ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

धोवी तलाउमा फोहोर फाल्ने कार्य रोकिएन : मेयर, उपमेयर र वडाअध्यक्ष एक अर्कालाई आरोप लगाएर पन्छिदै

News Desk by News Desk
१२:४१ बिहान, जेष्ठ ११, २०८२
धोवी तलाउमा फोहोर फाल्ने कार्य रोकिएन : मेयर, उपमेयर र वडाअध्यक्ष एक अर्कालाई आरोप लगाएर पन्छिदै
602
सेयर
598
VIEWS
ShareTweetSendShare

बाँके जेठ ११ गते ।
कुनै बेला नेपालगन्ज उपमहानगरपालिका ८ स्थित धोवी तलाउ हेर्न लायक थियो । तलाउमा बाह्रै महिना पानी भइरहने भएकोले पानीमा बस्ने चराहरुको बासस्थान पनि थियो धोवी तलाउ । तलाउमा कमलको फुल र वरिपरि बेगनबेली फुल फुल्दा यो तलाउ झनै सुन्दर देखिन्थ्यो ।

जाडो सिजनमा सिंगाडा फल्ने यो तलाउले नेपालगन्जको सुन्दरतामा थप जलप लगाएको थियो । यो तालमा धोवीले लुगा धुने भएकोले पनि धोवी तलाउ नाम राखिएको हो । चराचुरुंगीको चिरविर आवाज, कमल र बेगनबेली फुलको सुन्दरतासँगै धोवीले लुगा धुँदा यसको सुन्दरता अझै थपिएको थियो ।

तर, पछिल्लो समय यो तलाउ कुरुप बन्दै गएको छ । तलाउको संरक्षण गर्ने जिम्मेवारी पाएको नेपालगन्ज उपमहानगरपालिकाले संरक्षणको साटो फोहोर फालेर थप कुरुप बनाउँदै छ । उपमहानगरले तलाउ पुर्न नेपालगन्जबाट निस्केको फोहोर यहि तलाउमा फाल्दै आएको छ ।

नेपालगन्जबाट निस्केका फोहोरलाई ब्यवस्थित रुपमा भण्डारण गर्न नेपालगन्ज उपमहानगरपालिका २३ मा ३८ करोड रुपैयाँ लागतमा ल्याण्डफिल साइट निर्माण भए पनि उपमहानगरले नेपालगन्जको बिच भागमा पर्ने धोवी तालमा फोहोर फाल्न थालेको छ । फोहोरले आसपासका क्षेत्र दुर्गन्धित भएपछि स्थानीयले विरोध जनाएका छन् ।

सम्बन्धित समाचार

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

फोहोरले घर भित्र समेत बस्न नसकिने अवस्था भएको स्थानीय उषा कुमारी खडकाले बताइन् । उनले भनिन्, ‘पटक पटक विरोध गर्दासमेत उपमहानगर र प्रमुख जिल्ला अधिकारी (सिडिओ) सावले सुनेर पनि नसुने झैँ गर्नु भएको छ ।’ उपमहानगरले धोवी तलाउमा फोहोर फाल्न थालेपछि यसको चर्को विरोध भएको छ ।

नागरिक समाज बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले धोवी तलाउको संरक्षण गर्नुपर्ने बताउँछन् । उनले कुनै पनि हालतमा उक्त तलाउमा फोहोर फाल्न नहुने बताएका छन् । ‘तलाउको संरक्षण गरि यसको सौन्दर्यकरण गर्न स्थानीय सरकारले पहल गर्नुपर्छ,’ उनले भने, ‘तलाउमा फोहोर फाल्ने कार्य सरासर गलत छ । यो तत्काल रोकिनु पर्छ ।’

तर, नेपालगन्ज उपमहानगरका मेयर, उपमेयर र ८ नं. का वडा अध्यक्ष आ–आफ्नो दायित्वबाट पन्छिदै आएका छन् । एकले अर्को माथि आरोप थोपरेर उम्किने प्रयास मेयर, उपमेयर र वडा अध्यक्षले गर्दै आएका छन् । मेयर प्रशान्त विष्टले फोहोर फालेको बारे आफूलाई जानकारी नभएको भन्दै वडा कार्यालयसँग समन्वय गरि रोक्ने बताए । उनले फोहोर ब्यवस्थापन र भएका संरचनाको संरक्षण गर्ने दायित्व वडा कार्यालयको भएको बताए । ‘फोहोर फाल्ने डम्पिङ साइट हुँदाहुँदै धोवी तलाउमा फाल्ने कार्य उचित होइन,’ उनले भने, ‘फोहोर फालेको हो भने म रोक्न लगाउँछु ।’

ADVERTISEMENT

उपमेयर कमरुद्धिन राईले पनि आफूलाई जानकारी नभएको बताउँदै यस बारेमा मेयरसँग जानकारी लिनुपर्ने बताए । उनले तलाउमा फोहोर फाल्न नहुने जिकिर गरे । ‘यस विषयमा मलाई जानकारी भएन, मेयर सावसँग कुरा गर्नुस,’ उनले भने ।
८ नं. का वडा अध्यक्ष रजनीश बाजपेयीले वडा कार्यालयले नभई उपमहानगरले फोहोर फालिरहेको दावी गरे । उनले भने, ‘धोवी तलाउमा उपमहानगरले फोहोर फालेको हो । यसमा वडा कार्यालयलाई कुनै जानकारी छैन । एक पटक उपमहानगरका कर्मचारी, मेयर र उपमेयरसँग कुरा गर्नुस,’ उनले भने ।

नेपालगन्ज उपमहानगरपालिका सरसफाई शाखाका एक कर्मचारीले फोहोर नभई माटो फाल्दै आएको बताए । उनले वडा कार्यालय भवन निर्माणका लागि नेपालगन्जका नाला सफाई गर्दा निस्केको फोहोर मात्र फालेको बताए । ‘फोहोर होइन, नाला सफाई गरेर निस्केको माटोमात्र फालेको हो,’ ति कर्मचारीले भने ।

उपमहानगरका जनप्रतिनिधिहरु एक अर्कालाई पन्छिएर फोहोर फाल्ने दाउमा छन् । यसले नेपालगन्जको सुन्दरतामा असर त पर्ने नै भयो नेपालगन्जको तापक्रम थप बढाउने भएको छ ।

यो समाचार पनि पढ्नुहोस्

शहरलाई कुरुप बनाउँदै उपमहानगर : ल्याण्डफिल साइटमा फाल्ने फोहोर धोवी तालमा फालेर दुर्गन्ध फैलाउँदै

Share243Tweet150SendShare
Previous Post

सुकुम्बासी समस्या समाधानका लागि छलफल

Next Post

राष्ट्रिय परिचय पत्रका लागि आवेदन दिने धेरै, लिने कम

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
दुर्घटना

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

१२:०३ मध्यान्ह, असार २६, २०८३
भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन
मुख्य समाचार

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

१२:५८ बिहान, असार २६, २०८३
बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम
मुख्य समाचार

बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

१२:४८ बिहान, असार २६, २०८३
नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?
मुख्य समाचार

नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?

१०:०० बिहान, असार २५, २०८३
बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु
कृषि

पर्याप्त वर्षा नहुँदा बाँकेमा ३५ प्रतिशत मात्र धान रोपाइँ

७:५० बिहान, असार २४, २०८३
नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा
अपराध

घुससहित वन अधिकृत पक्राउ

२:२७ बिहान, असार २४, २०८३
राप्ती नदीमा नयाँ पुलको काम तीव्र, सबै पिल्लर निर्माण सकियो
मुख्य समाचार

राप्ती नदीमा नयाँ पुलको काम तीव्र, सबै पिल्लर निर्माण सकियो

४:५३ बिहान, असार २३, २०८३
फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार
मुख्य समाचार

फत्तेबाल आँखा अस्पतालबाट ११ महिनामा ९८ हजारभन्दा बढी बिरामीले लिए सेवा

४:३० बिहान, असार २३, २०८३
Next Post
राष्ट्रिय परिचयपत्रको विवरण अब वडा तहबाटै संकलन हुने

राष्ट्रिय परिचय पत्रका लागि आवेदन दिने धेरै, लिने कम

प्रभावकारी काम गर्दै जानकीको न्यायिक समिति

प्रभावकारी काम गर्दै जानकीको न्यायिक समिति

लुम्बिनी प्रदेश सभा बैठक स्थगित

लुम्बिनी प्रदेशमा बजेटका सिद्धान्त र प्राथमिकता पेस

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?