ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

सत्ताधारीहरुको जिम्मेबारी देख्न कहिले पाइन्छ ?

जावेद अन्सारी by जावेद अन्सारी
३:४८ मध्यान्ह, जेष्ठ २९, २०७७
372
सेयर
372
VIEWS
ShareTweetSendShare

जेठ २९ गते ।
चैत पहिलो साता सकिए लगत्तै विश्वव्यापी रुपमा फैलिएको कोरोना बाट मानिशको सामाजिक र आर्थिक जिबनलाई गम्भिर असर पर्न नदिई न्युन क्ष्यतिमा यसको प्रभाब सिमित गर्न नेपालमा पनि लकडाउन गरियो । आम सर्बसाधरणले पनि सरकार बाट केहि अपेक्षा सहित यस महाव्याधि संग लढ्न आधापेट खाएरै भएपनि सुरुवाति अबस्थामा सक्दो सर्मथन गरे । जनतामा अशा थियो सरकारले अल्पकालीन मात्रहोइन दीर्धकालीन भिजन र रणनीति मार्फत अर्थतन्त्र सहित देश र जनतालाई दिशा निर्देश गर्ने छ । देशका बिद्योत, शिक्षित र विज्ञहरुको जात, धर्म, पार्टि र भुगोलको परिधिभन्दा माथि उठेर यस संकटको घडिमा उनिहरु संग छलफल सहयोग र सहकार्य मार्फत तात्कालिक र दीर्धकालीन मार्गचित्रलाई स्पस्ट गर्दै कार्ययोजना र रणनीति मार्फत आम जनतालाई मार्गदर्शन गर्नेछ भन्ने आशा थियो ।
एक जादुमय वा अकस्मात परिवर्तन हुनेगरी राज्य सञ्चालनको बागडोर सम्हालेकाहरुको घैटोमा घाम लाग्ला भन्ने आशाले जनता आँ गरिरहेका थिए । हुनत कुकुरको पुच्छर ढुङग्रोमा राखेर के सोझिन्थ्यो र १ विश्वव्यापी रुपमा कोरोना बिरुद्धको यस लडाइलार्ई हतियारबिनाको तेस्रो विश्वयुद्धको रुपमा स्विकार गरी सकिएको थियो । तर नेपालमा भने त्यहिबिचमा भ्रष्टाचारको कालो बदल मडारिरहेको थियो । स्वास्थ्य सामाग्री खरिदमा ओम्नि संगको संझौतालाई त कात्रोमा कमिसन संग तुलना गरियो र प्रकृति पनि त्यस्ते प्रकारको देखिन्थ्यो । तिनचार महिना देखिको बोलपत्रलाई खारेज गर्दै अकस्मात र उच्च मूल्यमा गरिएको उक्त संझौताका बिभिन्न पक्षले खरिद संझौताको अबैधानिकता प्रष्ट थियो । साथै उच्च आलोचना थेग्न नसकेपछि केहिदिनमै खारेज गरिनुले पनि थप प्रष्ट पारेको छ । सत्ताको बागडोर सम्हालेकाहरुको बुद्धिको बिर्को खुल्ला भन्ने आश आम जनतामा थियो तर बिर्को खोल्ने मिस्त्रि अपरिपक्क परे वा धेरै जान्ने भई उल्टो धुमाउदा झन् कसियो ।
नेपालमा धेरैजसो कोरोना संक्रमितलाई स्पस्ट लक्षण देखिएन तर जहाजका क्यपटेनको बुद्धिको बिर्को कसिएको लक्षण प्रारम्भमै देखिएको थियो । आफ्नै देशका नगरिक सिमानामा भोकै खुला आकाशमा कयौ दिन कटाउन बाध्य थिए । विवसताले ज्यानको बाजिलागाएर महाकालिमा हामफाल्नेलाई प्रहरि लागाएर प्रकाउ गरिदै थियो । यस्तो परिदृष्य सृजना गर्ने सरकारलाई यि मेरो देशका नगरिक हुन भन्ने अधिकार पनि नहुनु पर्ने हो । सिमानामा प्रहरि खटाएर लाठि र सत्ताको आडमा स्वदेश भित्रन बन्देज लगाउने साथै भित्र रहेकाहरु प्रति राज्यको दायित्व निर्बाह गर्न नसक्नेहो भने नागरिकता प्रदान गर्नुको अर्थ र नागरिकले कर तिर्नुको औचित्य के ? कसले जबाफ दिने ? अहिले आएर सोहिकाम लाखौको सङख्यालाई गर्न सकिने तर सुरुमै गर्न कसले रोकेको थियो ? हुनत सिमापारी आफ्नैदशका जनताबाट केपि ओली मुर्दाबाद नरेन्द्र मोदि जिन्दाबाद्को नारा मार्फत नेपालको चिनारि विश्वव्यापि गराउने शैलि पनि काइदाकै हो !

कारोना महामारिबाट अर्थतन्त्रको प्रथम (कृषि) क्षेत्रमा त्यति ठुलो असर हुने सम्भाबना न्युन रहेतापनि दोस्रो र तेस्रो (उद्योग र सेवा) क्षेत्रमा पर्न सक्ने गम्भिर आँकलनका बिच सरकारका नीति तथा कार्यक्रम र बजेटमा त्यति गम्भिर देखिदैन ।

“स्वदेशि बस्तुको उपभोग गरौ आन्तरिक उत्पादनलाई प्रोत्साहन गरौ” भन्ने नारा रट्न लगाउछ तर अर्थतन्त्रको उत्पादनको आधार बृद्धि गर्न प्रोत्साहन गर्ने कुनै ठोस कदम चालेको देखिदैन । कृषि मल र बिउमा कर थप्दै जान्छ । भारत तथा खाडि मुलुक बाट रोजगारि गुमाएर स्वदेश फर्किने लाखौ युवालाई परिचालन गर्ने कुनै आधार र योजना देखिदैन । परम्परागत प्रकृतिको नीति तथा कार्यक्रम र कोरोनाले थला पर्नसक्ने अर्थतन्त्रको ७ प्रतिशत आर्थिक बृद्धि गर्ने हास्यास्पद उद्देश्य देखेर दया लागेर आउछ । साथै कृषिमा यान्त्रीकरण र आधुनिकीकरण गरी रोजगारी सृजना गर्छु भन्छ । बास्तबमा कृषिमा आधुनिकीकरण र यान्त्रीकरणले त रोजगारी घट्दछ ।

रज्यको अर्थ र सरकारको भूमिका निर्बाह नगर्ने, चलिआएको चलन जस्तै भयो । यो वा त्यो बाहाना र अरुलाई दोषी देखाएर आफु पानी माथिको ओभानो बन्ने र सत्ता र शक्तिको आडमा दण्डहिनता र भ्रष्टाचारको खेलबाट आफु र आफ्नाको लाभ बृद्धि साथै निमुखा र आम सर्ब साधरणलाई अनाबश्यक दुख र झन्झटमा पिरोल्ने प्रबृति संस्थागत भइसकेको छ । जसको ज्वलन्त उदाहरण – ग्यानेद्र शाहि, लकडाउनकै बिचमा राहत सामाग्रि बितरण गरेकै भरमा पक्राउ, सामाजिक सञ्जलमा लेखेकै भरमा पूर्ब सचिब भिम उपाध्यायको गिरफ्तारि र सत्ताको कुर्सिका किला कस्ने नियतले संसद अपहरण बिरुद्ध देशका सांसदले नै जाहेरि दिदाँ पनि पुलिस प्रशासन्ले जाहेरि पनि नलिनु आदि हुन् ।

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

कुनै पार्टिको नेतृत्वबाट सरकारमा जादैमा पार्टि, गुट, कार्यकर्ता र सांसदलाई केन्द्रबिन्दुमा रखेर सरकारि ढुकुटिबाट ब्रह्मलुट मच्चाउन होइन भन्ने कहिले बुझ्ने ? जनताको पसिनामा कर लगाएर सांसद र मन्त्रिलाई ८२ लाखको जीमखाना, राष्ट्रपतिलाई डेढ अर्बको हेलीकप्टर, १८ करोडको गाडि र करोडको गलैचा बिच्छ्याउने क्रियाकलाप सरकार वा पार्टिको कुन र कस्ता नीति द्वारा सञ्चालित हुन ?

गरिबि निवारणको बिगत एक दशक भन्दा बढिको प्रयाश खेर जानसक्ने उच्च संभाबनाको आकलन बिश्व बैंक र आईएमएफले गरि रहदा निमुखा गरिब र मजदुर बर्गका लागि आम्दानी र रोजगारीका कार्यक्रम कसले बनाइदिने हो ? श्रम प्रधान क्रियाकलाबमा जोड र कृषि उत्पादन बृद्धि गर्ने आधार मल, बिउ र कृषिसामाग्रीको जोहो अब हिउद लागेपछि सोच्ने मनसाय छ जस्तो छ । कोरोना रोकथाम र प्रभाब न्युनीकरणका लागि विज्ञहरुबाट सुझाब लिने कार्य बन्दाबन्दि पूर्ब वा कम्तिमा पनि बन्दाबन्दि एक महिना सकिदा नसकिदै लिनु पर्ने थियो । तर हाल आएर मात्र गरियो त्यो पनि औपचारिकता पुरा गर्न हो या बास्तबिकताका लागि हो समयले देखाउला । त्यति सम्म गरियो त्यसैमा पनि खुसि नै लाग्यो । तर के गर्नु खुसि वा आशाको त्यान्द्रो पलाउन पाउदा नपाउदै पडिादायक समचारको बाडिले उक्त त्यान्द्रो चुडिएर टुक्रा टुक्रा भइसक्छ ।

सुन्न नपरे हुन्थ्यो भन्ने लाग्दा लाग्दै पनि फेरि अर्को समचार सुनियो जनताले सूचनाको अधिकारका लागि आवाज उठाउदै गर्दा दमन गरियो रे । सार्बजनिक आर्थिक क्रियाकलापहरुको स्पस्ट र पारदर्सी सुचना पाउने जनताको मौलिक अधिकार हनन् हुनेगरी सुचनाको माग गरिरहेका प्रदर्शनकारिहरु माथि पानीको फोहोरा र लाठि खै कसको आदेशमा संबिधान वा कानूनको कुन प्राबधानको आधारमा गरियो ?

ADVERTISEMENT

कृषिमा उद्यमशीलता र याुबा बर्गको आकर्षणले आँकुरा पलाउनै लाग्दा, उत्पादित तरकारि फर्ममै कुहिएका, उत्पादित तरकारिले उचित मूल्य नपाउदाँ किसानले बालिमै ट्याक्टर चलाएका समचार र कोरोना सर्छ भन्दै संक्रमित भएका जिल्ला बाट ढुवानि गरिएको कृषि उत्पादन खाल्डोमा फल्ने परिस्थिति सृजना हुनुले ति आँकुरा मर्लान कि नमर्लान् ? जबाफदेहि को हुने? सरकार चलाउन सत्तामा बस्नेहरुले नैतिकता र जिमेबारी लिदै चुस्त र जिम्मेबार प्रशारनिक संरचनाको बिकास कहिले गर्ने ?

लेखक अमृत घिमिरे
मुसिकोट नगरपालिका ०१ गुल्मि हाल
कीर्तिपुर काठमाण्डौ

Share149Tweet93SendShare
Previous Post

बालुवाटारमा प्रदर्शनमा उत्रिएकालाई प्रहरीले पानीका फोहरा र अश्रुग्यास प्रहार गरे

Next Post

टीकापुरमा अस्थायी कोरोना अस्पताल

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने
खेल

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

८:३१ बिहान, अशोज १०, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
मुख्य समाचार

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

१०:५२ मध्यान्ह, अशोज ९, २०८३
वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र
मुख्य समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

११:२१ बिहान, अशोज ९, २०८३
राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
मुख्य समाचार

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

८:०८ बिहान, अशोज ९, २०८३
हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव
मुख्य समाचार

हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव

१२:२७ बिहान, अशोज ९, २०८३
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
Next Post

टीकापुरमा अस्थायी कोरोना अस्पताल

आज देशभर २५० थपिए

कर्णाली प्रदेश अस्पतालबाट आज ३१ जना कोरोनालाई जितेर घर जाँदै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
23°
Fair
6:09 am6:08 pm +0545
Feels like: 23°C
Wind: 3km/h ESE
Humidity: 95%
Pressure: 1005.76mbar
UV index: 0
TueWedThu
32°C / 23°C
32°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?