ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

प्रेस युनियनको नवौं महाधिवेशन नेपालगनञ्जमा गर्ने निर्णय

जावेद अन्सारी by जावेद अन्सारी
४:१४ मध्यान्ह, माघ ७, २०७६
369
सेयर
369
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

बाँके माघ ७ गते ।
नेपाल प्रेस युनियनको नवौं केन्द्रिय महाधिवेशन नेपालगन्जमा सम्पन्न गर्ने निर्णय गरिएको छ । चितवनमा मंगलबार सम्पन्न युनियनको कार्यसमिति बैठकले आगामी चैत २१ र २२ गते नेपालगन्जमा महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको केन्द्रिय अध्यक्ष बद्री सिग्देलले जानकारी दिए । ‘नेपालगन्जमा युनियनको केन्द्रिय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेका छौं, अब हामी सबैको ध्यान नवौं महाधिवेशनतिर केन्द्रित हुनेछ,’ उनले टेलिफोनमा भने । राज्य पुर्नसंरचना पश्चात नेपालगन्ज उपेक्षामा परिरहेका बेला ऐतिहासिक नगरी नेपालगन्जमा युनियनको केन्द्रिय महाधिवेशन गर्ने निर्णय गरिएको अध्यक्ष सिग्देलले बताए ।


उक्त बैठकले अधिवेशन नगरेका जिल्ला शाखालाई यही माघ मसान्तभित्रमा सम्पन्न गरिसक्न अन्तिम समय दिएको छ । युनियनका महासचिव अजयबाबु सिवाकोटीले महाधिवेशनका लागि चाडै नै तयारी तथा उपसमिति गठन गरिने जानकारी दिए । जिल्ला अधिवेशन सम्पन्न गर्न शाखाहरुलाई माघ मसान्त सम्मको समय दिइएको उनले बताए । बैठकले जिल्ला अधिवेशन सम्पन्न गर्न केन्द्रिय प्रतिनिधीको जिम्मेवारी बाँडफाँट पनि गरेको छ । बैठकले बाँके शाखाको अधिवेशन सम्पन्न गर्न केन्द्रिय सदस्य माधव धिताललाई प्रतिनिधीका रुपमा पठाउने निर्णय गरेको छ ।
महाधिवेशनको तयारी गर्नुपर्ने भएको हुँदा बाँके शाखाको अधिवेशन छिट्टै गर्नुपर्ने महासचिव शिवाकोटीले बताए । माघ मसान्तभित्र अधिवेशन नगर्ने शाखाले चैत तेस्रो साता हुने महाधिवेशनमा भाग लिन नदिने बैठकले निर्णय गरेको छ । केन्द्रिय समितिका अनुसार बाँकेसहित करिव ३ दर्जन जिल्ला शाखाले युनियनको अधिवेशन गरेका छैनन् । केही जिल्लामा उत्पन्न विवाद समाधान गर्ने जिम्मा युनियनका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवलाई बैठकले दिएको छ ।
उप–महासचिव प्रेम केसीले ऐतिहासिक एवम् सुन्दर नगरी नेपालगन्जले युनियनको केन्द्रिय महाधिवेशनको आथित्यता गर्न पाउनु गर्वको कुरा भएको बताए । ‘नेपालगन्जमा हुन लागेको महाधिवेशनलाई सफल पार्न केन्द्रिय कार्यसमितिको पुरै टिम परिचालित हुनेछ, बाँकेसहित आसपासका जिल्ला शाखाले पनि सक्रियता देखाउनुपर्नेछ,’ केसीले भने ।
युनियनको महाधिवेशन यसअघि मंसिरमा सम्पन्न गर्न मिति तोकिएपनि उपनिर्वाचन लगायत समसामयिक राष्ट्रिय मुद्दामा सबैको ध्यान केन्द्रित रहेको भन्दै अन्तिममा आएर स्थगित गरिएको थियो । युनियनका केन्द्रिय सदस्य जयसिंह केसीले युनियनको केन्द्रिय अधिवेशनलाई सफल पार्न नेपालगन्ज क्षेत्रका सबै पक्ष र सरोकारवाला निकायसँग छलफल गरिने बताए । बैठकपछि उनले भने, ‘युनियनको महाधिवेशनलाई ऐतिहासिक रुपले सफल बनाउन हामीले सबैसँग छलफल र सहकार्य गर्नेछौं ।’

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

भिजिट मधेश अभियानमा मुस्लिम समुदायकाे कला ,संस्कृति लाई समेटन माग

Next Post

विरगञ्ज भन्सारमा आगलागी, क्षतिको विवरण आउँदै

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
Next Post

विरगञ्ज भन्सारमा आगलागी, क्षतिको विवरण आउँदै

चुनाव जितेपछि व्यवसायीहरुको पक्षमा काम गर्छु: अध्यक्षका उम्मेद्वार रौनियार

व्यवसायीको समस्या नजिकबाट केलाउने छु: सदस्यका उम्मेद्वार अन्सारी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?