ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

प्रधानमन्त्री ओलीद्धारा : नयाँ संसद भवनको शिलान्यास

जावेद अन्सारी by जावेद अन्सारी
६:४८ मध्यान्ह, अशोज १, २०७६
375
सेयर
375
VIEWS
ShareTweetSendShare

काठमाडौं असोज १ गते । अहिलेसम्म नयाँ बानेश्वरस्थित भाडाको संसद भवनमा बैठक बस्दै आएका संघीय सांसदहरु अबको केही वर्षमा ९ अर्बको भव्य सरकारी भवनमा बस्न पाउने भएका छन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारपरिसरमा १७३ रोपनीमा फैलिएको नयाँ संसद भवनको शिलान्यास गरेका छन् ।

प्रधानमन्त्रीले ओलीले ‘चिठ्ठा तानेर सांसद बनेका बाहेक’ अन्य सांसदहरुले आफ्नै कार्यकालमा नयाँ भवनमा बैठक बस्न पाउने बताए । ‘चिठ्ठा तान्ने सांसद’ भनेर प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा दुईवर्षे कार्यकाल भएका सांसदलाई इंगित गरेका हुन् । यस्तो ‘चिठ्ठा तान्ने सांसद’ को सूचीमा अर्थमन्त्री डा. युवराज खतिवडा पनि पर्छन् ।

संसद भवनको शिलान्यास समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्रीले भने, ‘दुईवर्षको मात्रै चिठ्ठा तान्नेलाई त के भन्नु, नत्र बाँकी माननीयहरु नयाँ संसद भवनमा बैठक बसेर अर्को चुनावमा भोट माग्न जानुहुन्छ ।’
प्रधानमन्त्रीको भाषणको तीर अर्थमन्त्रीतिरै सोझियो भन्ने सबैले बुझिहाले । कार्यक्रममा हाँसोको फोहरा उठ्यो । केहीबेर सबै मन्त्री र सांसहरु हाँसे । अर्थमन्त्री पनि चुप बस्न सकेनन्, हाँसो रोक्न खोज्दाखोज्दै आफैं हाँसे ।

नयाँ संसद भवनको शिलान्यास कार्यक्रममा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, सांसदहरु, कर्मचारी र संवैधानिक निकायका प्रमुखहरुको सहभागिता थियो ।
तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बनाउन लागिएको संसद भवन ५ तलाको हुने सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले जानकारी दिए ।

गेलालका अनुसार १७३ रोपनी ८ आना क्षेत्रफल अर्थात ८८ हजार २ सय ७१ वर्गमिटर जग्गामा भवनका संरचनाहरु निर्माण हुनेछन् ।
परिसरभित्र निर्माण हुने संरचनाहरुमा प्रतिनिधिसभा, भवन, राष्ट्रियसभा भवन, अनि दुबै भवनको वीचमा कमन लबी, अति विशिष्ट व्यक्तिहरुका लागि कार्यालय भवन, पुस्तकालय, संग्रहालय, संसदीय दलको कार्यालय भवन, संसदीय समितिका भवन, संसद सचिवालयको भवन, चमेनागृह, प्रेस, छपाइ भवन, ७ सयवटा चारपांग्रे गाडीहरुको पार्किङ र सुरक्षाकर्मीहरुका लागि भवन रहनेछन् ।

यो निर्माण कार्यको कुल लागत अनुमान ७ अर्ब ७३ करोड ५२ लाख ४ हजार ७ सय ३० रुपैयाँ रहने अनुमान छ । तर, मूल्यवृद्धि लगायत सम्पूर्ण निर्माण कार्यको लागत जोड्दा यसको लागत ९ अर्ब ६० करोड रुपैयाँ हुने गेलालले जानकारी दिए ।
भवनमा प्रतिनिधिसभा र राष्ट्रियसभासहित विभिन्न ११ वटा संरचना तयार हुने महानिर्देशक गेलालले बताए । उनका अनुसार भवनमा प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, कमल कक्ष, अति विशिष्ट व्यक्तिको लागि कार्यालय भवन, पुस्तकालय र सङ्ग्राहालय, संसदीय दलको कार्यालय, संसदीय समितिको भवन, संसदीय सचिवालयको भवन, चमेना गृह, प्रेस/छपाइ र पार्किङ भवन रहनेछन् ।

प्रतिनिधिसभाको क्षमता चार सय व्यक्ति अटाउने ठूलो सभा हल र राष्ट्रियसभामा सयजना अटाउने सभा हल हुनेछ । प्रतिनिधिसभा भवनमा समामुख कक्ष, पत्रकार सम्मेलन कक्ष र अतिविशिष्ट कक्ष, तीन सयजना दर्शक/पत्रकार/आगन्तुक पाहुना अटाउने बालकोनी हल र दुई सय क्षमताको मार्सल कोठासमेत रहने छन् ।
त्यसैगरी राष्ट्रियसभाको भवनमा स्टुडियो कोठा, कन्ट्रोल कोठा, भिडियो र रेकर्ड कोठा रहने छ भने अध्यक्षको कार्यकक्ष, विशिष्ट कक्ष र समिति हल, दुई सय जना अटाउने बालकोनी हल र तीन सयजना क्षमताको बैठक कक्ष तथा मर्मतकक्ष र मार्सल कोठा रहनेछन् ।

महानिर्देशक गेलालका अनुसार भवन परिसरमा भवन क्षेत्र २७ प्रतिशत, खुला हरियाली ४५ प्रतिशत र पार्किङ क्षेत्र २८ प्रतिशत छुट्याइएको छ । भवन परिसरको मूल ढोका दक्षिणतर्फ रहने छ भने सांसदको प्रवेशका लागि उत्तर-पश्चिम ढोका, दक्षिणपूर्वमा कर्मचारी र सर्वसाधारण प्रवेशको व्यवस्था मिलाइने छ । प्रवेशका लागि अति आधुनिक सुरक्षा प्रविधिबाट जाँच गरिने छ ।
काठमाडौँको स्थानीय वास्तुकला झल्कनेखालको बन्ने भवन इन्टरनेशनल स्टे अफ द आर्टका रुपमा डिजाइन गरिएको छ । भवनका डिजाइन आपतकालीन विशेष अवस्थाजस्तै भूकम्प, आगलागीलाई मध्यनगर गरी नेपालको भवन निर्माण सम्बन्धी मापदण्ड अनुसार डिजाइन गरिएको छ ।

भवनमा हरियाली चौर, पानीका फोहरा, सार्वजनिक खुल्ला चौर जस्ता रहनेछन् । दक्षिणतर्फका मुख्य प्रवेशद्वारको बायाँतर्फ संसदको प्रतिनिधिसभा र दायाँतर्फ राष्ट्रियसभा हुने छ ।
संसदीय दल र संसदीय समितिका भवन पाँच तले र अन्य भवन भने तीन तले हुनेछन् । यसैगरी मुख्य संसद् भवनको दायाँतिर तीन तल्लाका दुईवटा ब्लकमा संसदीय सचिवालय भवन रहने छ । प्रतिनिधिसभा भवनको उत्तरतिर चार तलाको पुस्तकालय भवन र दुईतलाका चमेनागृह हुने छन् । चमेना गृहको भूइँ तला सर्वसाधारण र माथिल्लो तला सांसदका लागि छुट्याइने छ ।

राष्ट्रियसभाको भवनको उत्तरतिर चार तलाको अतिविशिष्ट कक्ष निर्माण गरिने विभागले जनाएको छ । संसदीय दलको कार्यालय र संसदीय समितिको भवन पाँच तलाको रहने छ । मुख्य संसद भवनको दायाँतिर उत्तरपूर्वमा पाँच तलाको संसदीय समितिको भवन र उक्त भवनको दायाँतर्फ छापाखाना रहने छ ।
मुख्य भवनको बायाँतर्फ उत्तरकुनामा पाँच तलाको संसदीय दलको कार्यालयको भवन रहने छ । भवन परिसरमा सात सय गाडी पार्किङ गर्ने सकिने छ ।

नयाँ संसद भवनमा ठेकदार कम्पनीले ५ अर्ब ६७ करोड २७ लाख ६१ हजार रुपैयाँमा कवुल गरेको छ । भवन निर्माणको जिम्मेवारी टुण्डी-शेक ज्वाइन्ट भेञ्चर कम्पनीले पाएको छ । टुँडी नेपाली कम्पनी हो भने शेक चाइनिज ठेकदार कम्पनी हो ।
प्रधानमन्त्री ओलीले संसद भवन बनाउन आफू पहिलोपटक प्रधानमन्त्री हुँदा नै चाहेको भए पनि समय अभावका कारण नसकेको बताए । उनले आफूले कार्यभार सम्हालेको २ वर्षमै संसद भवन बनाउन चाहे पनि त्यो पूरा गर्न नसकेको बताए ।

पहिले त समय अभावका कारण सकिनँ, अहिले मैले प्रधानमन्त्री हुने वित्तिकै २ वर्षमा बनाउँछु भनेको थिएँ’ प्रधानमन्त्री ओलीले भने, ‘प्रधानमन्त्री भएको डेढ वर्ष भइसक्यो, २ वर्षमा बन्न सक्ने कुरा नै भएन । जे होस् शिलान्यास त भयो ।

शिलन्यास समारोहका सभापति रहेका शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले प्रधानमन्त्रीको निर्देशक कार्यान्यन हुने प्रतिवद्धता जनाए । ‘प्रधानमन्त्रीज्यूको चाहानाअनुसार नै काम भएको हो, ठाउँ कहाँ बनाउने टुंगो नलाग्दा केहि ढिलाइ भयो’ मन्त्री राईले भने, अब ढिलाइ हुँदैन, जसरी अहिले शिलन्यास भएको छ त्यसरी नै ३ वर्ष नहुँदै संसद भवनको प्रधानमन्त्रीज्यूबाटै उद्घाटन हुने छ ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

नेपाल आइस योगिनी कप फुटबल प्रतियोगिता अविरल वर्षाका कारण प्रभावित

Next Post

लगातारको वर्षाका कारण बाँकेको खजुरा र जानकी गाँउपालिकाका विभिन्न क्षेत्र डुवान

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
Next Post

लगातारको वर्षाका कारण बाँकेको खजुरा र जानकी गाँउपालिकाका विभिन्न क्षेत्र डुवान

प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्दै

तेल प्रशोधन केन्द्रमा भएको आक्रमणमा इरानको संलग्नता : साउदी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?