ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

हुम्लामा स्याउ बिक्रीबाट किसानले साढे आठ करोड आम्दानी गरे

News Desk by News Desk
१०:२९ मध्यान्ह, मंसिर १२, २०८३
जुम्लाको काँचो स्याउ रोक्न सिफारिस अनिवार्य
374
सेयर
374
VIEWS
ShareTweetSendShare

हुम्ला, मंसिर १२ गते ।
हुम्लाका किसानले यस वर्ष स्याउ बिक्रीबाट रु आठ करोड २६ लाख ५६ हजार आम्दानी गरेका छन् । जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ जिल्ला बाहिर बिक्री हुँदा किसानको आम्दानी बढेको हो ।

कृषि विकास कार्यालय हुम्लाका अनुसार यस वर्ष जिल्लामा पाँच हजार पाँच मेट्रिक टन स्याउ उत्पादन भएको छ । कुल ६९० हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएकोमा एक हजार ३७७ दशमलव छ मेट्रिक टन स्याउ जिल्ला बाहिर बिक्रीका लागि पठाइएको कार्यालय प्रमुख चूडामणि पन्तले बताए ।

गाउँपालिकागत रूपमा सबैभन्दा बढी सर्केगार्डबाट ५०० मेट्रिक टन स्याउ निकासी भएको छ । त्यस्तै, सिमकोटबाट ४००, खार्पुनाथबाट २००, चङ्खेलीबाट १४०, ताँजाकोटबाट ६७ दशमलव छ, नाम्खाबाट ५० र अदानचुलीबाट २० मेट्रिक टन स्याउ जिल्ला बाहिर गएको छ ।

काँचो स्याउको निकासी रोक्न गत साउनदेखि गाउँपालिकाका कृषि प्राविधिकको सिफारिस अनिवार्य गरिएको थियो । तर, सिफारिसबिना पनि स्याउ बाहिर गएको सूचना प्राप्त भएकाले वास्तविक कारोबार अझ बढी हुन सक्ने पन्तले बताए ।

सम्बन्धित समाचार

नेपालगन्जको बजारमा स्वदेशी तरकारीको हिस्सा बढ्यो, ९० प्रतिशत आपूर्ति नेपाली उत्पादनबाट

लोप हुने अवस्थामा पुगेको थारु आलुको फेरि बढ्दै बजार, किसान व्यावसायिक खेतीमा आकर्षित

सहकारीले खरिद सुरु गर्‍यो दश हजार क्विन्टल धान

व्यक्तिगत रूपमा खरिद गरी जिल्ला बाहिर पठाइएको र जिल्लाभित्रै खपत भएको स्याउको विवरण भने कार्यालयको तथ्याङ्कमा समावेश नभएको उनले बताए ।

सडक सञ्जाल विस्तारसँगै हुम्लाको स्याउले जिल्ला बाहिरको बजार पाउन थालेको छ । गत वर्ष करिब रु चार करोडको स्याउ निकासी भएकोमा यस वर्ष कारोबार दोब्बरभन्दा बढी पुगेको हो ।

स्याउ बिक्रीबाट आम्दानी हुन थालेपछि किसानमा खेतीप्रति उत्साह बढेको छ । स्याउ खरिद बिक्री गर्दै आएका अदानचुली–३ का अर्जुन फडेराले स्याउ खेतीबाट राम्रो आम्दानी हुन थालेपछि किसानको आकर्षण बढेको बताए ।

ADVERTISEMENT

यस वर्ष हुम्लामा ए ग्रेडको स्याउ प्रतिकेजी रु ६०, बी ग्रेडको रु ५० र सी ग्रेडको रु ४० मा बिक्री भएको थियो । कृषि विकास कार्यालयका अनुसार हुम्लाबाट पहिलोपटक आठ मेट्रिक टन फुजी स्याउसमेत जिल्ला बाहिर बिक्री भएको छ ।

हुम्लाको दक्षिणी भेगमा रहेको ताँजाकोट गाउँपालिकाबाट मात्रै ११ ट्रक स्याउ निकासी भएको छ । आगामी पाँच वर्षभित्र वार्षिक कम्तीमा ५५ ट्रक स्याउ निकासी गर्ने लक्ष्यसहित गाउँपालिकामा स्याउ जोन बनाइएको अध्यक्ष लालकेश जैसीले बताए ।

Share150Tweet94SendShare
Previous Post

कांग्रेसले आज केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्ने

Next Post

बालविवाह अन्त्य गर्ने प्रदेश सरकारको प्रतिबद्धता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जको बजारमा स्वदेशी तरकारीको हिस्सा बढ्यो, ९० प्रतिशत आपूर्ति नेपाली उत्पादनबाट
कृषि

नेपालगन्जको बजारमा स्वदेशी तरकारीको हिस्सा बढ्यो, ९० प्रतिशत आपूर्ति नेपाली उत्पादनबाट

६:४७ बिहान, मंसिर १२, २०८३
लोप हुने अवस्थामा पुगेको थारु आलुको फेरि बढ्दै बजार, किसान व्यावसायिक खेतीमा आकर्षित
कृषि

लोप हुने अवस्थामा पुगेको थारु आलुको फेरि बढ्दै बजार, किसान व्यावसायिक खेतीमा आकर्षित

१२:०३ बिहान, मंसिर २, २०८३
सहकारीले खरिद सुरु गर्‍यो दश हजार क्विन्टल धान
कृषि

सहकारीले खरिद सुरु गर्‍यो दश हजार क्विन्टल धान

११:४३ मध्यान्ह, कार्तिक २८, २०८३
१० कट्ठामा ११ क्विन्टल फूल, चार लाखभन्दा बढी आम्दानी
कृषि

१० कट्ठामा ११ क्विन्टल फूल, चार लाखभन्दा बढी आम्दानी

१:३४ बिहान, कार्तिक २७, २०८३
२२ हजार क्विन्टलभन्दा बढी धान खरिद
कृषि

बाँकेमा धान खरिद अन्योलमा, आधा कोटा घटाएपछि किसानको आपत्ति

१०:१८ मध्यान्ह, कार्तिक २२, २०८३
जङ्गली जनावरबाट अन्नबाली जोगाउन नसकेपछि बेसार खेतीमा जुटे किसान
कृषि

जङ्गली जनावरबाट अन्नबाली जोगाउन नसकेपछि बेसार खेतीमा जुटे किसान

१०:५७ मध्यान्ह, कार्तिक २०, २०८३
राप्ती सोनारीमा किसानको १० हजार क्विन्टल धान गाउँमै खरिद गर्दै सहकारी
कृषि

राप्ती सोनारीमा किसानको १० हजार क्विन्टल धान गाउँमै खरिद गर्दै सहकारी

११:२१ मध्यान्ह, कार्तिक १८, २०८३
भारतीय फूलको विकल्प बन्दै बाँकेका सयपत्री
कृषि

भारतीय फूलको विकल्प बन्दै बाँकेका सयपत्री

६:३९ बिहान, कार्तिक १५, २०८३
Next Post
बालविवाह अन्त्य गर्ने प्रदेश सरकारको प्रतिबद्धता

बालविवाह अन्त्य गर्ने प्रदेश सरकारको प्रतिबद्धता

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
19°
Fair
6:50 am5:22 pm +0545
Feels like: 19°C
Wind: 11km/h ESE
Humidity: 83%
Pressure: 1022.01mbar
UV index: 2
SunMonTue
27°C / 12°C
26°C / 12°C
25°C / 12°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?