ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

केबीसीमा एक करोड जितेपछि कति परिवर्तन भयो महिला शिक्षिकाको जीवन ?

जावेद अन्सारी by जावेद अन्सारी
११:२३ बिहान, मंसिर १४, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

काठमाडौं मंसिर १४ गते ।
भारतको छत्तिसगढको बस्तरको चर्चा साधारणतया हिंसाका लागि हुन्छ तर आजकाल कौन बनेगा करोडपति (केबीसी) को १२ औं संस्करणमा करोडपति बन्ने अनूपा दासका कारण बस्तर चर्चामा छ ।

अनूपा दास भन्छिन्, ‘म पछिल्लो २० वर्षदेखि कुनै प्रतिरोगी झैं कौन बनेगा करोडपतिको तयारी गरिरहेकी थिएँ र म केबीसीमा पुगिनँ मात्र, मैले एक करोड रुपैयाँ जिते पनि । यो एक तरिकाले मेरो सपना जीवन्त भएको क्षण हो ।’

बस्तरको एक स्कूलमा शिक्षिका पदमा कार्यरत अनूपा दास केबीसीको १२ औं संस्करणमा एक करोड रुपैयाँ जित्ने तेस्रो महिला सहभागी हुन् ।

यसअघि केबीसीको १२ औं संस्करणमा दिल्लीको नाजिया नसिमको हिमाचल प्रदेशको कांगडामा बस्ने आइपीएस महिला मोहिता शर्माले एक करोड जितेकी छिन् ।

सम्बन्धित समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

बस्तर जिल्लाको मुख्यालय जगदलपुरमा हुर्किएकी ४२ वर्षीया अनूपा दास वाल्यकालदेखि नै पढ्न–लेख्नमा कुशल थिइन् । उनको घर नजिकै विद्यालय थियो र नजिकै पुस्तकालय पनि जहाँ उनी धेरैजसो जाने गर्थिन् ।

अनूपाले भौतिक विज्ञानमा स्नातकोत्तर गरेकी छिन् र पछिल्लो १३ वर्षदेखि एक उच्च माध्यमिक विद्यालयमा भौतिक विज्ञानको शिक्षिकाको रुपमा काम गरिरहेकी छिन् ।

उनका पिता दिनेश चन्द्र दास ज्योतिषाचार्य हुन् र आमा सरस्वती दास केही समय अघि बैंकबाट अवकाश भएकी छिन् ।

ADVERTISEMENT

जगदलपुरमा आफ्ना आमाबुवासँग बस्ने तीन दिदी बहिनीमध्ये जेठी अनूपाले सुरुमा लोकसेवा परीक्षाको तयारी गरेकी थिइन् तर त्यसमा आफू सफल हुन नसकेको बताइन् ।

उनी भन्छिन्, ‘शिक्षिकाको पेशा मेरा लागि निकै सम्मानजनक थियो । यसबाहेक मलाई बच्चामा गहिरो लगाव छ । त्यसैले मैले शिक्षकको रुपमा काम गर्न सुरु गरेँ ।’

सन् २००९ मा अनूपा दासको विवाह भयो तर महिना दिनभित्रै उनको विवाह टुट्यो ।

अनूपा भन्छिन्, ‘त्यो मेरो निकै भयानक अनुभव थियो । त्यतिबेला मैले निकै कम व्यक्तिको सहारा पाएँ । म र मेरो परिवारलाई नै कठघरामा उभ्याउने कोसिस गरियो । मेरा आमाबुवा, परिवारका अन्य सदस्य र स्कूलका बच्चाका कारण म पुनः सामान्य जीवनमा फर्कन सकेँ । मैले बुझेँ कि विवाहबाहेक पनि जीवन हुन्छ । त्यो भयानक स्थितीमा म बाँचे र थुप्रै कठिन परीक्षा दिएँ । सायद त्यहि परीक्षाले नै मलाई केबीसीसम्म पुर्यायो र जित्ने हौसला दियो ।’

उनका अनुसार लोकसेवा परीक्षाको तयारीका बेला नै केबीसीमा उनको थप झुकाव भयो र उनले यसका लागि कडा मिहिनेत गरिन् ।

अनूपाका अनुसार जब केबीसीका लागि उनको चयन भयो तब पूरा घर खुसीले भरियो । पिताले उनको चयनले नै आफूहरुलाई करोडपति बनाइदिएको बताए । तर चयन पछि हट सीटसम्म पुग्न त्यति सहज थिएन ।

प्रतियोगीतामा आफ्नो पालोका लागि अनूपा दासले दुई दिनसम्म प्रतिक्षा गर्नुपर्यो ।

उनी भन्छिन्, ‘म केबीसीको तयारी पछिल्लो २० वर्षदेखि गरिरहेकी थिएँ तर दुई दिनको यो प्रतिक्षा ती २० वर्षभन्दा पनि भारी रहे ।’

अमिताभ बच्चनसँग हट सिटमा पुग्नु अघि फास्टेस्ट फिंगर राउन्डको पहिलो चरणमा अनूपा दोस्रो स्थानमा रहिन् र दोस्रो चरणमा त उनको उत्तर नै गलत भयो ।

उनी भन्छिन्, ‘दोस्रो चरणपछि जो प्रतिरोगी हट सिटमा पुगेकी थिइन्, उनले प्रश्नको जवाफ दिन निकै समय लगाइरहेकी थिइन् । उनी लामो कुराकानी गरिरहेकी थिइन् र मलाई हाम्रो अवसर कतै कम हुने हो कि भन्ने लागिरहेको थियो । थर्ड फास्टेस्ट फिंगर राउन्डमा म त टाउको झुकाएरै बसिरहेकी थिएँ तर जब अमित जीले मेरो नाम बोलाउनुभयो त्यसपछि मात्रै मैले माथि हेरेँ । मलाई साँच्चै नै विश्वास नै लागिरहेको थिएन ।’

अनूपा दासले अमिताभ बच्चनको प्रश्नको लगातार सही जवाफ दिइन् तर १० औं प्रश्नको उत्तरमा उनले पहिलो पटक दुई लाइफलाइनको उपयोग गर्नुपर्यो ।

एक करोड रुपैयाँ जितेपछि जब उनलाई सात करोडको प्रश्न सोधियो तब उनले सही जवाफका लागि आशंका जताउँदै खेल छोड्ने विकल्प छानिन् ।

उनी भन्छिन्, ‘सात करोडको प्रश्नमा कुनै अफसोस छैन । मैले जुन जवाफ सोचेकी थिएँ त्यो नै सही जवाफ थियो । यो कुराका लागि अलिकति पनि नराम्रो लागेको छैन । म थोरै हडबडी गर्छु । तर पूरा शो मैले निकै शान्तिपूर्वक खेलेँ । सात करोडको प्रश्नको जवाफ मैले सोचेकी थिएँ तर म यसमा निश्चिन्त थिइनँ । तसर्थ मैले शो क्विट गर्ने निर्णय गरेँ ।’

अनूपा भन्छिन्, ‘कार्यक्रमपछि मलाई धेरै मानिसहरुले सात करोड रुपैयाँको प्रश्नको जवाफ दिनुपर्दथ्यो भन्नु भयो । तर मलाई पटक पटक के लागिरहेको थियो भने एक करोडबाट सात करोडबीचको दुरी त निकै कम छ त एक करोड र तीन लाख २० हजार रुपैयाँबीचको दुरी निकै धेरै छ । जुन कुरा मैले पाउन सकिनँ त्यसको दुःख भन्दा गुमाउनुको पीडा असाध्यै धेरै लाग्न सक्थ्यो । यो दुःखका लागि म तयार थिइनँ । मलाई के कुरा खुसी लाग्यो भने मैले जुन उत्तर सोचेकी थिएँ त्यो सही निस्कियो ।’

केबीसीको सुटिङबाट बस्तर फिर्ता भएपछि अनूपा पित्तथैलीको क्यान्सरसँग जुधिरहेकी आफ्नी आमाको उपचारका लागि मुम्बई फर्किसकेकी छिन् ।

उनी आफ्ना विद्यालयका अध्ययनरत गरिब विद्यार्थीको मद्दत गर्न चाहन्छिन् । उनीहरुलाई पढाउनु र उनीहरुसँग समय बिताउन उनलाई असाध्यै रमाइलो लाग्छ । तर हाल उनी आफ्नो पूरा ध्यान आमाको उपचारमा लगाइरहेकी छिन् । – बीबीसी

Share147Tweet92SendShare
Previous Post

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानमा

Next Post

२१ सदस्यीय टोलीसहित चिनियाँ रक्षामन्त्री आज आउँदै

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
Next Post

२१ सदस्यीय टोलीसहित चिनियाँ रक्षामन्त्री आज आउँदै

राप्तीसोनारीमा १५ शैयाको अस्पताल सन्चालन

नेपालगन्जको गेष्टहाउसबाट ब्राउनसुगर सहित एकजना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?