ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जाजरकोटमा देखिए दादुराका बिरामी

News Desk by News Desk
९:०८ बिहान, भदौ २६, २०७८
368
सेयर
368
VIEWS
ShareTweetSendShare

जाजरकोट भदौ २६ गते ।
जाजरकोटमा दादुराका बिरामी भेटिएका छन् । नेपालले सन् २०१९ भित्र उन्मूलन गर्ने लक्ष्य लिए पनि जाजरकोटको भेरी नगरपालिका–१ रावतगाउँमा दादुराका बिरामी फेला परेका हुन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को सहयोगमा भेरी–१ रावतगाउँमा १८ बालबालिकाको नमुना सङ्कलन गरी जाँच गर्दा थप दुईमा दादुरा सङ्क्रमण पुष्टि भएपछि अवस्था गम्भीर देखिएको भेरी नगरपालिकाको स्वास्थ्य शाखाका दीपक ओलीले बताउनुभयो ।

हिजाे मात्र प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेत, स्वास्थ्य सेवा कार्यालय जाजरकोट र भेरी नगरपालिका स्वास्थ्य शाखाबाट संयुक्तरूपमा स्थलगत अनुगमन गरिएको छ ।

स्वास्थ्य सेवा कार्यालयले बर्सेनि दादुराविरुद्धको खोप लगाउने गरे पनि त्यो अभियान पूरै असफल भएको स्थानीयवासी बताउँछन् । अन्यत्र पनि जाँच नहुँदा थाहा हुन नसके पनि दादुरा सुरुवा रोग भएकाले यसलाई समयमै उच्च सावधानी अपनाउन नसके अवस्था जटिल भएर जाने ओलीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

सन् २०२० मा दादुराका बिरामी ललितपुर, सर्लाही, झापा र धादिङ जिल्लामा पाइएका थिए । यो साढे तीन महिनाको समयमा १२५ दादुराका बिरामी फेला परेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । सन् २०१९ मा देशभर दादुराका बिरामीको सङ्ख्या ४३० थियो ।

खोप रोकिएका कारण आउँदाे दिनमा बालबालिकामा दादुरालगायत क्षयरोग र पोलियोजस्ता रोग बढ्न सक्ने चिकित्सकले चेतावनी दिँदै आएका छन् । अत्यावश्यक सेवा रोक्न त मिल्दैन, तर मानिसहरु बालबालिका लिएर खोप लगाउन आउन नपाउने र गाडी पनि नचलेपछि खोप सेवा बन्द भएकाले समस्या हुँदै आएको चिकित्सकको तर्क छ ।

सरुवा रोगमध्ये पनि निकै चाँडो फैलन सक्ने क्षमता भएको हुँदा दादुरा नियन्त्रणलाई गम्भीरतापूर्वक लिनुपर्ने विज्ञहरू बताउँछन् । दादुराले विशेषगरी पाँच वर्षभन्दा मुनिका बालबालिका र गर्भवतीलाई ग्रस्त बनाउने चिकित्सकको भनाइ छ ।

ADVERTISEMENT

दादुरा आउँदा छालामा रातो फोका देखिने र ज्वरो आउने हुन्छ । दादुराले कहिलेकाहीँ फोक्सो र मस्तिष्कमा सङ्क्रमण भएर जटिलता उत्पन्न गराइदिन सक्छ । केन्द्रीय तथ्याङ्क विभागले सन् २०११ मा गरेको जनगणनाअनुसार नेपालमा चार वर्षसम्मका बालबालिकाको सङ्ख्या २५ लाख ६७ हजार थियो । याे कुल जनसङ्ख्याको करिब १० प्रतिशत हो ।

विकसित देशमा सन् १९६३ बाट प्रयोगमा आएको दादुराको खोप नेपालमा भने सन् १९७९ मा मात्र आएको थियो । सुरुका दिनमा खोप निकै महँगाे मानिने भए पनि अहिले ठूलो परिमाणमा उत्पादन हुने हुँदा मूल्य क्रमिकरूपमा घट्दै गएको जानकारहरू बताउँछन् ।

एक जनालाई एक पटक लगाइने दादुराको खोपको मूल्य एक अमेरिकी डलर जति पर्छ । त्यसमाथि विश्व स्वास्थ्य सङ्गठन र युनिसेफजस्ता संस्थाले त्यस्ता खोपको खरिदमा सहयोग गर्ने हुँदा खर्च कम हुँदै आएको छ । रुघाखोकी, ज्वरो र दाग गराउने यो रोगबाट एमएमआर खोप दुईपटक दिएर जोगिन सकिन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार यहाँ पाँच वर्ष उमेरका ९५ प्रतिशतले पहिलो खेपको खोप लगाएका छन् भने ८७.४ प्रतिशतले दोस्रो खेप लिएका छन् ।

सन् २०१९ मा दादुरा रोगीको सङ्ख्यामा भारी वृद्धि हुँदै पछिल्लो २३ वर्षयताकै अत्यधिक रहेको युनिसेफले आफ्नो बुलेटिनमा बताएको छ । विश्व स्वास्थ्य सङ्गठन र संयुक्त राज्य अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)द्वारा संयुक्तरूपमा प्रकाशित विवरणअनुसार सन् २०१९ मा आठ लाख ६९ हजार ७७० दादुराका बिरामी भेटिएको उल्लेख छ ।

त्यो सङ्ख्या विश्व स्वास्थ्य सङ्गठन कार्यरत सबै क्षेत्रमा गरी सन् १९९६ यता देखिएको सबैभन्दा धेरै हो । सन् २०१६ यता दादुराको कारणले मृत्यु हुनेको सङ्ख्यामा ५० प्रतिशतले वृद्धि भएर सन् २०१९ मा मात्रै अनुमानित दुई लाख सात हजार ५०० को ज्यान गएको उल्लेख छ ।

सन् २०१० देखि २०१६ सम्म विश्वव्यापीरूपमै स्थिर प्रगति देखिएकामा सन् २०१९ सम्म आइपुग्दा दादुराका बिरामीको सङ्ख्यामा वृद्धि भयो । दादुराका कारणले अहिलेसम्मकै थोरै मानिसले ज्यान गुमाएको वर्ष सन् २०१६ को तथ्याङ्कलाई २०१९ को तथ्याङ्कसँग तुलना गर्दा बिरामीको सङ्ख्या र ज्यान गुमाउनेकाे सङ्ख्या बढ्नुको प्रमुख कारण दादुरा रोकथामका लागि आवश्यक खोप (एमसीभी–१ र एमसीभी–२)समयमा दिन नसक्नु भएको उल्लेख छ ।

बितेको शताब्दीमा खोपले करोडौँ मानिसको ज्यान जोगाएको छ । कतिपय देशका स्वास्थ्य विज्ञहरू त्यहाँ खोपप्रति हिचकिचाहट प्रवृत्ति बढ्दो रहेको बताउँछन् । यो प्रवृत्तिप्रति विश्व स्वास्थ्य सङ्गठन चिन्तित छ । खोपको खोज हुनुभन्दा पहिले संसार निकै खतरनाक थियो, जहाँ विविध रोगका कारण दशौँ लाखले ज्यान गुमाइरहन्थे ।रासस

Share147Tweet92SendShare
Previous Post

सप्तऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी मनाइँदै

Next Post

क्रान्तिकारी बिद्रोह गर्नका लागि नै नेकपा एकीकृत समाजवादी पार्टीको स्थापना : माधब नेपाल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
Next Post

क्रान्तिकारी बिद्रोह गर्नका लागि नै नेकपा एकीकृत समाजवादी पार्टीको स्थापना : माधब नेपाल

जानकीमा १५० बढी जसपामा पसे

पश्चिमी भू–भागमा पानी पर्ने सम्भावना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?