बाँके वैशाख १८ गते।
नेपालगन्ज उपमहानगरपालिका–१ स्थित धम्बोझी वाटरपार्कमा जेनजी सहिदहरूको शालिक निर्माण गरी शुक्रबार अनावरण गरिएको छ।
स्थानीयबासी समेत रहेका सहिद इन्जिनियर सुलभराज श्रेष्ठ र आयुष थापाको स्मृतिमा वडा कार्यालयले अर्धकदको शालिक निर्माण गरेको हो। उक्त शालिक सहिद आयुषका पिता सुशील थापा, आमा पुनम थापा तथा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट लगायतले संयुक्त रूपमा अनावरण गरेका हुन्।
इन्जिनियर सुलभराज श्रेष्ठ र आयुष थापाले गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा काठमाडौंमा सुरक्षाकर्मीको गोली लागेर शहादत प्राप्त गरेका थिए।
नेपालगन्ज उपमहानगरपालिका–१ का वडा अध्यक्ष प्रमोद रिजालका अनुसार सहिदहरूको स्मृतिमा ‘सहिद इन्जिनियर सुलभराज श्रेष्ठ र आयुष थापा स्मृति योग तथा खोप केन्द्र भवन’ र खुला व्यायामशाला समेत निर्माण गरी उद्घाटन गरिएको छ।









Discussion about this post