कृष्णा यादब
वीरगञ्ज असार १९ गते ।
शुक्रवार प्रहरीले अवैध लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी भन्सार राज्स्व गस्ती र सशस्त्र प्रहरी बल १३ नम्बर गणको संयुक्त टोलिले बिरगंजको मितेरी पुल स्थित लुकाई छिपाई भारतबाट ल्याउदै गरेको लागुऔषध सहित एक जनालाई पक्राउ गरेको हो ।
विशेष सुचनाको अधारमा विरगंज भन्सार स्थित रहेको मितरी पुलको नजिक चेकजाँच गर्नै क्रम्मा ना २७ प ९९९९ नम्बरको मोटरसाइकलमा चामलको दुईवटा बोरामा ल्याउदै गरेको अवैध लागूअौषध कोरेक्स सहित एक जनालाई पक्राउ गरेको सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र कुवरले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरीले पक्राउ गरेको उक्त लागु औषध भारतको रक्सौल बाट ल्याएको शस्त्र प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा बारा जिल्ला कलैया उपमहानगरपालिका-१२ धर्मनगर निवासी २२ वर्षीय सजिर राय भाटलाई अवैध लागुअौषध सहित पक्राउ गरि थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक कुवरले बताउनुभयो।
Discussion about this post