ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

यसकारण बामदेवलाई प्रधानमन्त्री चाहन्छन ओली संविधानविद भन्छन – ‘तत्काल सम्भावना छैन’

News Desk by News Desk
९:५० बिहान, बैशाख १९, २०७७
378
सेयर
378
VIEWS
ShareTweetSendShare

काठमाडौ बैशाख १९ गते । नेताहरुलाई रनभुल्लमा पार्न प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने सरप्राइज प्रस्ताव गरेका छन ।

बुधबार बसेको नेकपा सचिवालय बैठकमा अरु नेताहरुलाई अचम्म बनाउदै बामदेवलाई प्रधानमन्त्री बनाउने ओलीले प्रस्ताव गरेका हुन । जबकी बामदेव प्रधानमन्त्री बन्न अहिलेसम्म योग्य छैनन् ।

सांसद नै नभएका बामदेवलाई तत्कालका लागि प्रधानमन्त्री बन्ने बाटो खुल्ला छैन । सचिवालयको निर्णयअनुसार उनी यसका लागि राष्ट्रियसभा सांसद बनेर मात्रै पुग्दैन । संविधान नै संशोधन गर्नुपर्छ ।

नेपालको संविधान २०७२ मा प्रधानमन्त्री बन्नका लागि जनताबाट प्रत्यक्ष निर्वाचित हुनुपर्ने व्यवस्था छ । अर्थात जनताले छानेको मान्छेले मात्रै कार्यकारी पद पाउँछ । राष्ट्रियसभा सांसद सोझै प्रधानमन्त्री बन्न पाउदैन । यसर्थ बामदेव गौतम तत्कालका लागि प्रधानमन्त्री बन्न अयोग्य रहेको संविधानविद भीमार्जुन आचार्य बताउँछन ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

‘अहिलेको परिस्थितीमा बामदेव गौतमलाई प्रधानमन्त्री बनाउछु भन्नु हास्यास्पद कुरा हो । राजनीतिक खिचातानीका लागि एउटा हारेको व्यक्तिलाई प्रधानमन्त्री बनाउनु र जितेको व्यक्तिलाई कार्यकारी बन्नै नदिनु फोहोरी खेल बाहेक केही हुनै सक्दैन’ आचार्य भन्छन ।

ओलीले एकलौटी तर मनलाग्दी रुपमा पार्टी र सरकार चलाएपछि नेकपामा असन्तुष्टि चर्को छ । उनी अहिले नेकपाको प्रधानमन्त्री भन्दा पनि ओली गुटका कार्यकारी मात्रै बनेका छन । प्रधानमन्त्री बनेको दुई बर्षमा नेपाली नागरिकले ओली सरकारबाट खास राहत पाउन सकेका छैनन् ।

झन दल फुटाउने अध्यादेश ल्याएपछि त ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउनुपर्ने आवाज नेकपाभित्रैबाट चर्कोसँग उठेको छ । यसैको मौका छोपेर प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ ओलीलाई पदच्युत गर्न लागिपरेका छन ।

ADVERTISEMENT

जुन पछिल्लो एक हप्तायता चर्चासँगै भित्री र बाहिर चलखेल पनि राम्रै चलिरहेको छ । तर राजनीतिमा पाका र परिपक्व खेलाडी मानिने ओलीले सजिलै अध्यक्ष र प्रधानमन्त्री पद छाड्नेवाला छैनन ।तत्काल प्रधानमन्त्री बनाउन सम्भव नभएपनि बामदेव नै कोरोनापछिको प्रधानमन्त्री भन्न थालेका छन ।

उनको प्रस्तावलाई महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादु थापा, उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले आँखा चिम्लेर समर्थन गरिरहेका छन । तर प्रचण्ड, झलनाथ, माधव नेपाल र नारायणकाजी ओलीको यो प्रस्तावलाई हावादारी भन्छन ।

पार्टीको सचिवालय बैठकले राष्ट्रियसभा सांसद बनाउने निर्णय गरिसक्दा त्यसलाई कार्यान्वयन नगर्ने ओलीले बामदेवलाई प्रधानमन्त्री बनाएर निकास दिन्छन भन्नु हावाहारी हो ।

हुन पनि ओलीले आफ्नै अध्यक्षतामा बसेको सचिवालय बैठकले गरेको बामदेवलाई राष्ट्रियसभा सांसद बनाउने निर्णय अहिलेसम्म कार्यान्वयन गरेका छैनन् । उनको त्यो कार्यशैलीबाट बामदेव प्रधानमन्त्री बन्छन भन्नु हास्यास्पद हुन्छ ।

तर अहिले ओलीको स्वार्थ फेरिएको छ । विगतमा आफ्नो गुट भए सबथोक पुगिसक्यो भन्ने ओली अहिले यता न उताको अवस्था छन । न उनी पार्टीभित्र शक्तिशाली छन । न त सरकारमा नै जिम्मेवार प्रधानमन्त्री बन्न सकेका छन ।

उनको आफ्नै खराब बोली र व्यवहारले पदच्युत हुनपर्ने अवस्थामा पुगेका छन । यस्तो बेला सहयोग माग्दा आफ्नै पार्टीका माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम प्रमुख प्रतिपक्षी बने । साथ सहयोग माग्दा पनि नदिएपछि ओलीले प्रचण्ड गुटलाई कमजोर पार्न बामदेवलाई प्रधानमन्त्री बनाउन चाहेका हुन ।

बामदेवलाई प्रधानमन्त्री बनाउन राष्ट्रियसभामा उम्मेदवार बनाउनुपर्छ । सचिवालय निर्णय कार्यान्वयन भएपछि राष्ट्रपतिले सांसदमा मनोनित गर्नुपर्छ । सांसद बनाएपछि संविधान संशोधन गर्नुपर्ने, संविधान संशोधन गर्न दुई तिहाई नपुग्ने, तत्कालै मधेसकेन्द्रित दल सरकारमा नआउने भएकाले ओलीलाई प्रचण्ड गुट फुटाउन बामदेव कार्ड प्रयोग गर्न सजिलो भएको हो । यदि बामदेवले प्रधानमन्त्री बन्छु भन्दा पनि ओलीले चाहेर मात्रै त्यो सम्भव छैन ।

यसका लागि माधव नेपाल, झलनाथ र प्रचण्ड कन्भिन्स हुनुपर्छ । अन्यथा त्यो ओलीको रणनीतिक चाल मात्रै हो । जुन पुरा हुन झनै सम्भव देखिदैन । यस्तो अवस्थामा बामदेवलाइ प्रधानमन्त्री बनाउँछु भनेर बाँकी दुई बर्ष पनि आफै प्रधानमन्त्री बन्ने ओलीको स्पष्ट स्वार्थ हो । ओलीको यो स्वार्थमा गोटी बने बामदेव त फस्छन नै नेपाली जनताका लागि पनि ओली सरकार, नेकपा र कम्युनिष्ट पार्टीबाट धोका हो ।

Tags: nepalgunjnepalgunjnews
Share151Tweet95SendShare
Previous Post

जेठको अन्तिम सातादेखि एसईई गराउन कार्यदलको सिफारिस

Next Post

१८ बर्षिय एक युवाले गरे क्वारेन्टाइन भित्रै आत्म हत्या

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
Next Post

१८ बर्षिय एक युवाले गरे क्वारेन्टाइन भित्रै आत्म हत्या

वडाध्यक्षमाथि चार राउण्ड गोली प्रहार

कोरोना संक्रमित साढे १० लाख उपचारपछि घर फर्किए

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?