ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

मेयर विष्टको निर्देशन लत्याउँदै वडा अध्यक्ष धोवी तालमा फोहोर फाल्न अझैँ रोकिएन

News Desk by News Desk
१२:४९ बिहान, बैशाख २०, २०८३
मेयर विष्टको निर्देशन लत्याउँदै वडा अध्यक्ष धोवी तालमा फोहोर फाल्न अझैँ रोकिएन
398
सेयर
398
VIEWS
ShareTweetSendShare

बाँके वैशाख २० गते ।
नेपालगन्ज उपमहानगरपालिका ८, रंगशाला नजिक रहेको धोवी ताल पुर्ने कार्य अझैँ रोकिएको छैन । नेपालगन्जका मेयर प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी लगायतले चासो देखाउँदासमेत वडा कार्यालयले फोहोर फाल्न नछोड्दा दुर्गन्ध फैलिएको छ नै नेपालगन्जको इतिहास बोकेको धोवी ताल संकटमा परेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले यहाँ रहेका तालको संरक्षण गर्ने आफ्नो वार्षिक कार्ययोजनामा समावेश गरेको छ, तर उपमहानगरको कार्ययोजनालाई लत्याउँदै वडा अध्यक्षकै निर्देशनमा ताल पुर्ने कामले निरन्तरता पाएको छ । ताल नपुर्न र फोहोर नफाल्न मेयर विष्टले कयौँ पटक निर्देशन दिँदासमेत वडा अध्यक्षले अँटेरी गरेपछि वजेट विनियोजन गरि संरक्षणको काम अगाडी बढाउने निश्कर्षमा पुगेको मेयर विष्टले बताए ।

उनले ताल संरक्षणका लागि आगामी आर्थिक वर्षमा वजेट विनियोजन गरिने बताए । ‘तालमा फोहोर नफाल्न धेरै पटक भन्यौँ, तर अँटेरी भइरहेको छ । अव आगामी वर्षको वजेटमा रकम विनियोजन गरि तालको सौन्दर्यकरण गर्छौँ,’ उनले भने ।
उनले कुनै पनि हालतमा ताल पुर्न नदिने स्पष्ट पारे । ‘निर्देशनको पालना नभएपछि वजेट विनियोजन गरि काम अगाडी बढाउने निश्कर्षमा उपमहानगर पुगेको छ,’ उनले भने ।

नेपालगन्जका तालतलैया पुरिएपछि पानीको स्रोत सुक्दै गएको छ भने गर्मी समेत बढ्दै गएको छ । तालतलैयाले पानीको स्रोतलाई बचाई राख्ने र केहि हदसम्म चिसो बनाउन मद्दत गर्दछन्, तर नेपालगन्जको स्वामित्वमा रहेका तालतलैया पुरेर घर बनाउने क्रम बढेको छ । ‘सरकारी जमिनको संरक्षण गर्न संघीय सरकारबाट समेत परिपत्र भएको छ,’ मेयर विष्टले भने, ‘नेपालगन्ज उपमहानगरमा रहेका तालतलैया तथा सरकारी जमिनको संरक्षण गर्ने दायित्व पनि हाम्रै हो ।’

सम्बन्धित समाचार

संयोजक डा. प्रतीक श्रेष्ठको नेतृत्वमा नेपालगन्जमा रक्तदान कार्यक्रम, ८४ जनाद्वारा रक्तदान

बाँकेमा ट्राफिक निगरानी कडा, १५७ सवारी साधन कारबाहीमा

बाँकेका वन क्षेत्रमा डढेलो बढ्दा आगो नियन्त्रण दस्ता सक्रिय

धोवी तालको संरक्षण गरि सौन्दर्यकरण गर्नुपर्ने नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठ बताउँछन् । उनले धोवी तालको संरक्षण गरि पर्यटकीय गन्तब्यको रुपमा विकास गरिनुपर्ने बताए । ‘धोवी ताल एउटा तालमात्र होइन, यसको धार्मिक तथा ऐतिहासिक महत्व छ । यो कुनै पनि हालतमा पुरिनु हुन्न,’ उनले भने ।

धोवी तालमा फोहोर फाल्दा बस्न नसकिने अवस्था सिर्जना भएको स्थानीय उषा कुमारी खड्काले बताइन् । उनले पटक–पटक आग्रह गर्दासमेत फोहोर फाल्ने कार्य नरोकिएको बताइन् । ‘हामीले उपमहानगरलाई गुहार्यौँ । पत्रकार, नागरिक समाजका अगुवा सवैलाई भन्यौँ, तर हाम्रो आवाज कसैले सुन्दैन,’ उनले भनिन्, ‘फोहोर फाल्दा बस्न नसकिने भएको छ । हाम्रो आवाज कसले सुनिदेला ।’

गृह मन्त्रालयले सरकारी जमिनको संरक्षण गर्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरेको छ । उक्त पत्र कार्यान्वयन हुनेमा आशावादी भएको स्थानीय प्रामिला खड्काले बताइन् । ‘सरकारले सरकारी जमिन संरक्षण गर्न प्रशासनलाई परिपत्र गरेको छ भन्ने सुनेको छु । यसले केहि हदसम्म आशा जगाएको छ,’ उनले भनिन् ।

ADVERTISEMENT

यो समाचार पनि पढ्नुहोस्

धोवी तलाउमा फोहोर फाल्ने कार्य रोकिएन : मेयर, उपमेयर र वडाअध्यक्ष एक अर्कालाई आरोप लगाएर पन्छिदै

 

Share159Tweet100SendShare
Previous Post

नेपालमा प्रेस स्वतन्त्रताको स्थिति गम्भीरः एक वर्षमा ९७ उल्लंघनका घटना, पत्रकारमाथि असुरक्षा बढ्दो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

संयोजक डा. प्रतीक श्रेष्ठको नेतृत्वमा नेपालगन्जमा रक्तदान कार्यक्रम, ८४ जनाद्वारा रक्तदान
मुख्य समाचार

संयोजक डा. प्रतीक श्रेष्ठको नेतृत्वमा नेपालगन्जमा रक्तदान कार्यक्रम, ८४ जनाद्वारा रक्तदान

५:२७ बिहान, बैशाख १९, २०८३
बाँकेमा ट्राफिक निगरानी कडा, १५७ सवारी साधन कारबाहीमा
मुख्य समाचार

बाँकेमा ट्राफिक निगरानी कडा, १५७ सवारी साधन कारबाहीमा

१२:३२ मध्यान्ह, बैशाख १७, २०८३
आधा दर्जन सामूदयिक वनमा डढेलो
मुख्य समाचार

बाँकेका वन क्षेत्रमा डढेलो बढ्दा आगो नियन्त्रण दस्ता सक्रिय

८:३८ बिहान, बैशाख १७, २०८३
चिकित्सकमाथि दुर्व्यवहार घटनाबारे भेरी अस्पतालमा अनुगमन
मुख्य समाचार

चिकित्सकमाथि दुर्व्यवहार घटनाबारे भेरी अस्पतालमा अनुगमन

८:०९ बिहान, बैशाख १७, २०८३
मुख्य समाचार

कोहलपुरमा अतिक्रमित सार्वजनिक जग्गा खाली गर्न १० दिने अल्टिमेटम

१२:५२ बिहान, बैशाख १७, २०८३
लुम्बिनीमा अतिक्रमित सरकारी जमिन फिर्ता अभियान सुरु
मुख्य समाचार

लुम्बिनीमा अतिक्रमित सरकारी जमिन फिर्ता अभियान सुरु

१२:२० बिहान, बैशाख १७, २०८३
कुकुरले मारे महेन्द्र पार्कमा रहेको चिडियाखानाका चार चित्तल हेरचाहामा हेलचक्र्याई गर्ने कर्मचारी र ठेकेदारलाई कारवाहीको माग
दुर्घटना

कुकुरले मारे महेन्द्र पार्कमा रहेको चिडियाखानाका चार चित्तल हेरचाहामा हेलचक्र्याई गर्ने कर्मचारी र ठेकेदारलाई कारवाहीको माग

१२:५३ मध्यान्ह, बैशाख १६, २०८३
तीन अर्ब बढी लागतको टर्मिनल भवन सञ्चालनमा, सटल बस सेवासमेत सुरु
मुख्य समाचार

तीन अर्ब बढी लागतको टर्मिनल भवन सञ्चालनमा, सटल बस सेवासमेत सुरु

११:४० मध्यान्ह, बैशाख १५, २०८३

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?