ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कोरोना कहर सुरु भएसङ्गै ६ महिनाको अवधिमा सुनचाँदीको व्यवसायमा अनुमानित ६० करोड भन्दा बढीको घाटा

जावेद अन्सारी by जावेद अन्सारी
४:२५ मध्यान्ह, अशोज ३०, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके असोज ३० गते ।

बाँकेको कोहलपुरमा कारोबार र माग दुवै नभए पनि अहिले सुनचाँदी व्यवसायीले पसल खोल्छन् । तर गहना बनाउँदै किन्ने मानिसहरु आउँदैनन् । बाँके सुन चाँदी तथा गहना व्यवसायी संघका संस्थापक अध्यक्ष बाल कृष्ण विश्वकर्माले भने,–‘पसल नखोलौँ भने एक जना भए पनि ग्राहक आउलान् भन्ने आश हुन्छ । पसल खोलेर बस्दा कोही आउँदैनन् ।’

बाँकेको कोहलपुरमा कोरोनाको जोखिमसँगै भएको लकडाउनले सुनचाँदी व्यवसाय पनि ओरालो लागेको छ । लकडाउनपछिको यो ६ महिनामा सुनचाँदीको व्यवसायीहरु सबैभन्दा बढी घाटा वेहोर्नु परेको छ । लकडाउनपछिको यो ६ महिनाको अवधिमा सुनचाँदीको व्यवसायमा अनुमानित ६० करोड भन्दा बढीको घाटा भएको संघका संस्थापक विश्वकर्माले बताए ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण कोहलपुरको अर्थतन्त्र शिथिल बन्दै गइरहेका बेला सुन व्यवसायमा पनि नराम्रोसँग असर देखिएको संस्थापक अध्यक्ष विश्वकर्माले बताए । कोरोना कहरसँगै कोहलपुरमा सुनको भाउ लगातार बढेपछि पनि कारोबार ठप्प भएको छ । उनले भने,–‘सुनको मात्रै होइन, हरेक क्षेत्रको कारोबार पनि ठप्प छ । पहिले मानिसहरु खाना, नाना, छाना अनि गहना हुन्थ्यो तर कोरोनाका करण गहना पछारियो । सुनको कारोबार खुम्चिएको छ ।’ सरकारले लकडाउन खुल्ला गरेपनि कोहलपुरमा कोरोनाको असर देखिएकाले कोहलपुर नगरपालिकाले जारी गरेको निषेधाज्ञाले सबैभन्दा बढी कारोबार हुने तीज पर्वमा समेत सुन बजार प्रभावित भएको विश्वकर्माको भनाई छ ।

यो अवधिमा सुन बजारले अर्बको बराबरको घाटा बेहोरेको छ । लकडाउन भएको अवधिभरी केही सुन व्यवसायी पलायन हुनुपर्ने अवस्था आएको उनले बताए । विश्वकर्माका अनुसार लकडाउन अवधिभर धेरै कालिगढहरुले रोजगारी समेत गुमाउनु परेको छ । कारोबार गर्न नपाए पछि व्यवसायीको घरभाडा, बैंकको ब्याज, कर्मचारी खर्च र परिवार खर्च लगायतको खर्च बेहोर्न मुस्किल परेको छ । सुनको कारोबार मासिक रुपमा १० करोड रुपैँयाँ बराबरको कारोबार हुँदै आएको छ । लकडाउनको अवधिमा सुन तथा चाँदीको कारोबारमा अर्ब बराबरको क्षति भएको संस्थापक अध्यक्ष विश्वकर्माले बताए ।

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

कोहलपुरमा सुन तथा चाँदीको बजार राम्रै थियो । लकडाउनको अवधिमा चाँदीको नयाँ मूल्य निर्धारण भएको छैन । चैत्र महिनामा कायम भएको सुनको भाउ छापावाल ७७ हजार र तेजाबी ७६ हजार ७ सय रहेको छ । चाँदीको भाउ प्रतितोला ७ सय २० रुपैँयाँ रहेको थियो ।

चैत १० गते तोलाको ७७ हजार रुपैयाँमा कारोबार भएको सुन असार मसान्तमा ९२ हजार ८ सय रुपैयाँ पुगेको थियो । हाल स्थानीय बजारमा ९७ हजार १ सयको हाराहारीमा कारोबार भैरहेको छ । उनी भन्छन,–‘एक त दिनदिनै सुनको भाउ बढ्दै गएको छ । अर्काे तिर कोरोनाको सन्त्रासले मानिसहरु घरभन्दा बाहिर खुलेर निस्कन सकेका छैनन् । त्यसैले पनि अहिले मानिसहरुले सुन किन्ने आँट गर्न सकेका छैनन् ।’ उनले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेपछि नेपालमा पनि सुनको भाउ त्यही अनुसारले वृद्धि हुने गरेको बताए ।

यहाँ राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका हरेक प्रकारका गरगहनाहरु बनाईन्छ्न् । कोहलपुरमा अधिकांश कालिगढ भारतबाट आएका छन् । लकडाउन भएपछि उनीहरु पनि आफ्नो घर फर्किए । सुनको कारोबार ठप्प भएपछि सुन पसलमा कार्यरत अधिकांश कालिगढले रोजगारी गुमाए । लकडाउनले भारतीय कालिगढ घर फर्किएकाले अहिले सुनको माग भईहाल्यो भने पनि कालिगढको अभाव हुने उनले बताए । तर माग नै नभएकाले भएकै कालिगढ पनि कामबिहीन भएका छन् ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

अवधी पत्रकार संघको भवनको नक्सांकन गरिएको जग्गालाई संरक्षण गरि छिटटै भवन निमार्णको पहल थालिने-अध्यक्ष मिश्र

Next Post

बाँके जिल्लालाई चालु आर्थिक वर्षभित्र साक्षर जिल्लाको रुपमा घोषणा गर्ने तयारी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
Next Post

बाँके जिल्लालाई चालु आर्थिक वर्षभित्र साक्षर जिल्लाको रुपमा घोषणा गर्ने तयारी

उत्कृष्ट कार्य सम्पादन गरे वाफत प्रहरी निरीक्षक खत्री सम्मानित

नेपालगन्ज: विभिन्न स्थानमा मुर्ति निर्माण कार्य अन्तिम चरणमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?