बाँके कोहलपुर फागुन ८ गते ।
समाजसेवा संस्था नेपाल हवलदारपुरले संचालन गरेको विद्यालय स्तरिय लागु औषध दुर्व्यसन न्युनीकरण सम्बन्धि अभिमुखीकरण अभियान बिहिवार सकिएको छ । विहीबार त्रिभुवन नमुना माध्यामिक विद्यालय कोहलपुरमा सम्पन्न भएको लागु औषध दुर्व्यसन न्युनीकरण अभिमुखीकरण कार्यक्रम संगै पहिलो चरणको कार्यक्रम सम्पन्न भएको समाजसेवा संस्थाका केन्द्रिय अध्यक्ष विनोद थापाले जानकारी दिए ।
समाजसेवा संस्था नेपालको आयोजना तथा लागु औषध नियन्त्रण व्युरो ईलाका प्रहरी कार्यालय कोहलपुर, समुदाय प्रहरी साझेदारी कार्यक्रमको समन्यवयमा लागु औषध दुर्व्यसन न्युनीकरण गर्ने उद्देश्यले कोहलपुर नगरपालिकाको वडा नं ७, १० र १४ को वडा कार्यालयहरुको सहयोगमा लागु औषध दुव्र्यसन न्युनीकरण सम्बन्धि विद्यालय अभिमुखीकरण कार्यक्रम संचालन गरिएको हो । कार्यक्रममा लागु औषध नियन्त्रण व्युरो कार्यालय नेपालगजका प्रमुख विर बहादुर थापा र सहारा हाउस नेपालगजका प्रमुख अभिराज क्षेत्री लगायतले सहजीकरण गरेका थिए ।
संस्थाले कोहलपुरका नगरपालिका वडा नं ७, १० र १४ का ६ वटा बिद्यालय कोहलपुर नगरपालिका वडा नं ७ को नेरा आधारभुत विद्यालय लखाना, वडा नं १४ को राम मावि,सरस्वती आधारभुत विद्यालय, वडा नं १० चटार स्थित बागेश्वरी एकेडेमी र जीवन ज्योति स्कुल, त्रिभुवन नमुना मा.वि कोहलपुर लगायतका विद्यालयहरुका कक्षा कक्षा ९ र १० का विद्यार्थीहरुलाई लागु औषध दुव्र्यसन न्युनीकरण सम्बन्धि अभिमुखीकरण गरिएको र अब वडाहरुमा लागू औषधको प्रयोग न्यूनीकरण युवाहरु बिच अभिमुखिकरण र लागू औषध प्रयोग कर्ता, अभिभावक र सरोकारवाला बिच अन्तरक्रिया गरिने आयोजक संस्थाले जनाएको छ ।
Discussion about this post