ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कोरोनाको कहर चलिरहेको बेला भोक टार्न रोगको पर्वाह नगरी भारत पस्ने बढ्दै कयौ नेपाली

जावेद अन्सारी by जावेद अन्सारी
३:०६ मध्यान्ह, साउन २०, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

कैलाली साउन २० गते ।
विश्वव्यापी कोरोना भाइसरले सन्त्रास मच्चाउँदा नेपालसहित अधिकांश मुलुकले लकडाउन अपनाएका छन् । भारतमा सङ्क्रमण देखापरेपछि घर फर्किएका नेपालीहरू भोक टार्न रोगको पर्वाह नगरी लकडाउनकै बीच पुनः भारत पसिरहेका छन् ।

कैलालीको धनगढीस्थित त्रिनगर सीमामा रहेको नागरिक सहायता कक्षका दिनेश ठकुल्लाका अनुसार प्रत्येक दिन एक सयभन्दा बढी नेपाली मजदुरी गर्न भारत गइरहेका छन् । पछिल्लो केही दिनयता भारतबाट आउने र जानेको सङ्ख्या उस्तै रहेको भन्दै उनले भने ‘अहिले करिब दुई सयको हाराहारीमा नेपालीहरू भारतबाट आइरहेका छन् । यताबाट रोजगारीको लागि त्यति नै सङ्ख्यामा नेपालीहरू भारत गइरहेका छन् ।’

साउन महिनामा मात्रै १५९० जना सीमा पार गरेर भारततर्फ गएको तथ्याङ्क छ । उनिहरूमध्ये केही भारतीय रहेपनि अधिकांश नेपाली भएको ठकुल्लाले बताए । उनले भने भारततर्फ गएका १५९० मध्ये एक हजार चार सय हाराहारीमा नेपाली छन् ।’ त्रिनगर नाकामा खटिएका प्रहरीका अनुसार कैलालीको गौरिफन्टा नाका हुँदै भारतको मुम्बई, पुना, दिल्ली, लखनउलगायत क्षेत्रमा जाने गरेका छन् । भारत जान रासन कार्ड अनिवार्य गरिएको छ ।

यसै सिलसिलामा सोमबार उमेरले झण्डै पाँच दशक पार गरिसकेका कञ्चनपुर पुनर्वास नगरपालिका–६ का कृपाराम निरौला नेपाल(भारत सीमा नाका गौरीफन्टामा देखिए । हातमा ठूलो झोला बोकेका उनको निधारमा रातो टीका थियो । कोरोना महामारीका कारण भारतबाट नेपालीहरू घर फर्किरहेका बेला उनि कता हिडेका होलान? यही जान्न खोज्दा उनले भने, ‘मजदुरी गर्न भारत हिँडेको ।’ उनको जवाफ अनपेक्षित थियो । नेपालमा अहिले कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार नाघेको छ । तर भारतमा भने त्यो सङ्ख्या कयौँ गुणा बढी छ । सोमबार साँझसम्म सङ्क्रमितको सङ्ख्या १८ लाख तीन हजार ६९५ पुगेको छ भने ३८ हजार बढीले ज्यान गुमाएका छन् ।

सम्बन्धित समाचार

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

‘घरमा साना दुई छोरा छन् । श्रीमतीले नजानू भन्दाभन्दै मनाएर आएको हुँ’ विगत छ वर्षदेखि भारतमा मजदुरी गर्दैआएका कैलाली बर्दगोरियाका खेमराज चौधरीले भने, ‘अझै केही दिन भारत गइएन भने त भोकै परिन्छ भन्ने पीर भयो ।’ तर निरौलालाई भने कोरोनाको त्रासभन्दा बेरोजगारीको पीडा ठूलो भएको छ । ‘यहाँ बसेर बालबच्चालाई के खुवाउने ? आफूले के खाने ? पहिले कमाएर ल्याएको पैसा पनि सकियो’ उहाँले आफ्नो बाध्यता सुनाए ।

निरौला विगत २२ वर्षदेखि भारतमा मजदुरी गर्दैआएका रहेछन । कोरोना महामारी र लकडाउनसँगै उनि चैत पहिलो साता घर आए । ‘त्यो बेला आएपछि फेरि जान पाएको छैन । अब यस्तै अवस्था रहेपछि त भोकै परिन्छ होला,’ उनले भने ‘यहाँ भोकसँग लड्नुभन्दा रोगसँग लड्नु जाति भनेर हिँडेको हुँ ।’

निरौलाका नजिकै कैलाली घोडाघोडी नगरपालिका–३, निम्दीका राजकुमार चौधरी पनि थिए। उनको निधारमा पनि रातो टीका र हातमा झोला थियो । नेपाल(भारत सीमा नाका कट्ने तरखरमा रहेका उनि१५ वर्षदेखि भारतमै रहेको सुनाउँदै भन्नुभयो, ‘हामी जस्ता गरिब मान्छे भारत नगए घरमा चुलो बन्दैन ।’ नेपालमै केही गर्ने योजनाका साथ उनि माघ अन्तिम साता घर आएका हुन् । ‘तर यहाँ केही काम पाइनँ । मन मारेर मुग्लान जानुपर्ने अवस्था आयो’ चौधरीले भने।

ADVERTISEMENT

कैलालीको बर्दगोरिगा गाउँपालिकाका खेमराज चौधरीले पनि दुई सन्तान र श्रीमतीलाई घरमै छाडेर भारत हिँडेको बताए। ‘घरमा साना दुई छोरा छन् । श्रीमतीले नजानू भन्दाभन्दै सम्झाईबुझाई आएको हुँ’ विगत छ वर्षदेखि भारतमा मजदुरी गर्दैआएका उनले भने, ‘अझै केही दिन भारत गइएन भने त भोकै परिने पक्का छ ।’ कृपाराम निरौला, राजकुमार चौधरी र खेमराज चौधरी प्रतिनिधि पात्र मात्र हुन् । उनिहरू जस्तै रोजगारीका लागि फेरि भारत पस्नेहरूको सङ्ख्या बढ्न थालेको भन्सार नाकामा रहेको सहायता कक्षको आँकडाले देखाएको छ ।

Share147Tweet92SendShare
Previous Post

आफ्नै पार्टीका नेताहरुको कार्यशैलीप्रति असन्तुष्टिः प्रधानमन्त्री ओली

Next Post

ईप्रका कोहलपुर सील

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

समाचार

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

१२:३३ बिहान, बैशाख १७, २०८३
पश्चिम नेपालको स्वास्थ्य हब बन्दै नेपालगन्ज
समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

४:१५ बिहान, बैशाख १३, २०८३
नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा
समाचार

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

७:३८ बिहान, बैशाख १२, २०८३
समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
Next Post

ईप्रका कोहलपुर सील

ह्वाइट हाउस होटेल बन्यो आइसोलेशन सेन्टर

नेपालमा आज थप २५९ जनामा कोरोना संक्रमण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?