ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बर्दियामा नवनिर्मित सामुदायिक भवन उद्घाटनसंगै हस्तान्तरण

News Desk by News Desk
९:५४ मध्यान्ह, जेष्ठ ३१, २०७८
386
सेयर
386
VIEWS
ShareTweetSendShare

बर्दिया जेठ ३१ गते ।
बर्दियाको राजापुर नगरपालिका वडा नम्बर–९ मा नवनिर्मित सामुदायिक भवन उद्घाटनसंगै हस्तान्तरण गरिएकोछ ।
सोमबार एक कार्यक्रमकाबीच निर्माण सम्पन्न भएको उक्त सामुदायिक भवन उद्घाटनपछि हस्तान्तरण गरिएको हो ।

राजापुर नगरपालिका वडा नम्बर–९ का वडाअध्यक्ष विष्णुप्रसाद थारुले सामुदायिक भवन उद्घाटनपछि वनियापुर गाउँसमाजका बडघर सुरज थारुलाई भवनको साचो हस्तान्तरण गरे ।
उद्घाटन शत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडाअध्यक्ष थारुले बहुउपयोगी भवन निर्माण गरिएको बताउँदै गाउँसमाजका बैठक, छलफल लगायतका काममा यसको बृहत्तर प्रयोग हुनेमा विश्वास ब्यक्त गरे ।

उनले समाजका लागि भवन निर्माण गर्न जग्गा उपलब्ध गराउने जग्गादाता केशव देवकोटा लगायतलाई धन्यबाद समेत दिए ।
उनले भने–‘समाजका लागि आवश्यक भवन निर्माणका लागि जग्गा दान गर्ने दाताप्रति आभार प्रकट गर्दछु । निषेधाज्ञाका कारण उहाँको उपस्थिती हुन सकेन । उहाँलाई पछि सम्मानको कार्यक्रम गर्नेछौं ।

आगामी दिनमा यस्तै खाले साथ र सहयोगको अपेक्षा गर्छु ।’ वडाअध्यक्ष थारुले अगाडी थपे–‘वडाको समन्नुत विकासका लागि वडा कार्यालय तथा जनप्रतिनिधीले मात्र गरेर हुँदैन यसमा आम नागरिकको साथ र सहयोग भए वडाको विकासमा टेवा पुग्छ । त्यो यो भवन निर्माणले पुष्टि गरेकोछ ।’

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

उनले भवन निर्माणका लागि सुरुदेखिनै पैरवी गर्दै आएका तथा भवनका लागि जग्गा उपलब्ध गराउनेमा समन्वयकारी भूमिका खेलेका वडा सदस्य एवम वनियाँ गाउँ समाजका सचिव रविन्द्र मल्ललाई समेत आभार प्रकट गरे ।
वडा अध्यक्ष थारुले भवन निर्माण सम्पन्न भएपनि रङ्गरोगन र शौचालय निर्माण हुननसकेकोले टोलबस्ती योजनाबाट आगामी वर्ष बजेट विनियोजन गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

‘यो हाम्रो सार्वजनिक सम्पत्ति हो । यसको बृहत्तररुपमा प्रयोग हुनेछ ।’ नवनिर्मित सामुदायिक भवनको साचो बुझ्दै बनियापुर गाउँ समाजका बड्घर सुरज थारुले भने समाजमा बैठक बस्दा, कुनै विषयमा छलफल गर्दा समस्या हुने गरेकोमा यो भवनले त्यो समस्या हटाएकोछ । दश धुर जग्गामा निर्माण भएको २ कोठा र एक हलसहितको भवन निर्माणका लागि राजापुर नगरपालिका वडा नम्बर ९ वडा कार्यालयले बजेट प्रदान गरेको थियो ।

वडा कार्यालयबाट प्राप्त २० लाख २० हजार रकम र बाँकी करिब साढे तीन लाख श्रमदानबाट उक्त भवन निर्माण गरिएको वनियाँ गाउँ समाजका सचिव एवम वडा सदस्य रविन्द्र मल्लले जानकारी दिए ।
उनका अनुसार २०७५ सालदेखि भवन निर्माण सुरु गरि ३ वर्षमा निमार्ण कार्य सम्पन्न गरिएकोछ । वडाले पहिलो वर्ष ५ लाख, दोस्रो वर्ष ६ लाख ५० हजार र तेस्रो वर्ष ९ लाख २० हजार बजेट प्रदान गरेको थियो ।

ADVERTISEMENT

वडा कार्यालयबाट प्रदान गरिएको बजेट बाहेक साढे तीन लाखको श्रमदानबाट भवन निर्माण सम्पन्न भएकोछ । वनियापुर सामुदायिक भवन निर्माण समितकी अध्यक्ष सुन्दरी थारुका अनुसार नवनिर्मित भवनमा एउटा कार्यालय प्रयोजनका लागि कोठा, एउटा स्टोर रुम र छलफल, बैठकका लागि हल छ ।

गाँउका आमा समुह, स्वयमसेविका, महिलाका विभिन्न समुह लगायतको बैठक, छलफल तथा विभिन्न कार्यक्रमका लागि यो भवन उपयोगी हुने भवन निर्माण समितिका अध्यक्ष सुन्दरीले बताइन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– ६ बस्ने स्वर्गीय टिकाराम देवकोटाको सम्झनामा उनका छोरा केशव देवकोटाले १० धुर जग्गा निःशुल्क प्रदान गरेका हुन् ।

Share154Tweet97SendShare
Previous Post

बाँकेमा बिपद पुर्बतयारी, १ लाख ५० हजार मानिस जोखिममा

Next Post

पानीले देशका विभिन्न नदी र खोलामा बाढी बढ्यो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
Next Post

पानीले देशका विभिन्न नदी र खोलामा बाढी बढ्यो

भेरी अस्पतालको ओपीडि सेवा आजदेखि पुनः सुरु

सुदूरपश्चिमको बजेट आज आउने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?