ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

लकडाउनको मौकामा चोरितस्करी गिरोह सक्रिय

News Desk by News Desk
३:३८ मध्यान्ह, चैत्र २२, २०७६
373
सेयर
373
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

बर्दिया चैत २२ गते । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) बाट बच्न मुलुक यतीबेला लकडाउनमा छ । लकडाउनको पालना गर्दै मानिसहरु घरमै बसेका छन् । तर लकडाउनको मौका छोपेर निकुञ्ज भित्र तस्करहरु सलबलाउन थालेका छन् । बर्दिया निकुञ्जमा वन्यजन्तुका तस्करहरु सक्रिय हुन थालेपछि निकुञ्जले पनि सुरक्षा सर्तकता बढाएको छ । वन्यजन्तुको तस्करीलाई रोक्न निकुञ्ज प्रशासनले यतीबेला नेपाली सेना र निकुञ्जका कर्मचारी परिचालन गरि निकुञ्ज भित्र स्विप अपरेशन, पट्रोलिङ, एम्बुसिङ र क्यामेरा ट्रयापिङ जस्ता कार्यलाई प्रभावकारी ढंगले अघि बढाएको छ ।
लकडाउन सुरु भए यता वन्यजन्तु र काठ तस्करीका लागि निकुञ्ज प्रवेश गरेका २८ जनालाई निकुञ्जले पक्राउ गरि सकेको निकुञ्ज प्रशासनले जनाएको छ । पक्राउ परेका सबै निकुञ्जको थुनुवा कक्षमा छन् । वन्यजन्तुको तस्करी गरिरहेका १० जना र काठ तस्करीमा लागेका १८ जनालाई पक्राउ गरिएको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो ।
कोरोना भाइरस जोखिमलाई मध्यनजर गरि प्रकाउ परेका सबैको स्वास्थ्य जाँच गरि थुनामा राखिएको बरालले बताउनुभयो । लकडाउनका बेला बाहिर रहेका मानिस पनि घर आएको र बाहिर सुनसान भएकाले तस्करहरु निकुञ्ज भित्र सक्रिय भएको निकुञ्जको भनाई छ ।

वन्यजन्तुको चोरीशिकारको आरोपमा फरार रहेका व्यक्तिहरु पनि गाउँ आएको हुँदा तिनैबाट वन्यजन्तुको सुरक्षामा चुनौती देखिएको बताउँदै प्रमुख संरक्षण अधिकृत बरालले भन्नुभयो ‘फरार सुचीमा रहेका व्यक्तिहरु यतीबेला गाउँ आएको सुचना पाएका छौ उनीहरुबाटै बढी खतरा छ, उनीहरुको निगरानी पनि बढाएका छौ ।’
वन्यजन्तुको तस्करी हुन नदिन निकुञ्जले सुरक्षा संयत्रलाई प्रभावकारी बनाएको बताएको छ । आजभोली दिनहुजसो निकुञ्ज सुरक्षार्थ शिव दल गणका नेपाली सेना र निकुञ्जका कर्मचारीले पैदल र गाडी दुवैबाट स्विप अपरेशन गर्ने गरेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले बताउनुभयो । निकुञ्ज भित्र अति संवेदनशिल क्षेत्रमा क्यामेराहरु पनि जडान गरिएका छन् । निकुञ्जको क्षेत्र भित्र पर्ने राजमार्गमा पनि ठाउँठाउँमा क्यामेरा जडान गरेर वन्यजन्तु र तस्करहरुको निगरानी गरिरहेको निकुञ्जले जनाएको छ । निकुञ्ज भित्र सेनाको ३५ र निकुञ्ज कर्मचारीको ३१ वटा सुरक्षा पोष्टहरु छन् । वन तथा वन्यजन्तुको तस्करी रोक्न सेनाको गण र पोष्टहरुबाट नियमितरुपमा पट्रोलिङ (गस्ती) र स्विप अपरेशन हुने गरेको निकुञ्ज प्रशासनले जनाएको छ ।
लकडाउनको बेला समुदायस्तरको काम रोकिएको र कार्यालयमा पनि काम धेरै नहुने भएकाले अधिकाशं कर्मचारीलाई निकुञ्जको गस्तीमै परिचालन गरिएको बताइएको छ । यतीखेर निकुञ्जमा पर्यटक छैनन् । जंगल सफारी पनि बन्द छ । निकुञ्ज सुनसान भएकाले वन्यजन्तुहरु अरु बेलाको तुलनामा छ्याछ्याप्ती देखिन्छन् । यसैको मौका छोपेर तस्करहरु सक्रिय देखिएकाले निकुञ्जको सुरक्षामा पनि विशेष योजना बनाएर अघि बढिएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले बताउनुभयो । ‘वन र वन्यजन्तुको तस्करी रोक्न हामी निकै संवेदनशिल भएर लागेको छौँ, वन्यजन्तु जोगाउने सुरक्षा चुनौती छ नै, यसलाई रोक्न विशेष योजनाका साथ निकुञ्ज प्रशासन अघि बढेको छ ।’ थापाले भन्नुभयो ।
निकुञ्ज आसपासका युवाहरु पनि गस्तिमा
निकुञ्ज प्रशासन र सेनासँगै स्थानिय युवाहरु पनि चोरीशिकार नियन्त्रणमा लागेका छन् । निकुञ्जको मध्यवर्ती क्षेत्रमा चोरीशिकार नियन्त्रण युवा परिचालन अभियान समिति छ । बर्दिया निकुञ्ज मध्यवर्ती क्षेत्रका २ हजार ३ सय युवाहरु अभियानमा छन् । यी युवाहरु पनि निकुञ्ज र मध्यवर्ती क्षेत्रको सुरक्षामा खटिने गरेको समितिका अध्यक्ष हेमन्त आचार्यले बताउनुभयो । निकुञ्ज भित्रका वन र वन्जन्तु जोगाउन निकुञ्जको मध्यवर्ती क्षेत्रका युवाहरु स्वस्र्फुत ढंगबाट लागि परेको १० वर्ष पुरा भयो, त्योबेलादेखि संरक्षण अभियानमा छौँ अचार्याले बताउनुभयो ।
निकुञ्जसँग हामी सधैँ साथमा रहन्छौँ, नियमित गस्ती पनि गछौँ, यतिबेला लकडाउनको मौका छोपेर चोरीशिकार तस्करी बढ्ने चिन्ताले चोरीशिकारीहरुको पनि निगरानी गरिरहेका छौँ, सहि सुचना निकुञ्जसम्म पुर्याउछौ ।’ सञ्जालका अध्यक्ष आचार्यले भन्नुभयो । निकुञ्जको मध्यवर्ती क्षेत्रमा समुदायस्तरमा गठन गरिएको चोरीशिकार नियन्त्रण युवा परिचालन अभियान समितिबाट चोरीशिकार नियन्त्रणमा निकै सहयोग पुगेको निकुञ्जका कर्मचारीहरु बताउँछन् ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

राहत वितरणमा रजाई भएको छैन् : जनप्रतिनिधि

Next Post

विदेशी पर्यटकलाई ठाकुरबाबा नगरपालिकाद्धारा खाद्यान्न सहयोग

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
Next Post

विदेशी पर्यटकलाई ठाकुरबाबा नगरपालिकाद्धारा खाद्यान्न सहयोग

लकडाउन उल्लंघन गर्ने विरुद्ध बाँके प्रहरी आक्रामक

बिद्यालयले दियो राहत

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Partly Cloudy
6:13 am6:00 pm +0545
Feels like: 34°C
Wind: 10km/h SSE
Humidity: 72%
Pressure: 1008.81mbar
UV index: 1
TueWedThu
30°C / 23°C
28°C / 22°C
30°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?