ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

आदिम ‘इन्नोभेसन स्टार्टअप फण्ड’ स्थापना उत्कृष्ट इन्नोभेसनलाई १० लाख रुपैयाँ सम्म दिइने

News Desk by News Desk
५:१८ मध्यान्ह, फाल्गुन १७, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

काठमाडौं फागुन १७ गते ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आदिम कलेजले ‘आदिम इन्नोभेसन स्टार्टअप फण्ड’ स्थापना गरेको छ । आइतबार होटल हिमालयमा एक विशेष कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय आविश्कार केन्द«का प्रमुख महाविर पुनको विशेष उपस्थितीमा स्टार्टअप फण्डको घोषणा गरिएको हो ।

कलेजले ब्याच्लर्स अफ कम्प्युटर एप्लिकेशन (बिसिए) अन्तिम वर्षका विद्यार्थीहरुलाई लक्षित गरेर १० लाख रूपैयाँ बराबरको आदिम इन्नोभेसन स्टार्टअप फण्ड स्थापना गरेको छ । पत्रकार सम्मेलनमा फण्डको बारेमा जानकारी दिदै कलेजका प्रिन्सिपल शंकर प्रसाद शर्माले विद्यार्थीहरुलाई स्वदेशमै सम्भावना र अवसर सृजना गर्दै उद्यमशिलता फण्डको सुरुवात गरिएको जानकारी दिए ।
कार्यक्रममा सम्वोधन गर्दै महाविर पुनले यो सुरुवात नेपालको कलेजहरुमा पहिलोपटक भएको भन्दै यसले अब इन्नोभेसन र उद्यमशिलताको संस्कृती विकास गर्ने बताए । पुनले भने “ १० लाख रुपैया सुरुवात भएपनि यसले अन्य सयँौैलाई यस क्षेत्रमा कृयाशिल हुन प्रोत्साहन गर्नेछ ।”

यसैगरी कार्यक्रमका प्रमुख अतिथी प्रा.डा. शुवर्ण शाक्यले विद्यार्थीले आइडिया र इन्नोभेसनमा काम गर्ने हो, यसर्थ ‘आदिम इन्नोभेसन स्टार्टअप फण्ड’ नेपालको शैक्षिक क्षेत्रमा उद्यमशिलतालाई प्रवद्धन गर्ने नयाँ आयाम हुने कुरामा विश्वास व्यक्त गरे । यो फण्ड पूर्ण वा आंशिक रूपमा विद्यार्थीको उत्कृष्ट इन्नोभेटिभ प्रडक्ट वा प्रोजेक्टलाई प्रदान गरिनेछ । फण्ड आवश्यक डिभाइस, सफ्टवेयर र कार्यालय सेटअपमा खर्च गर्न सकिनेछ भने डेभलपरलाई पारिश्रमिक दिन पनि खर्च गर्न सकिने कलेजले जनाएको छ ।
कलेजका अनुसार विद्यार्थीहरु बीचमा उद्यमशीलताको स्किलसेटलाई बढवा दिन र रोजगारी खोज्ने भन्दा पनि रोजगारी दिने माइन्डसेट विकास गर्न यो फण्ड स्थापना गरिएको हो ।

यो फण्डले अध्ययनसँगै उद्यमशिलताको विकास गर्न महत्वपुर्ण सघाँउ पुग्नेछ । फण्ड घोषणाको विशेष कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालयका आइटी कार्यक्रम निर्देशक नवराज पौडेलले ‘आदिम इन्नोभेसन स्टार्टअप फण्ड’ नेपालको शिक्षा क्षेत्रमा उदाहरणिय प्रयास भएको बताए । इन्नोभेटिभ आइडिया तथा कन्सेप्टलाई वास्तविकतामा उतार्न फण्डले सहयोग गर्नेछ । फण्डलाई प्रडक्टको ब्राण्डिङ र मार्केटिङमा समेत खर्च गर्न सकिने छ । फण्डले उद्यमशीलताको यात्रा शुरू गर्न विद्यार्थीहरुलाई प्रेरित गर्ने विश्वास लिएको प्रिन्सिपल शर्माले बताए ।

सम्बन्धित समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

कार्यक्रममा आइटी इन्डस्ट्री तथा एकेडेमियाको सहकार्यको विषयमा प्यानल डिस्कसन समेत सञ्चालन भएको थियो । प्यानल सेसनमा योमरी ग्रुपका अध्यक्ष दिपेश प्रधान, गुर्जु टेक्नोलोजिजका सह संस्थापक गणेश कुवर, क्लाउड फ्याक्ट्रीका सिनियर इन्जिनियरिङ म्यानेजर विष्णु सुवेदी र आदिम नेशनल कलेजका प्रिन्सिपल शंकर प्रसाद शर्माको सहभागिता रहेको थियो । कोटिभिटीका सिनियर इन्जिनियरिङ म्यानेजर मुकेश सिंहले सञ्चालन गरेको प्यानल डिस्कसनमा आइटी इन्डस्ट्रीको लागि कलेजहरुको सहकार्यसँगै रिसर्च र इन्नोभेसनमा जोड दिनुपर्ने वक्ताहरुले बताए ।

आदिम कलेजले ब्याचलरमा बीसीए, बीबीएस, बीएसडब्लुका साथसाथै प्लस टु लेभलमा साइन्स, म्यानेजमेन्ट विषय पढाइरहेको छ । चाबहिल काठमाडौंमा रहेको कलेजले विद्यार्थीहरुलाई कोर्सको अध्ययनसँगै व्यवहारिक ज्ञानमा जोड दिएको छ भने र प्रथम समेस्टरदेखि नै प्रोजेक्टहरु समावेश गर्दै आइरहेको छ ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

म्यानमारमा प्रहरीको गोली लागेर एकै दिन १८ आन्दोलनकारीको मृत्यु

Next Post

राजापुर र बारबर्दियाका कोभिड प्रभावित २४१ परिवारलाई प्रिपेड कार्ड मार्फत सहयोग वितरण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
Next Post

राजापुर र बारबर्दियाका कोभिड प्रभावित २४१ परिवारलाई प्रिपेड कार्ड मार्फत सहयोग वितरण

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

मुश्किलले हारबाट जोगियो रियल मड्रिड

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?