ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

प्रधानमन्त्री ओलीको मोदीलाई सन्देश – ‘सीमा समस्या वार्ताबाट समाधान गरौँ’

जावेद अन्सारी by जावेद अन्सारी
११:१२ बिहान, मंसिर १२, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

काठमाण्डौ मंसिर १२ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतसँगको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउँदै सीमालगायत सबै द्विपक्षीय समस्याका विषय वार्ताका माध्यमबाट समाधान गर्न नेपाल तत्पर रहेको सन्देश भारतीय पक्षलाई दिनुभएको छ ।

आफूसँग बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटका लागि आउनुभएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गलासँगको कुराकानीमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पुर्याइदिन आग्रह गर्नुभयो ।

भेटको सुरुमै सचिव श्रृङ्गलाले आफ्ना प्रधानमन्त्री मोदीको दुई देशबीचको आपसी सम्बन्धलाई ‘राम्रो’ बनाएर अगाडि लैजान चाहेको सन्देश प्रधानमन्त्रीलाई सुनाउनुभएको प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराईले जानकारी दिनुभयो ।

दुवै देशका प्रधानमन्त्रिस्तरका सकारात्मक सन्देश आदानप्रदानले सीमा विवादलगायत विषयमा आउँदो दिनमा वार्ता र छलफल तथा आपसी उच्चस्तरीय भ्रमणको आदानप्रदान हुने वातावरण सिर्जना भएको छ । सल्लाहकार डा भट्टराईका अनुसार भेटमा प्रधानमन्त्री ओलीले भन्नुभएको थियो, ‘हामी दुई देशबीचको आपसी र बहुआयामिक सम्बन्धलाई एक्काइसौँ शताब्दीअनुकूल तथा युगसुहाउँदो हिसाबले थप गतिशील र सुमधुर बनाउन चाहन्छौँ ।’

सम्बन्धित समाचार

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

सीमालगायत विवादित विषयमा वार्ताका माध्यमबाट शान्तिपूर्णरुपमा समस्याको समाधान गर्नुपर्छ भन्नेमा आफूहरु स्पष्ट भएको प्रधानमन्त्री ओलीले बताउनु भएको थियो । भारतको गएको स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई टेलिफोन गरी शुभकामना दिनुभएको थियो । वार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले आफूले नेपालमा विशेष दूत पठाउने जनाउनुभएको थियो ।

प्रधानमन्त्री ओलीले सचिव हर्षवर्धनसँगको भेटमा आपसी विवादका विषय समाधान भएपछि सम्बन्धमा नयाँ उचाइ प्राप्त हुने विश्वास व्यक्त गर्दै नेपालको भूभाग कुनै पनि छिमेकीको हितविरुद्ध प्रयोग हुन नदिनेमा नेपाल स्पष्ट रहेको अवगत गराउनुभयो । नेपाल तटस्थ रही कसैको पनि ‘कार्ड’ का रुपमा प्रयोग नहुने उहाँले जनाउनुभएको थियो ।

भारतले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो नयाँ राजनीतिक नक्शामा समावेश गरेपछि नेपालले आपत्ति जनाउँदै आफ्नो भूमिलाई समेटेर नयाँ नक्शा जारी गरी त्यसलाई सङ्घीय संसदबाट पारित गरेर संविधानको अनुसूचीमा समावेश गरेको थियो ।

ADVERTISEMENT

त्यसपछि दुई देशबीच औपचारिक वार्ता नभएका स्थितिमा पछिल्ला समयमा भारतीय पक्षबाट नेपालका भएका विभिन्न भ्रमण र भेटवार्ताले वातावरण थप सहज हुँदै गएको छ । सचिव श्रृङ्गलाभन्दा अघि गएकाे महिना भारतीय प्रधानमन्त्री मोदीका विशेष दूतका रुपमा गुप्तचर संस्थाका प्रमुख सामन्तकुमार गोयल र भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले नेपाल भ्रमण गर्नुभएको थियो ।

सचिव श्रृङ्गलाले दुई देशबीचको सम्बन्धलाई थप सकारात्मक बनाउँदै परिणामूलक बनाउन पहल गर्ने विश्वास दिलाउनुभएको थियो । बिहीबार नै नेपाल आउनुभएका सचिव शृङ्गलाले यसअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शिष्टाचार भेट गर्नुभएको थियो भने दुई देशका परराष्ट्र सचिवस्तरीय औपचारिक वार्ताको नेतृत्व गर्नुभएको थियो ।
राससबाट

Share147Tweet92SendShare
Previous Post

किशोरीलाई संचार शीप तालिम

Next Post

भारतमा ‘निवार’ नामक तुफानका कारण पाँच जनाको ज्यान गयो : तामिलनाडुमा ठूलो पानी पर्ने सम्भावना

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
दुर्घटना

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

१२:०३ मध्यान्ह, असार २६, २०८३
भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन
मुख्य समाचार

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

१२:५८ बिहान, असार २६, २०८३
बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम
मुख्य समाचार

बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

१२:४८ बिहान, असार २६, २०८३
नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?
मुख्य समाचार

नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?

१०:०० बिहान, असार २५, २०८३
बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु
कृषि

पर्याप्त वर्षा नहुँदा बाँकेमा ३५ प्रतिशत मात्र धान रोपाइँ

७:५० बिहान, असार २४, २०८३
नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा
अपराध

घुससहित वन अधिकृत पक्राउ

२:२७ बिहान, असार २४, २०८३
राप्ती नदीमा नयाँ पुलको काम तीव्र, सबै पिल्लर निर्माण सकियो
मुख्य समाचार

राप्ती नदीमा नयाँ पुलको काम तीव्र, सबै पिल्लर निर्माण सकियो

४:५३ बिहान, असार २३, २०८३
फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार
मुख्य समाचार

फत्तेबाल आँखा अस्पतालबाट ११ महिनामा ९८ हजारभन्दा बढी बिरामीले लिए सेवा

४:३० बिहान, असार २३, २०८३
Next Post

भारतमा 'निवार' नामक तुफानका कारण पाँच जनाको ज्यान गयो : तामिलनाडुमा ठूलो पानी पर्ने सम्भावना

सातै प्रदेशमा प्रदर्शन गर्ने मोहन वैद्यको घोषणा

कृषकहरुलाई च्याउँको बिउ बितरण गदै बैजनाथ गाउँपालिको कृषी शाखा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?