ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सम्वाद समूहको अन्तर सम्वाद, भेरीमै थप बेड सहितको आइशालेशन सञ्चालनको प्रतिवद्धता

जावेद अन्सारी by जावेद अन्सारी
९:१४ मध्यान्ह, अशोज ११, २०७७
375
सेयर
375
VIEWS
ShareTweetSendShare

बाँके असोज ११ गते ।
बढ्दो कोरोना (कोभीड १९) संक्रमीतको सहज र प्रभावकारी उपचारका लागि भेरी अष्पतालमै थप बेडसहितको आइशोलेशन सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।
सम्वाद समूह बाँकेको संयोजनमा कोरोनाको बढदो संक्रमण, सहज र प्रभावकारी उपचार तथा आइशोलेशनको आवश्यक्ताका सन्दर्भमा आइतबार जिल्ला प्रशासन कार्यालयमा आयोजित अन्तरसम्वादमा सरोकारवालाले सामुहिक प्रतिवद्धता गरेका हुन् ।

भेरी अष्पतालमा अक्सीजन सुविधासहित ७२ बेडको कोरोना विशेष अष्पताल सञ्चालनमा ल्याइएपनि लक्षणसहितका गम्भिर विरामीहरुको संख्या बढदै गएपछि थप आइसोलेशसहितको सेवा अनीवार्य देखीएको हो । भेन्टीलेटरसहितको सुविधायुक्त आइशोलेशन व्यवस्थापन तथा सञ्चालनको माग बढदै गइरहेका बेला सार्वजनिक सरोकारका सावालमा क्रियाशिल समूहले सरोकारवालावीच थप समन्वय र सहकार्यका लागि सम्वाद सहजीकरण गरेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङको विशेष उपस्थितीमा जनप्रतिनीधी, चिकीत्सक, स्वास्थ्यकर्मी, नागरिक समाजका अगुवाबीच कोरोना संक्रमीतको प्रभावकारी उपचारका लागि गर्न सकिने पहल बारे अन्तर सम्वाद गरिएको थियो ।
कार्यक्रममा सहभागी सम्वद्ध विज्ञले बाँकेमा दैनिक ३० जनामा(औसतमा) कोरोना पोजीटीभ देखीइरहेको स्थितीमा अब थप संक्रमीतलाई राख्न सक्ने अवस्था नभएको भन्दै तत्काल भेरी अष्पतालमै थप बेड व्यवस्थापननै सर्वोत्तम विकल्प भएको औल्याए ।

भेरी अष्पताल कोरोना विशेष अष्पतालका कोभीड कमाण्डर डा श्याम सुन्दर यादवले भेरी अष्पताल भित्रै थप आइशोलेशन सञ्चालन गर्नु नै उत्तम हुने दाबी गर्दै थप बेड राख्न सकिने ठाउँ पनि रहेको खुलासा गर्नु भयो । साथै उहाँले त्यसको व्यवस्थापनका लागि सामुहिक इछाशक्तिको आवश्यक्ता पनि औल्याउनु भयो । भेरी अष्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले अष्पतालभित्रै थप डेढ सय बेड राख्न सकिने स्थानहरुको व्यवस्थापनका लागि सहयोगको अपील गर्नु भयो ।

सम्बन्धित समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

बाँकेका प्रमख जिल्ला अधिकारी अधिकारी एवं जिल्ला कोभीड १९ संकट व्यवस्थापन केन्द्र प्रमुख कुरुम्वाङले भेरी अष्पतालमै आइसोलेशन व्यवस्थापन र सञ्चालनको लागि हर सम्भव प्रयास गरिएको भन्दै सबै पक्षको सहयोगको खाँचो रहेको बताउनु भयो ।

नेपालगञ्ज उपमहानगरपालिका कार्यवाहक नगरप्रमुख उमा थापा मगरले आइसोलेशनको आवश्यक्तालाई मध्यनजर गरेर नीजी अष्पताल र होटेललाई पनि उपयोग गर्न सकिन्छ की भन्ने आशय व्यक्त गर्नु भयो । भेरी अष्पतालको निर्माणाधिन ५ तले भवनमै आइशोलशन सञ्चालन गर्ने की भन्ने वहस भइरहेका बेला शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यन्वयन इकाई नेपालगञ्जका इन्जीनीयर होमनाथ भुषालले भवन निर्माणको कार्य जारी रहेकाले प्रावीधीकीय मापदण्डमा अवरोध हुने भएकाले तत्काल नयाँ भवनमा भने सञ्चालनको सम्भावना नरहेको स्पष्ट पार्नु भयो ।

भेरी अष्पतालका निमीत्त मेसु डा सुमन अर्यालले कोरोना उपचार गरिइदा अन्य सेवा प्रभावित नहोस् भन्ने तर्फ ध्यान दिन जरुरी रहेको बताउनु भयो ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका वरिष्ठ स्वास्थ्य प्रशासक धिरजंग शाहले कोरोनाबाट संक्रमीत हुनै नदिने तर्फ सचेतना बढाउनु पर्ने सुझाउनु भयो ।
खजुरा गाउँपालिकाका उपप्रमुख एकमाया विकले स्थानीय तहमा पनि कोरोनो विशेष अष्पतालको आवश्यक्ता औल्याउनु भयो ।

ADVERTISEMENT

नेपालगञ्ज मेडीकल कलेजका सहायक निर्देशक डा नितेश कनोडीयाले सीमीत स्रोत साधनका वावजुद कोरोना संक्रमीतको उपचार गरिदै आईएको र थप आवश्यक सहकार्यका लागि पनि तयार रहेको प्रतिवद्धता व्यक्त गर्नु भयो ।

विकासका लागि नागरिक सरोकार समितिका संयोजक कृष्ण प्रसाद श्रेष्ठ, नेपालगञ्ज उद्योग वाणीज्य संघका महासचिव चिरञ्जीवी वली लगायतले आइशोलशन सञ्चालनका लागि सबैको सामुहीक सहकार्यमा जोड दिनु भएको थियो ।

सम्वाद समूह बाँकेका सहजकर्ता शुक्तऋषि चौलागाईद्धारा सहजीकरण गरिएको कार्यक्रमको उद्येश्यमाथि समूहका सदस्य अधिवक्ता प्रहलाद बहादुर कार्कीले प्रकाश पार्नु भएको थियो ।

स्वास्थ्य कार्यालय बाँकेका प्रवक्ता, कोभीड १९ फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बाँकेमा हाल सम्म २५ हजार पाच सय ६ जनाले कोरोना परिक्षण गराएकोमा एक हजार ८ सय २१ जनामा पोजेटीभ देखीएको छ भने एक जार चार सय ३४ जना डिसर्ज भएका छन् । बाँकेमा १९ जनाको मृत्यू भएकोमा १३ जना बाँकेका र ६ जना बाहिरी जिल्लाका रहेका छन् । यस्तै २१ जना होम आइआशोलेशन र ५० जना हाटेलमा रहेका छन् ।

यसैबीच समूहको सहजीकरण लगत्तै प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ नेतृत्वको टोलीले अष्पतालमा थप बेडसहितको आइशोलेशनको सम्भाव्यता बारे अवलोकन समेत गरेको थियो । अष्पताल विकास समितिका अध्यक्ष धिताल, शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यन्वयन इकाई नेपालगञ्जका इन्जीनीयर विजय केशर खनाल लगायत रहनु भएको थियो ।

हालै मन्त्री परिषद वैठकले जिल्ला सममन्वय समिती बाँकेमा रहेको ४ करोड रुपैया कोरोना विशेष अष्पतालको स्तरोन्नतीका लागि खर्च गर्ने निर्णय गरिसकेको छ ।

Share150Tweet94SendShare
Previous Post

बाँकेमा आज कोरोना भाइरसका १६ नयाँ संक्रमित थपिए

Next Post

बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गरौं : बाबुराम भट्टराई

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
Next Post

बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गरौं : बाबुराम भट्टराई

सोमबार बाँकेमा २९ जना संक्रमण मुक्त भएर डिस्चार्ज हुँदै

मेयर हुन् यस्ता ! गाडी किन्ने बजेटले खोले प्राविधिक कलेज, आफू चढ्छन् साइकल

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?