बाँके कार्तिक २७ गते ।
नेकपा माओवादी केन्द्र बाँकेका जिल्ला कमिटी सदस्य लड्डन साई सहित १८ जना नेकपा एकीकृत समाजबादीमा प्रवेश गरेका छन् ।
शनिबार नेकपा एकीकृत समाजबादी जानकी गाउँपालिका वडा नम्बर चारको वडा भेलामा साई सहित १८ जना समाजबादीमा प्रवेश गरेका हुन् । साई गयको स्थानीय चुनावमा नेकपा माओवादी केन्द्रबाट वडा सदस्यमा चुनाव लडेका थिए ।
साथै भेलाले लड्डन साईको अध्यक्षतामा १३ सदस्यीय वडा कमिटी समेत गाठन गरेको छ । नव गठित समितिको उपाध्यक्षमा अब्दुल गफार, सचीवमा भरत बिक र सहसचीवमा लक्ष्मि बिक चयन भएका छन् ।
नेकपा एकीकृत समाजबादी जानकी गाउँपालिकाका अध्यक्ष रामवर्ण बर्माको अध्यक्षतामा सप्पन्न भेलामा नेकपा एकीकृत समाजबादी लुम्बिनी प्रदेश सदस्य इन्द्र बहादुर थापा, नेकपा एसका नेताहरु अर्जुन उप्रेती, किशोर थापा, यलियाश बागवान लगायतको उपस्थिति रहेको थियो ।









Discussion about this post