बाँके असोज १३ गते ।
बाँके प्रहरीले प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो नेपालगन्जबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँके र लागू औषध नियन्त्रण व्युरो नेपालगन्जको संयुक्त प्रहरी टोलीले आज दिउँसो ४ बजे उपमहानगरपालिका वडा नम्बर १२ बेलासपुरबाट लागू औषध ब्राउन सुगरसहित नेपालगन्ज – ४, बसपार्कका २३ बर्षिय मोहम्मद जुनेड हलुवाई र बढैयाताल गाउँपालिका – ३, बर्दियाका २७ बर्षिया सपना पुनलाई नियन्त्रणमा लिएको जिल्ला कार्यालय बाँकेले जनाएको छ ।
प्रहरीले उनिहरुको साथबाट प्लाष्टिकको ६ वटा पुडिया बनाई राखेको ४ ग्राम ५०० मिलिग्राम लागू औषध ब्राउन सुगर बरामद गरेको जनाएको छ । उनिहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको बाँके प्रहरीले जनाएको छ ।










Discussion about this post