ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कोरोना कहर : खाने त ठेगान छैन, किस्ता कसरी तिर्ने

जावेद अन्सारी by जावेद अन्सारी
१२:०१ मध्यान्ह, बैशाख १०, २०७७
373
सेयर
373
VIEWS
ShareTweetSendShare

झापाको बाह्रदशी गाउँपालिका– ३ राजगढका हरिचन्द्र तिम्सिना तीन पाङ्ग्रे अटो रिक्सा चलाउनुहुन्छ । उहाँले अटो रिक्सा चलाएको झण्डै दुई वर्ष भयो । किस्तामा लिएको अटो रिक्सा चलाएर घरखर्च टार्दै आउनुभएका तिम्सिनालाई अहिले अटो किन्दा लिएको ऋणको किस्ता कसरी तिर्ने भन्न् ठूलो चिन्ता छ । कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि विगत एक महिनादेखि मुलुकमा लागू भएको लकडाउनका कारण उहाँले अटो रिक्सा चलाउन पाउनुभएको छैन ।

अटो रिक्सा चलाउन नपाएसंगै उहाँलाई घर खर्च टार्न र अटो रिक्साको किस्ता तिर्न समस्या भएको हो । “प्रत्येक महिना किस्ताबापत रु १५ हजार तिर्नु पर्छ”, उहाँले भन्नुभयो, “एक महिनादेखि अटो रिक्सा घरमै बस्यो अब कसरी किस्ता तिर्ने ।” अटो रिक्सा चलाएर दैनिक रु एक हजारदेखि १५ सयसम्म कमाई गर्दै आउनुभएका तिम्सिनाले मासिक रु २० हजार किस्ताका लागि छुट्याएर बाँकी रकमले मुस्किलले घर खर्च टार्दै आउनुभएको थियो ।

तर, अटो रिक्सा नै नचलेपछि अहिले उहाँलाई घर खर्च चलाउन समेत धौ–धौ छ । तिम्सिनाले भन्नुभयो, “मुलुकमा लकडाउन छ, बालबच्चा स–साना छन्, एकातिर उनीहरुलाई कसरी खुवाउने चिन्ता छ, अर्कोतिर त्यो भन्दा ठूलो चिन्ता यो महिनाको किस्ता कसरी तिर्ने हो भने छ ।” पाँच वर्षअघि रोजगारीको खोजीमा कतार गएका तिम्सिनाले विगत सम्झदै भन्नुभयो, “यहाँ मेनपावरले भनेजस्तो कतारमा काम र कमाइ नपाइएपछि लगत्तै घर फर्कनु प¥यो ।

कतार जाँदा लागेको ऋण पनि तिर्न नसकी घर फर्कनु परेपछि पुनः भारतको सिक्किम गएँ । सिक्किममा झण्डै दुई वर्ष काम गरे । जसोतसो ऋण तिरेर स्वदेशमै केही गरौला भन्ने सोचका साथ नेपाल फर्किएर अटो रिक्सा किनेर कुदाउन थालेको हुँ । तर, लकडाउनले समस्या माथि समस्या थपेको छ ।” उहाँको जस्तै समस्या छ झापाको अर्जुनधारा नगरपालिका – १ का लोकवहादुर फुयाल र हरि वहादुर वस्नेतलाई पनि ।

सम्बन्धित समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

ऋणमा लिएको अटो चलाएर परिवार पाल्दै आएको थिए लोकवहादुरले भन्नुभयो, “एक महिनादेखि घरमै बस्दा समस्या माथि समस्या थपिएका छन् । अटो रिक्सा कुदाउन पाएको भए दुई चार पैसा आम्दानी हुन्थ्यो । अहिले हात पनि खाली छ घरमा भएको अन्नपात सबै सकियो, किस्ता तिर्न त परको कुरा हो, कसरी खाने भन्ने नै ठेगान नै छैन ।” बस्नेतको पनि उस्तै समस्या छ । मासिक रु १३ हजार पाँच सय किस्ता तिर्दै आउनुभएका उहाँले पनि अटो चलाएर नै घर खर्च टार्दै आउनुभएको थियो ।

तर, अहिले मुलुक पूर्ण रुपमा एक महिनादेखि लकडाउनमा रहेकाले उहाँलाई पनि घर चलाउन समस्या भएको हो । मुलुक लकडाउन भएसंगै झापाका झण्डै दुई हजार अटो रिक्सा चालकको अवस्था करिब करिब उस्तै छ । अधिकांशले अटो रिक्सा किस्तामा लिएर चलाउँछन् । उनीहरुले साप्ताहिकदेखि मासिक रुपमा किस्ता वुझाउँदै आएका छन् । लकडाउनका कारण रिक्सा चालकको मात्र होइन, व्यवसायीको पीडा पनि उस्तै छ । अधिकांश व्यवसायी अहिले लामो समयसम्म मुलुक लकडाउन हुँदा निरास छन् ।

कारोवार नै ठप्प भएपछि घर भाडा र बैंकको व्याज कसरी तिर्ने भन्ने व्यवसायीमा चिन्ता छाउँदै गएको बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुमार भट्टराईले बताउनुभयो । “करोडौं रुपैयाँ बंैकबाट व्याजमा लिएर अटो रिक्सा खरिद गर्दै किस्तामा बिक्री गरिएको छ”, हलेसी ट्रेड लिङ्क बिर्तामोड प्रालिका सञ्चालक चुडामणि पौडेलले भन्नुभयो, “मजदूरले अटो रिक्सा कुदाउन नपाएपछि उनीहरुले कसरी किस्ता तिर्छन्, उनीहरुले किस्ता नतिरेपछि हामी व्यवसायी घरको न घाटको हुने अवस्था आयो ।” विपन्न समुदायका नागरिकहरु अटो रिक्सा चलाएर गुजारा चलाउँछन् उहाँले भन्नुभयो, “लकडाउन खुल्ने ठेगान छैन ।

ADVERTISEMENT

लकडाउनले मजदूर मात्र होइन, हामी साना व्यवसायीहरु पनि ठूलो मारमा छौं ।” अहिलेको यो लकडाउनले विपन्न परिवारलाई ६ महिना पिरोल्छ उनीहरुलाई हामीले कसरी छिटो किस्ता तिर भन्ने समस्या माथि समस्या रहेको उहाँको भनाइ छ । “आफ्नो कम्पनी अहिले पनि सात सयवटा अटो रिक्साको जवानीमा बसेको छ”, उहाँले भन्नुभयो, “किस्ता तिर्न यदि कुनै कारणले कुनै ग्राहकले ढिलाई गरे भने बैंकले सञ्चालक म स्वयंलाई तागेता गर्छ ।” हामीले विदेशिने युवालाई स्वदेशमा रोजगारीको वातावरण सृजना गर्न किस्तामा अटो रिक्सा बेचेका हौं उहाँले भन्नुभयो, “अहिले उनीहरुको पीडा भनेर साध्य छैन ।

” विपन्न परिवारका नागरिकलाई स्थानीय तहले दैनिकी चलाउन समस्या भएको भन्दै उनीहरुको पहिचान गर्दै राहत सामग्री वितरण गरेपनि कतिपय अटो रिक्सा चालकले अझैंपनि राहत सामग्री पाएका छैनन् । यसतर्फ स्थानीय सरकारले ध्यान दिन जरुरी देखिएको छ ।

Tags: coronaCorona Virus
Share149Tweet93SendShare
Previous Post

कोरोना फैलाएको भन्दै चीनविरुद्ध अमेरिकाको मुद्दा

Next Post

लाइफकेयरलाई दुई लाख जरिवाना

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
Next Post

लाइफकेयरलाई दुई लाख जरिवाना

नेपालमा ७ जना, विश्वमा ७ लाखले कोरोना जिते

सुर्खेत लगाम र बेतानका ८७ जनाको रिर्पोट पनि 'नेगेटिभ'

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?