ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

सम्वादपछि वस्ती व्यवस्थापन

जावेद अन्सारी by जावेद अन्सारी
५:१७ मध्यान्ह, असार ३१, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

बाँके असार ३१ गते ।
नेपालगञ्ज राँझास्थित आदर्श माविको जग्गामा बसोवास गरिरहेका सुकुम्वासीहरुलाई स्थानान्तरण गरिएपछि जग्गाको किचलो सदाका लागि साम्य भएको छ ।
सम्वाद समूह, बाँकेको निरन्तर सम्वाद प्रक्रिया र वडा न २० वडा समिति कार्यालयको अग्रसरतापछि डेढ दशक अघिदेखिको बसोबासको किचलो अन्तय भएको हो ।

विद्यालयको नेपालगञ्ज–२० गायत्रीनगरस्थित ३ बिघा ७ कठ्ठा १४ धुर जग्गामा वर्षौदेखि सुकुम्बासी÷भूमीहिनका नाममा ८४ घरपरिवारले कब्जा गरी घर टहरा बनाएर बसेका थिए । २५ घर परिवार गत वर्ष नै उत्तर (नाली किनार)तर्फ सरेपनि बाँकी घरपरिवारलाई वडा कार्यालयले क्रमीक रुपमा व्यवस्थापन गरेको हो । विद्यालयको अतिक्रमित जग्गा अहिले खाली गरिसकिएको छ भने अधिकांस परिवारले अन्यत्र घर बनाएर बसीसकेका छन् ।

वडाकै सहमतीमा यसपाली विद्यालयको पश्चिमतर्फ १५, दक्षिणतर्फ १६ घरपरिवारलाई ऐलानी र नाली किनारको जग्गामा घर बनाउन दिइएको हो । सम्वाद समूह, बाँकेको सहजीकरणमा गत वर्ष जेठ २ गते सुकुम्वासी÷भूमिहिन, विद्यालय र वडा कार्यालयबीच बास्तविक सुकुम्वासीलाई विद्यालय र नाला वरिपरिको ऐलानी जमीनमा स्थानान्तरण गर्ने सहमती गरिएपछि व्यवस्थापन प्रक्रिया शुरु भएको थियो ।

अतिक्रमित जग्गा खाली गर्न गरिएको वडा र विद्यालयको हर प्रयास असफल भएपछि सम्वाद समूह, बाँकेले दुई वर्षदेखि सरोकार पक्षसँग सम्वाद सहजीकरण गर्दै आइरहेको थियो । गृह मन्त्रालयले गत मंसीरमा विद्यालयको जग्गा खाली गर्न प्रशासनलाई परिपत्र गरेपछि थप दबाब बढेको थियो ।

सम्बन्धित समाचार

अत्यधिक गर्मी र लूका कारण बाँकेको जनजीवन प्रभावित

खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ

कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते

वडा कार्यालयले ३१ घरपरिवारलाई ५०÷५० हजारका दरले घर स्थानान्तरणका लागि सहयोग गरेको थियो भने सरकारका तर्फबाट सुरक्षित आवास कार्यक्रम अन्तर्गत २३ जनालाई ५०÷५० हजार उपलव्ध गराइएको थियो । यस अघि नेपालगञ्ज उपहानगरपालिकाद्धारा कार्यपालिका सदस्य देउमल सुनारको संयोजकत्वमा गठीत अध्यन समितीले ४४ घरपरिवार वास्तविक सुकुम्वासी रहेको ठहर गरेको थियो तथापी अपांग, नागरिकता समेत नभएका गरि थप घरपरिवारलाई पनि व्यवस्थापन गर्नु पर्ने सुझाएको थियो ।

गायत्री नगरमा कक्षा ९ देखि १२ सम्म पढाई संचालन भइरहेपनि बस्तीकै कारण हो हल्ला हुने, पढाईमा बाधा पुग्ने लगायतका समस्याहरु झेल्नु परिरहेको थियो । राँझा चौकमा रहेको आदर्श माध्यमिक विद्यालयको भवन नेपालगञ्ज नागरिक उड्डयन प्राधिकरण नेपालगञ्ज विमानस्थल कार्यालयले अधिग्रहण गर्ने भएपछि गायत्रीनगरमा सर्नु पर्ने बाध्यात्मक स्थिती रहेको थियो ।

दुवै स्थानमा गरेर चौध सय विद्यार्थी अध्यनरत रहेका छन् । सम्वाद प्रक्रियामा सहभागी अपाङगता भएका व्यक्ती लाल बहादुर परियारले वस्ती, विद्यालय र वडा कार्यालयबीचको वर्षौदेखिको विवाद सम्वादकै कारण सम्भव भएको जीकीर गर्नु भयो । बास वस्ने जग्गा व्यवस्था भएपनि नाला व्यवस्थापन लगायतका सेवा सुविधामा पनि वडाले अग्रसरता देखाउनु पर्ने माग राख्नु भयो ।

ADVERTISEMENT

वडा न २० का वडा अध्यक्ष कृष्णबहादुर कार्कीले निरन्तरको सम्वादबाट विद्यालयले आफनो जग्गा र सुकुम्वासीले बास पाएकोमा खुसी प्रकट गर्नु भयो । विद्यालय र वस्ती व्यवस्थापनका लागि वडाबाट अहिले सम्म करिव ५० लाख खर्च गरिसकिएको उहाँले दाबी गर्नु भयो । बस्ती व्यवस्थापनको काम सकीएपनि बाटो, नाली निर्माण, खानेपानी लगायतका काम अझैं जारी रहेको कार्कीको भनाई थियो ।

बस्ती व्यवस्थापन र शैक्षिक विकास लागि उपमहानगरपालिकाले पनि आवश्यक समन्वय र सहजीरकण गरेको उपमहानगरपालिका उपप्रमुख एवं सम्वाद सदस्य उमा थापामगरले जानकारी दिनु भयो । विद्यालयका प्राचार्य प्रकाश आचार्यले वस्ती व्यवस्थापनको अथक प्रयास सफल भएकोमा खुसी प्रकट गर्दै विद्यालयको समग्र विकासमा थप योजनासहित अघि बढ्ने जिम्मेवारी बढेको बताउनु भयो ।

२००९ सालदेखि स्थानीय अगुवा राम मिलन बर्मा लगायतले घरगोठमै सञ्चालन गर्दै आएको विद्यालय २०१६ सालदेखि आदर्श जनता प्राइमरी स्कुलका नाममा सरकारी मान्यतामा छ । सम्वाद समूह बाँकेले सार्वजनिक सरोकारका विषयमा देखिएको विवादमा सहजीकरण गर्दै आएको छ ।

Share147Tweet92SendShare
Previous Post

स्वीस बैंकमा प्रधानमन्त्रीको कुनै खाता छैन प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा

Next Post

होल्डिङ्ग सेन्टरलाई स्वास्थ्य उपकरण

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

गर्मीले आक्रान्त भएका नेपालगन्जबासीमाथि विद्युतले झनै पीडा थप्दै
मुख्य समाचार

अत्यधिक गर्मी र लूका कारण बाँकेको जनजीवन प्रभावित

७:४२ बिहान, असार ३, २०८३
खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ
अपराध

खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ

७:३४ बिहान, असार ३, २०८३
कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते
दुर्घटना

कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते

७:२० बिहान, असार ३, २०८३
माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन
खेल

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

१२:०५ मध्यान्ह, जेष्ठ २९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार
कृषि

चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार

८:५२ बिहान, जेष्ठ २८, २०८३
७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित
आर्थिक

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

८:०९ बिहान, जेष्ठ २८, २०८३
Next Post

होल्डिङ्ग सेन्टरलाई स्वास्थ्य उपकरण

कोहलपुर एनटिभीलाई प्रादेशिक च्यानल बनाइनेः महाप्रबन्धक रोका

कोहलपुर नगरपालिका वडा नम्बर २ को कार्यालय भवनको उद्घाटन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?