ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

बाँकेमा डेंगी र स्क्रवटाइफसका बिरामीहरु बढे

News Desk by News Desk
७:१२ बिहान, साउन १९, २०८२
बाँकेमा डेंगी र स्क्रवटाइफसका बिरामीहरु बढे
384
सेयर
383
VIEWS
ShareTweetSendShare

बाँके साउन १९ गते ।
बाँकेमा डेंगी र स्क्रवटाइफसको संक्रमण तीब्ररुपमा देखिन थालेको छ । पछिल्लो तीन महिनामा २९ जनामा डेंगी संक्रमण पुष्टि भएको छ भने ८९ जनामा स्क्रवटाइफसको शंकास्पद संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । भेरी अस्पताल नेपालगञ्ज, सञ्जिवनी कलेज अफ मेडिकल साइन्सेस, कान्ति आरोग्य, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगायतका अस्पतालहरुमा डेंगी तथा स्क्रवठाइफसका बिरामीहरु आउनेक्रम बढेका छन् ।

भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेले बाँके, बर्दिया, दाङ, कैलाली लगायतका जिल्लाहरुबाट डेंगी र स्क्रवटाइफसक बिरामीहरु अस्पतालमा आइरहेको बताए । डेंगी पहिचानका लागि अचानक ज्वरो आउने, टाउको दुख्ने तथा आँखाको पछाडि दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने लगायतका मुख्य लक्षणहरू रहेको डा.पाण्डे बताउँछन् । यस्ता बिरामीका मांसपेशी तथा जोर्नी दुख्ने हुनाले यसलाई हड्डीतोड ज्वरो पनि भनिन्छ ।

सामान्यतया डेंगी भाइरसको संक्रमण भएका करिब ८० प्रतिशत मानिसमा कुनै लक्षण देखिँदैन वा देखिए पनि हल्का ज्वरोजस्ता सामान्य लक्षण मात्र देखिने चिकित्सकहरु बताउँछन् । संक्रमितमध्ये ५ प्रतिशत मानिसमा गम्भीर प्रकारको डेंगी लाग्ने गर्छ भने तीमध्ये निकै कमको मात्र मृत्यु हुने गर्छ । यो रोग छिप्पन ३ देखि १४ दिनसम्म लाग्ने भए पनि धेरैजसो बिरामीमा यो रोगले ४ देखि ७ दिनसम्ममा पूर्णता पाउने चिकित्सकहरु बताउँछन् ।

प्रायः बालबालिकामा डेंगी संक्रमण हुँदा सामान्य रुघा तथा संक्रामक पखाला भएको जस्तै लक्षण देखिने गर्छन् । कान्ति आरोग्य हस्पिटलमा कार्यरत बालरोग विशेषज्ञ डा.रोमा बोराले पनि डेंगी र स्क्रवटाइफसको संक्रमण भएका बालबालिका हस्पिटलमा आउनेक्रम बढेको बताइन् । उनले भनिन–‘लामखुट्टेको प्रभाव क्षेत्रमा डेंगीको जोखिम बढी हुन्छ ।’

सम्बन्धित समाचार

बाँकेमा गर्मीको कहर : भेरी अस्पताल २४सै घण्टा हाइ अलर्टमा

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

डेंगी संक्रमण भएका बालबालिका दैनिक हस्पिटलमा आइरहेका छन् । उनले डेंगीमात्र नभएर स्क्रवटाइफसको संक्रमण भएका बालबालिका पनि हस्पिटलमा आइरहेको बताइन् । उनले भनिन्–‘स्क्रवटाइफस साना कीराहरूको टोकाइबाट सर्ने एक संक्रामक रोग हो । प्रारम्भिक लक्षणहरू अन्य साधारण ज्वरोसँग मिल्दोजुल्दो भएका कारण समयमै परीक्षण नगरेमा स्थिति गम्भीर बन्न सक्छ ।’

स्वास्थ्य कार्यालय बाँकेका अनुसार पछिल्लो तीन महिनामा बाँकेमा २९ जनामा डेंगीको संक्रमण देखिएको छ । ५२८ नमुना परीक्षण गरिएकोमा २९ जनामा डेंगी पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकलपर्सन दुर्गा गौतमले बताइन् । उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाका १८ जना र कोहलपुर नगरपालिकाका ११ जनामा डेंगु संक्रमण पुष्टि भएको उनले बताइन् ।

तीमध्ये भेरी अस्पतालमा १९ जनाको उपचार गरिएको छ भने मेडिकल कलेज कोहलपुरमा ३ जनाको उपचार गरिएको छ । त्यसैगरि ७२९ जनाको स्क्रवटाइफसको नमुना परीक्षण गरिएकोमा ८९ जनाको शंकास्पद लक्षण चिन्ह देखिएको उनले बताइन् । गत वर्ष बाँकेमा ९ हजार ९३८ नमुना परीक्षण गर्दा ४१ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो ।

ADVERTISEMENT

नेपालगञ्ज र कोहलपुरका ठूला अस्पतालहरुमा अन्य जिल्लाबाट बिरामीहरु आउने भएकाले अस्पतालका बेडहरुमा डेंगी र स्क्रवटाइफसका बिरामीहरु धेरैछन् । डेंगु सुरुवा रोग हैन । तर, यो लामखुट्टेको टोकाइबाट सर्ने र फैलने गर्छ । डा.पाण्डे भन्छन–‘डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ । खासगरी एडिज प्रजातिको लामखुट्टे डेंगुका लागि जोखिमपूर्ण हुन्छ ।

गर्मी एवम् वर्षाको समयमा यस्तो लामखुट्टे फैलने भय बढी हुन्छ । त्यसैले डेंगुबाट बच्नु भनेको यस्ता लामखुट्टेको टोकाइबाट बच्नु नै हो । किनभने यसको टोकाइ एवं संक्रमण निकै घातक हुन सक्छ ।’ स्क्रबटाइफसको लक्षण र संकेत सामान्यतया सङ्क्रमणको ६ देखि १४ दिनपछि देखा पर्न थाल्छन् । प्रारम्भिक लक्षण ज्वरो, टाउको दुखाइ, मांसपेशी दुखाइ र थकान हुन्छन् । साथै अन्य लक्षण र संकेतहरु पनि देखा पर्ने डा.बोरा बताउँछिन् ।

Share154Tweet96SendShare
Previous Post

बाँकेको नरैनापुरका दर्जन घर डुबानमा

Next Post

प्रतिनिधिसभाको बैठक बस्दै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

बाँकेमा गर्मीको कहर : भेरी अस्पताल २४सै घण्टा हाइ अलर्टमा

१:३० बिहान, जेष्ठ १२, २०८३
अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ
मुख्य समाचार

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

७:४५ बिहान, जेष्ठ ७, २०८३
विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण
मुख्य समाचार

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

१२:१५ मध्यान्ह, जेष्ठ २, २०८३
परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए
मुख्य समाचार

परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए

८:२० बिहान, जेष्ठ २, २०८३
बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला
मुख्य समाचार

बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला

६:५४ बिहान, बैशाख ३१, २०८३
जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना
मुख्य समाचार

जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना

११:०३ बिहान, बैशाख २९, २०८३
नेपालगन्ज कारागारमा एआई प्रविधिबाट क्षयरोग परीक्षण सुरु
शिक्षा/स्वास्थ्य

नेपालगन्ज कारागारमा एआई प्रविधिबाट क्षयरोग परीक्षण सुरु

७:४४ बिहान, बैशाख २८, २०८३
संयोजक डा. प्रतीक श्रेष्ठको नेतृत्वमा नेपालगन्जमा रक्तदान कार्यक्रम, ८४ जनाद्वारा रक्तदान
मुख्य समाचार

संयोजक डा. प्रतीक श्रेष्ठको नेतृत्वमा नेपालगन्जमा रक्तदान कार्यक्रम, ८४ जनाद्वारा रक्तदान

५:२७ बिहान, बैशाख १९, २०८३
Next Post
प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?

प्रतिनिधिसभाको बैठक बस्दै

बाँकेमा बर्षा, किसानलाई राहात, गर्मीमा शितल

देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

अनुदानको मलमा दुरुपयोग

६ हजार बोरा मल गोदाममा पत्र नआएर वितरण रोकियो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?