ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

पहुँचमार्ग नबन्दा डुडुवा खोलाको पुल जोखिमपूर्ण

सडकको सतह नमिल्दा र कटान बढ्दा सवारी तथा पैदल यात्रु जोखिम मोलेर आवतजावत गर्न बाध्य, स्थानीयको तत्काल सुधारको माग

News Desk by News Desk
१:३७ बिहान, साउन ५, २०८३
पहुँचमार्ग नबन्दा डुडुवा खोलाको पुल जोखिमपूर्ण
383
सेयर
383
VIEWS
ShareTweetSendShare

बाँके, साउन ५ गते ।
बाँकेको डुडुवा गाउँपालिका–१ कधइपुरवास्थित डुडुवा खोलामाथि निर्माण गरिएको पुलको दुवैतर्फ पहुँचमार्ग व्यवस्थित नबनाइँदा स्थानीयवासी जोखिमपूर्ण रूपमा आवतजावत गर्न बाध्य भएका छन्।

पुलको दुवै किनारामा सडकको सतह नमिलाइएको, प्रवेशमार्ग साँघुरो बनाइएको तथा कङ्क्रिटका अवरोधका कारण मोटरसाइकल, साइकललगायत साना सवारीसाधन सञ्चालन गर्न कठिनाइ भइरहेको स्थानीयको गुनासो छ। वर्षायाममा सडक चिप्लो हुँदा दुर्घटनाको जोखिम अझ बढ्ने उनीहरू बताउँछन्।

डुडुवा खडैँचाका स्थानीय रामफेरन बर्माले पुलमा चढ्ने र ओर्लने क्रममा सन्तुलन गुम्ने जोखिम रहने बताए। उनका अनुसार वर्षायाममा आवतजावत झनै जोखिमपूर्ण हुने गरेको छ।

स्थानीय रमेश मिश्रले पुल निर्माणपछि आवतजावत सहज हुने अपेक्षा गरे पनि पहुँचमार्गको कमजोरीले उल्टै त्रासका बीच यात्रा गर्नुपरेको बताए।

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

“पुल बनेपछि सहज हुन्छ भन्ने सोचेका थियौँ। तर पुलमा चढ्ने र ओर्लने क्रममा निकै सावधानी अपनाउनुपर्छ। विद्यार्थी, महिला र ज्येष्ठ नागरिकलाई झन् बढी समस्या छ,” उनले भने, “सम्बन्धित निकायले पहुँचमार्ग सुधार गरिदिए आवतजावत सुरक्षित र सहज हुन्थ्यो।”

स्थानीयका अनुसार पुलसँग जोडिएको सडकको सतह नमिल्दा सवारीसाधन सञ्चालनदेखि पैदल यात्रा गर्नसमेत समस्या भइरहेको छ। पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि सुधारको काम अघि नबढेको उनीहरूको भनाइ छ।

डुडुवा गाउँपालिका–१ का वडाध्यक्ष पटेश्वर कुर्मीले पुल तीन वर्षअघि प्रदेश सरकारको बजेटबाट वडा कार्यालय र गाउँपालिकासँग आवश्यक समन्वय नगरी निर्माण गरिएको बताए।

ADVERTISEMENT

उनका अनुसार पुल तटबन्धसहित सुरक्षित स्थानमा निर्माण हुनुपर्नेमा खोलाको कटान हुने क्षेत्रमा बनाइएकाले दुवैतर्फको पहुँचमार्ग बग्ने समस्या देखिएको हो। त्यसैले पुल प्रयोग गर्नसमेत जोखिम बढेको भन्दै उनले पहुँचमार्ग मर्मत र नदी नियन्त्रणका काम तत्काल अघि बढाउन सम्बन्धित निकायसँग माग गरे।

Share153Tweet96SendShare
Previous Post

नेपालगन्जमा ४८ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दाङका दुई युवक पक्राउ

Next Post

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

१२:५७ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

४:२९ बिहान, भदौ ५, २०८३
सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा
मुख्य समाचार

सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा

४:०७ बिहान, भदौ ५, २०८३
नेपालगन्ज नाकाबाट १२ प्रकारका जडिबुटी निकासी रोकियो
आर्थिक

नेपालगञ्ज बन्यो जडीबुटी निर्यातको प्रमुख ट्रान्जिट

२:२८ बिहान, भदौ ५, २०८३
व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता
मुख्य समाचार

व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता

६:५० बिहान, भदौ ४, २०८३
कोहलपुरमा अटो र ई–रिक्सा अनिवार्य सूचीकरण, नत्र सञ्चालनमा रोक
मुख्य समाचार

कोहलपुरमा अटो र ई–रिक्सा अनिवार्य सूचीकरण, नत्र सञ्चालनमा रोक

१:११ बिहान, भदौ ४, २०८३
चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि
अपराध

चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि

१२:५६ बिहान, भदौ ४, २०८३
Next Post
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

के भइरहेछ दिल्लीको मुटुमा ?

के भइरहेछ दिल्लीको मुटुमा ?

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?