काठमाडौ बैशाख २५ गते ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सके राष्ट्रिय एकता सुदृढ हुने बताउनु भएको छ।
२५६४औँ बुद्धजयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गर्नु भएको छ।
बुद्धजयन्तीमा विविधताबीच एकताको खोजी गर्दै आपसी मेलमिलापका साथ शान्ति र प्रगतिका पथमा सबैलाई अघि बढ्न उत्साह, उमङ्ग र प्रेरणा प्रदान होस र अहिले बिश्वब्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरस कोभिड १९ का बिरुद्ध एकमन एक साथ भएर लढ्न सक्ने हौसला र शक्ति सबैमा पैदा होस भन्दै शुभकामना व्यक्त गर्नु भएको छ ।
साथै राष्ट्रपति भण्डारीले नेपालका आदिवासी किराँत समुदायको पवित्र एवं महान् उभौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण राई, लिम्बू, लगायत सम्पूर्ण किराँतमा र उभौली पर्व मनाउने हरुमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना दिनु भएको छ। उहाँले बुद्ध का भनाई उपदेश हामी सबैले लागू गर्नु पर्ने बताउनु भयो।
Discussion about this post