गराएका थिए । साथै त्यसै गरि बैजनाथमा भएको कार्यक्रमको प्रमुख अतिथि वडा महिला सदस्य काली कोइला बुढाले यस तालिमले किशोरीहरु साईबर अपराधमा बाट बच्न सहयोग पुग्ने विश्वास ब्यक्त गरिन ।
बैजनाथ गाउँपालिका वडा नं.१ का एकता किशोरी क्लबका अध्यक्ष अनु रावतले प्राविधिकलाई सही सदुपयोग गर्नु पर्ने बताईन् । त्यसै गरि स्याक नेपालले राप्ती सोनारी गाउँपालिकामा वडा नं.७ मा शिक्षक, बिद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक समितका सदस्यहरुलाई कसरी समाजमा लैगिंकमैत्री वातावरण र बालविवाह न्युनीकरण सकिन्छ भन्ने बारे अधिवक्ता चित्र केसीले प्रशिक्षण दिनुभएको छ । नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. २१ मा गठित उज्जवल किशोरी क्लबका सदस्यहरुलाई किशोर किशोरीको लागि जीवन उपयोगी सीप सुनौलो भविक्ष्यको छनौट तथा परिवर्तनका सम्वाहक तालिम प्रदान गरिएको छ । सो तालिमलाई स्याक नेपालका टिम लिडर नेत्रकला शाहीले प्रशिक्षण गर्नुभएको थियो । समाजमा बाल बिवाहले पार्ने नकारात्मक प्रभाव र कानूनी ब्यवस्थाका बारेमा जानकारी गराई बालबिवाह रोक्न अभिप्रेरित गर्ने, बालमैत्री र लैंगिक मैत्री बातावरण संचालन गर्नमा मद्धत पुग्ने लगायतका उदेश्यका साथ बाँके जिल्लाको आठ वटै पालिकामा सचेतनामुलक कार्यक्रम, अभियान र तालिमको आयोजना गरिएको स्याक नेपालका परियोजना प्रबन्धक जगदिश थापाले जानकारी गराउनुभयो ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post