ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कोरोनाको कहर चलिरहेको बेला भोक टार्न रोगको पर्वाह नगरी भारत पस्ने बढ्दै कयौ नेपाली

जावेद अन्सारी by जावेद अन्सारी
३:०६ मध्यान्ह, साउन २०, २०७७
375
सेयर
375
VIEWS
ShareTweetSendShare

कैलाली साउन २० गते ।
विश्वव्यापी कोरोना भाइसरले सन्त्रास मच्चाउँदा नेपालसहित अधिकांश मुलुकले लकडाउन अपनाएका छन् । भारतमा सङ्क्रमण देखापरेपछि घर फर्किएका नेपालीहरू भोक टार्न रोगको पर्वाह नगरी लकडाउनकै बीच पुनः भारत पसिरहेका छन् ।

कैलालीको धनगढीस्थित त्रिनगर सीमामा रहेको नागरिक सहायता कक्षका दिनेश ठकुल्लाका अनुसार प्रत्येक दिन एक सयभन्दा बढी नेपाली मजदुरी गर्न भारत गइरहेका छन् । पछिल्लो केही दिनयता भारतबाट आउने र जानेको सङ्ख्या उस्तै रहेको भन्दै उनले भने ‘अहिले करिब दुई सयको हाराहारीमा नेपालीहरू भारतबाट आइरहेका छन् । यताबाट रोजगारीको लागि त्यति नै सङ्ख्यामा नेपालीहरू भारत गइरहेका छन् ।’

साउन महिनामा मात्रै १५९० जना सीमा पार गरेर भारततर्फ गएको तथ्याङ्क छ । उनिहरूमध्ये केही भारतीय रहेपनि अधिकांश नेपाली भएको ठकुल्लाले बताए । उनले भने भारततर्फ गएका १५९० मध्ये एक हजार चार सय हाराहारीमा नेपाली छन् ।’ त्रिनगर नाकामा खटिएका प्रहरीका अनुसार कैलालीको गौरिफन्टा नाका हुँदै भारतको मुम्बई, पुना, दिल्ली, लखनउलगायत क्षेत्रमा जाने गरेका छन् । भारत जान रासन कार्ड अनिवार्य गरिएको छ ।

यसै सिलसिलामा सोमबार उमेरले झण्डै पाँच दशक पार गरिसकेका कञ्चनपुर पुनर्वास नगरपालिका–६ का कृपाराम निरौला नेपाल(भारत सीमा नाका गौरीफन्टामा देखिए । हातमा ठूलो झोला बोकेका उनको निधारमा रातो टीका थियो । कोरोना महामारीका कारण भारतबाट नेपालीहरू घर फर्किरहेका बेला उनि कता हिडेका होलान? यही जान्न खोज्दा उनले भने, ‘मजदुरी गर्न भारत हिँडेको ।’ उनको जवाफ अनपेक्षित थियो । नेपालमा अहिले कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार नाघेको छ । तर भारतमा भने त्यो सङ्ख्या कयौँ गुणा बढी छ । सोमबार साँझसम्म सङ्क्रमितको सङ्ख्या १८ लाख तीन हजार ६९५ पुगेको छ भने ३८ हजार बढीले ज्यान गुमाएका छन् ।

सम्बन्धित समाचार

दसैं बिदामा बर्दिया निकुञ्जमा पर्यटकको चहलपहल, होटल भरिभराउ

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

‘घरमा साना दुई छोरा छन् । श्रीमतीले नजानू भन्दाभन्दै मनाएर आएको हुँ’ विगत छ वर्षदेखि भारतमा मजदुरी गर्दैआएका कैलाली बर्दगोरियाका खेमराज चौधरीले भने, ‘अझै केही दिन भारत गइएन भने त भोकै परिन्छ भन्ने पीर भयो ।’ तर निरौलालाई भने कोरोनाको त्रासभन्दा बेरोजगारीको पीडा ठूलो भएको छ । ‘यहाँ बसेर बालबच्चालाई के खुवाउने ? आफूले के खाने ? पहिले कमाएर ल्याएको पैसा पनि सकियो’ उहाँले आफ्नो बाध्यता सुनाए ।

निरौला विगत २२ वर्षदेखि भारतमा मजदुरी गर्दैआएका रहेछन । कोरोना महामारी र लकडाउनसँगै उनि चैत पहिलो साता घर आए । ‘त्यो बेला आएपछि फेरि जान पाएको छैन । अब यस्तै अवस्था रहेपछि त भोकै परिन्छ होला,’ उनले भने ‘यहाँ भोकसँग लड्नुभन्दा रोगसँग लड्नु जाति भनेर हिँडेको हुँ ।’

निरौलाका नजिकै कैलाली घोडाघोडी नगरपालिका–३, निम्दीका राजकुमार चौधरी पनि थिए। उनको निधारमा पनि रातो टीका र हातमा झोला थियो । नेपाल(भारत सीमा नाका कट्ने तरखरमा रहेका उनि१५ वर्षदेखि भारतमै रहेको सुनाउँदै भन्नुभयो, ‘हामी जस्ता गरिब मान्छे भारत नगए घरमा चुलो बन्दैन ।’ नेपालमै केही गर्ने योजनाका साथ उनि माघ अन्तिम साता घर आएका हुन् । ‘तर यहाँ केही काम पाइनँ । मन मारेर मुग्लान जानुपर्ने अवस्था आयो’ चौधरीले भने।

ADVERTISEMENT

कैलालीको बर्दगोरिगा गाउँपालिकाका खेमराज चौधरीले पनि दुई सन्तान र श्रीमतीलाई घरमै छाडेर भारत हिँडेको बताए। ‘घरमा साना दुई छोरा छन् । श्रीमतीले नजानू भन्दाभन्दै सम्झाईबुझाई आएको हुँ’ विगत छ वर्षदेखि भारतमा मजदुरी गर्दैआएका उनले भने, ‘अझै केही दिन भारत गइएन भने त भोकै परिने पक्का छ ।’ कृपाराम निरौला, राजकुमार चौधरी र खेमराज चौधरी प्रतिनिधि पात्र मात्र हुन् । उनिहरू जस्तै रोजगारीका लागि फेरि भारत पस्नेहरूको सङ्ख्या बढ्न थालेको भन्सार नाकामा रहेको सहायता कक्षको आँकडाले देखाएको छ ।

Share150Tweet94SendShare
Previous Post

आफ्नै पार्टीका नेताहरुको कार्यशैलीप्रति असन्तुष्टिः प्रधानमन्त्री ओली

Next Post

ईप्रका कोहलपुर सील

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

निकुञ्जमा बाघ हेर्न आउने पर्यटकको संख्या वृद्धि
समाचार

दसैं बिदामा बर्दिया निकुञ्जमा पर्यटकको चहलपहल, होटल भरिभराउ

१:१८ बिहान, कार्तिक ११, २०८३
दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान
समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

१:१५ मध्यान्ह, कार्तिक ६, २०८३
बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन
समाचार

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

११:५३ बिहान, कार्तिक ६, २०८३
आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत
समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

१२:०७ बिहान, कार्तिक ५, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
समाचार

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

११:०७ मध्यान्ह, कार्तिक ३, २०८३
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने
समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

५:२० बिहान, कार्तिक ३, २०८३
कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
Next Post

ईप्रका कोहलपुर सील

ह्वाइट हाउस होटेल बन्यो आइसोलेशन सेन्टर

नेपालमा आज थप २५९ जनामा कोरोना संक्रमण

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Cloudy
6:26 am5:37 pm +0545
Feels like: 27°C
Wind: 5km/h NW
Humidity: 57%
Pressure: 1015.92mbar
UV index: 3
ThuFriSat
29°C / 20°C
24°C / 20°C
26°C / 19°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?