ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँकेबाट प्रदेश सुशासन केन्द्र सार्न नदिने निर्णय, आन्दोलनको चेतावनी

News Desk by News Desk
७:०२ बिहान, बैशाख २९, २०८३
बाँकेबाट प्रदेश सुशासन केन्द्र सार्न नदिने निर्णय, आन्दोलनको चेतावनी
371
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके वैशाख २९ गते ।
नेपालगन्ज–१४ महेन्द्रनगरमा रहेको प्रदेश सुशासन केन्द्रलाई कुनै पनि हालतमा बाँकेबाट दाङ सार्न नदिने निर्णय गर्दै त्यसका लागि पहल, पैरवी तथा आन्दोलनको अगुवाइ गर्न एक कार्यदल गठन गरिएको छ ।

सोमबार नेपालगन्जमा नागरिक समाज बाँकेद्वारा आयोजित ‘बाँके जिल्लाबाट सरकारी कार्यालयहरू स्थानान्तरण हुँदै गएको सन्दर्भमा सरोकार र समाधान’ विषयक बृहत् अन्तरक्रियाले कार्यालय स्थानान्तरण रोक्न दबाब दिने उद्देश्यले नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

कार्यदलले मंगलबार लुम्बिनी प्रदेशको राजधानी दाङ पुगेर मुख्यमन्त्री तथा सम्बन्धित मन्त्रीहरूसँग भेट गरी प्रदेश सुशासन केन्द्र बाँकेबाट नसार्न आग्रह गर्ने निर्णय गरेको कार्यदलका सदस्य नमस्कार शाहले जानकारी दिए ।

उनका अनुसार कार्यदलमा बाँके र बर्दिया जिल्लाका प्रदेशसभा सदस्यहरू, छवटै राष्ट्रिय राजनीतिक दलका बाँके जिल्ला अध्यक्षहरू, नागरिक समाजका अगुवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू समावेश छन् ।

सम्बन्धित समाचार

जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना

मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या बढ्दो

‘रूपान्तरण र आन्तरिक लोकतन्त्रका लागि कांग्रेस रोजें’ : मोहना अन्सारी

कार्यदलको आग्रहलाई प्रदेश सरकारले बेवास्ता गरे कडा आन्दोलनमा उत्रिने चेतावनी कार्यदलका संयोजक तथा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले दिए ।

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले पर्याप्त पूर्वाधार र संरचना हुँदाहुँदै पनि कुनै ठोस कारणबिना प्रदेश सरकारले सुशासन केन्द्र सार्न खोज्नु गम्भीर विषय भएको बताए । उनले यस्तो निर्णय कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारे ।

कार्यदलमा विभिन्न राजनीतिक दलका जिल्ला प्रमुखसँगै नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठ, नमस्कार शाह, डा. विनोद कर्ण, प्रकाश उपाध्याय, भोला महत, नन्दलाल वैश्य, भीमबहादुर रानाभाट, किरण आचार्य, ललित रौनियार, मधुसूदन शर्मा, नवीन गिरीलगायत सहभागी छन् ।

ADVERTISEMENT

अन्तरक्रियामा अधिकांश वक्ताहरूले बाँकेलाई प्रदेश राजधानीबाट वञ्चित गरिनुका साथै यहाँ रहेका सरकारी कार्यालयहरू क्रमशः अन्यत्र सारिँदै गएकोप्रति असन्तुष्टि जनाएका थिए । अब यस्ता गतिविधि रोक्न एकजुट भएर अघि बढ्नुपर्नेमा उनीहरूले जोड दिएका थिए ।

कार्यक्रममा प्रदेशसभा सदस्यहरू मीना सिद्दिकी, माया पुन, मीना श्रेष्ठ र सुशिला वादीले बाँकेबाट कुनै पनि सरकारी कार्यालय सार्न नदिने प्रतिबद्धता व्यक्त गर्दै सडक र सदन दुवै ठाउँमा साथ दिने बताएका थिए ।

यसअघि नागरिक समाजका अगुवाहरूको बैठकले सो विषयमा विरोध जनाउँदै बृहत् अन्तरक्रिया आयोजना गर्ने निर्णय गरेको थियो ।

२०७६ सालमा संघीय सरकारले स्थानीय विकास प्रशिक्षण केन्द्रअन्तर्गतका प्रशिक्षण केन्द्रहरू सम्बन्धित प्रदेशलाई हस्तान्तरण गरेपछि नेपालगन्ज–१४ महेन्द्रनगरस्थित ग्रामीण प्रशिक्षण केन्द्रमा प्रदेश सुशासन केन्द्र सञ्चालन हुँदै आएको छ ।

Share148Tweet93SendShare
Previous Post

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

Next Post

जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना
मुख्य समाचार

जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना

११:०३ बिहान, बैशाख २९, २०८३
मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या बढ्दो
मुख्य समाचार

मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या बढ्दो

२:१५ बिहान, बैशाख २४, २०८३
‘रूपान्तरण र आन्तरिक लोकतन्त्रका लागि कांग्रेस रोजें’ : मोहना अन्सारी
मुख्य समाचार

‘रूपान्तरण र आन्तरिक लोकतन्त्रका लागि कांग्रेस रोजें’ : मोहना अन्सारी

१२:५५ बिहान, बैशाख २४, २०८३
अपराध

कर्तव्य ज्यान मुद्दामा ६ जना पक्राउ, अनुसन्धानमा बाँके प्रहरी सक्रिय

६:५६ बिहान, बैशाख २३, २०८३
राप्ती नदीमा पुल नहुँदा स्थानीय डुङ्गामै निर्भर, जोखिमपूर्ण यात्रा जारी
मुख्य समाचार

राप्ती नदीमा पुल नहुँदा स्थानीय डुङ्गामै निर्भर, जोखिमपूर्ण यात्रा जारी

५:०८ बिहान, बैशाख २३, २०८३
वास्तविक सुकुम्बासी पहिचानपछि मात्र जग्गा खाली गर्न रास्वपाको माग
मुख्य समाचार

वास्तविक सुकुम्बासी पहिचानपछि मात्र जग्गा खाली गर्न रास्वपाको माग

१२:४२ बिहान, बैशाख २२, २०८३
समाजलाई त्रसित बनाउने भिडियो पोष्ट गर्ने दुई जना पक्राउ
अपराध

समाजलाई त्रसित बनाउने भिडियो पोष्ट गर्ने दुई जना पक्राउ

१२:०९ मध्यान्ह, बैशाख २१, २०८३
ट्राफिक प्रहरीको लापरवाहीले नेपालगन्जको बसपार्क क्षेत्र अस्तव्यस्त
मुख्य समाचार

ट्राफिक प्रहरीको लापरवाहीले नेपालगन्जको बसपार्क क्षेत्र अस्तव्यस्त

९:५२ बिहान, बैशाख २१, २०८३
Next Post
जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना

जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?