ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

राजधानीबाट प्रकाशित हुने पत्रपत्रिकाले आज छापेका प्रमुख समाचार

जावेद अन्सारी by जावेद अन्सारी
६:३३ बिहान, भदौ २०, २०७६
377
सेयर
377
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता

काठमाडौं भदौ २० गते । डेंगुको बढ्दो प्रकोप, गौरवका आयोजनाको प्रगति, भीआईपी क्षेत्रको भवन निर्माण मापदण्डलगायत विषय आजका दैनिक पत्रिकाहरूको ‘हेडलाइन’ बनेको छ ।

सरकारले गठन गरेको महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षासम्बन्धी सुझाव तथा सिफारिस समितिले अति विशिष्ट (भीभीआईपी) र विशिष्ट व्यक्ति (भीआईपी) का कार्यालय तथा निवास क्षेत्र आसापास व्यापार व्यवसाय प्रयोजनका अग्ला भवन निर्माणमा अंकुश लगाउन सिफारिस गरेकोलाई कान्तिपुरले आज प्राथमिकताका साथ ‘कभरेज’ गरेको छ । भीभीआईपी र भीआईपी क्षेत्रमा बनेका कतिपय भवनलाई लिएर विवाद भइरहेका बेला यस्तो प्रस्ताव आएको हो ।

आतंककारी समूहबाट हुन सक्ने अवाञ्छित गतिविधिको जोखिम औंल्याउँदै समितिले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत अतिविशिष्ट व्यक्तिका कार्यालय तथा निवास आसपास क्षेत्रमा भवन निर्माण गर्दा जिल्ला सुरक्षा समितिको स्वीकृति लिनुपर्ने प्रावधान राख्न पनि सिफारिस गरेको समाचारमा उल्लेख छ ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

कान्तिपुरका अनुसार गृह मन्त्रालयद्वारा गठित उक्त समितिको प्रतिवेदनमा नेपाल अन्तर्राष्ट्रिय आतंककारी तथा संगठित आपराधिक समूहबाट हुनसक्ने आक्रमणको उच्च जोखिममा रहेको औंल्याइएको छ ।

काबुल रहेका नेपालीले सरकारसमक्ष गरको याचनालाई पनि कान्तिपुरले आज प्राथमिकताका साथ पहिलो पृष्ठमा समेटेको छ । समाचार अनुसार दुई नेपाली सुरक्षाकर्मीसहित १६ जनाको ज्यान लिनेगरी भएको तालीवानी आक्रमणपछि बढ्दो असुरक्षालाई लिएर त्यहाँ कार्यरत नेपषलीले सुरक्षित ठाउँमा स्थानान्तरण गर्न वा घर फर्काउन माग गरेका छन् ।

डेंगु प्रकोपबारेको समाचारलाई कान्तिपुरले दोस्रो पृष्ठमा छापेको छ । देशैभरि फैलिएको डेंगुबाट कृषिमन्त्री र दुई चिकित्सकसहित १३ स्वास्थ्यकर्मी संक्रमित भएको समाचारमा लेखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका २ चिकित्सकसहित ११ जना, नेपाल जनस्वास्थ्य प्रयोगशालाका २ र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका एक स्वास्थ्यकर्मीलाई डेंगु संक्रमण भएको हो । डेंगुको संक्रमण भएपछि कृषिमन्त्री खनाललाई आईसीयूमा राखेर उपचार भइरहेको छ ।

ADVERTISEMENT

राजधानीले पनि डेंगु प्रकोपकै विषयलाई मुख्य समाचार बनाएकाे छ । समाचार अनुसार, डेंगु देखापरेको ५० दिनमा २९०८ संक्रिमत बनिसकेका छन् ।काठमाडौं नै उच्च जोखिममा रहेको उल्लेख गर्दै उसले नियन्त्रण प्रभावकारी नभए भयावह रुप लिने खतरा औंल्याएको छ ।

अन्नपूर्णले प्रदेश १ मा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाका प्रगतिबारे नजर लगाएको छ । अन्नपूर्णका अनुसार प्रदेश १ मा सञ्चालित हुलाकी राजमार्गदेखि मध्यपहाडी लोकमार्गसम्मले गति लिन सकेका छैनन् ।

त्यस्तै विपन्न मुसहरको कथा र डेंगु संक्रमित कृषि मन्त्री चक्रपाणि खनालको समाचार पनि अन्नपूर्णको पहिलो पृष्ठमा पढ्न सकिन्छ ।

म्यानपावरको लाइसेन्स खारेजी, सार्वजनिक जग्गा दुरुपयोगलगायत विषय नागरिकले पहिलो पृष्ठमा उठाएको छ । सरकारी मुखपत्र गोरखापत्रमा ई–बैंकिङ सेवाले थपेको चुनौतीदेखि डेंगु संक्रमणले राजधानीका अस्पतालमा भीड लागेकोसम्मका खबर छापेको छ ।

Share151Tweet94SendShare
Previous Post

प्रदेश नम्बर पाँचमा डेंगुका विरामी बढ्दै, बाँकेमा उच्च सतर्कता

Next Post

एसिड प्रहारबाट घाइते बालिकालाई सांसद यादवको सहयोगमा काठमाण्डौ पठाइयो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
Next Post

एसिड प्रहारबाट घाइते बालिकालाई सांसद यादवको सहयोगमा काठमाण्डौ पठाइयो

मोहर्रम पर्वको छैठौ दिन आज मेहंदी जुलुस

उपमेयर युनिसेफ टोली भेटघाट

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?