ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कचनापुरका स्थानीयमा बाघको त्रास

News Desk by News Desk
६:५६ बिहान, अशोज ३, २०८२
कचनापुरका स्थानीयमा बाघको त्रास
382
सेयर
375
VIEWS
ShareTweetSendShare

बाँके असोज ३ गते ।
बाँके राष्ट्रिय निकुञ्जसँगै जोडिएको जिल्लाको राप्ती सोनारी गाउँपालिकाको कचनापुर क्षेत्रमा बाघको त्रासले स्थानीय आतङ्कित भएका छन् ।

बाघको आक्रमणबाट चार दिनअघि कचनापुरको माथेबास मदुईस्थित जनमुखी सामुदायिक वनमा राप्ती सोनारी गाउँपालिका–३, सिनाबासकी ४५ वर्षीया लक्ष्मी थारुको मृत्यु भएपछि सो क्षेत्रमा बाघको त्रास बढेको हो ।

राप्ती सोनारी २ माथेबास मदुईमा रहेका आफन्तको घरबाट आफ्नो घर सोही गाउँपालिका–३, सिनाबास फर्किने क्रममा लक्ष्मी थारुलाई बाघले खाएको अवस्थामा वनमा शव भेटिएको थियो ।

सो घटनापछि माथेबास, मदुई लगायत कचनापुर र सो वरिपरिका गाउँहरुमा समेत बाघको आतङ्कले स्थानीयलाई अत्यधिक त्रसित बनाएको कचनापुरका भूपेन्द्र वलीले बताए ।

सम्बन्धित समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

उनले भनेध्र ‘बाघको डरले गाउँ सुनसान छ, दिउँसो पनि स्थानीयले आफ्नो घरका ढोका बन्द गरेर बस्छन् । गाउँका बासिन्दाको दैनिक जीवनी नै बदलिएको छ, जङ्गलमा घाँस दाउरा गर्न जान पनि छोडेका छन् ।’

बाघको आक्रमणबाट लक्ष्मीको मृत्युपछि गाउँको दैनिक जीवन नै अस्तव्यस्त भएको छ । यसअघि बेलुकीपख गाउँमा स्थानीय भेला भएर गफगाफ गर्ने, बालबालिकाले खेल्ने गर्थे । अहिले बेलुका नहुँदै गाउँ सुनसान हुने गरेको छ । साँझ परेपछि सबै घरमा बन्द हुन्छन् ।

कचनापुरका अर्का स्थानीय सुरेश भण्डारीले बाघको डरले अहिले मानिसहरू घर बाहिर निस्कन डराउन थालेको बताउँदै कतिपय परिवारले पालैपालो जाग्राम बस्ने गरेको पनि बताए । बाघको त्रासकै कारण गाउँका स्थानीयले अहिल टर्च र लौरो लिएर समूहमा रातभरि होहल्ला गर्दै जाग्राम बस्न थालेको बताउँछन् ।

ADVERTISEMENT

बाघ नियन्त्रणका लागि बाँके राष्ट्रिय निकुञ्जसँग अनुरोध गरिएको जनप्रतिनिधिहरुले जनाएका छन् । राप्ती सोनारी वडा नम्बर ३ का वडा अध्यक्ष मीनकुमार चौधरीले लक्ष्मीलाई बाघले खाएपछि निकुञ्जलाई बाघ नियन्त्रणका लागि अनुरोध गरिएको बताए ।

उनले सो क्षेत्रमा भएको यो पहिलो घटना नभएको बताउँदै यसअघि पनि पटक पटक बाघ, चितुवा र जङ्गली बँदेलको आक्रमण हुँदैआएको बताए । निकुञ्जबाट पानी र आहाराको खोजीमा निस्केका बाघले नजकिको गाउँबस्तीमा गत लामो समयदेखि आक्रमण गर्दैआएका छन् ।

Share157Tweet94SendShare
Previous Post

लेखा अधिकृत १ लाख घुससहित पक्राउ

Next Post

खसी खरिदको झगडाबाट मृत्यु : टोलवासी शोकमा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
Next Post
खसी खरिदको झगडाबाट मृत्यु : टोलवासी शोकमा

खसी खरिदको झगडाबाट मृत्यु : टोलवासी शोकमा

बाँके कारागारका १७ जना कैदीबन्दीले आममाफी पाए

बाजुराका कैदीबन्दीलाई नेपालगञ्ज सरुवा

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने

आजको मौसम : यी चार प्रदेशमा मध्यम वर्षाको सम्भावना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?