बाँके भदौ १ गते ।
अखिल महिला संघ (क्रान्तिकारी) बाँके गठन गरिएको छ । नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका-४ का सचीव बिन्दा खरेलको अध्यक्षतामा आज बसेको बैठकले मीना घर्तीको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरेको हो ।
यस्तै उपाध्यक्षमा मीना कार्की, सचीवमा आम्ना खातुन हलुवाइ र कोषाध्यक्षमा पम्फा योगी रहनु भएको छ ।यस्तै सदस्यहरुमा लिला मल्ल, कौशल्या वर्नवाल, प्रमिला शाह , अनिता पालिखे, कौशल्यादेबि बर्णवाल, कमला गुप्ता, शर्मिला रोका, बसन्ती परियार, निर्मला बिस्ट, रिंकी सल्मानी, पुष्पा बनिया, सुस्मिता ओली र रिमा चन्द रहनु भएको छ ।
तारा रोकायले संचालन गरेको सो कार्यक्रममा अखिल महिला संघ केन्द्रिय सचिवालयका सदस्य अन्जना चौधरी, नेकपा माओवादी केन्द्र नेपालगन्जका अध्यक्ष डिल्ली बराल, जिल्ला सदस्य बसन्त मल्ल, उषा बिक, माधब डिसी, गणेशा कार्की, मेनका बम, करिस्मा खातुन, मिना डागीलगायतको सहभागीता थियो ।
Discussion about this post