ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

रसुवागढी नाकाबाट आयात वृद्धि

News Desk by News Desk
२:४८ मध्यान्ह, चैत्र ३, २०७८
रसुवागढी नाकाबाट आयात वृद्धि
395
सेयर
392
VIEWS
ShareTweetSendShare

काठमाडौं चैत ३ गते ।
रसुवागढी नाकाबाट नेपाल भित्रने चिनियाँ सामग्रीको आयात वृद्धि भएको छ । आयात बढाउन केही दिनअघि रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच सम्पन्न भर्चुअल बैठकको सहमति अनुसार सामान आयातको परिमाण बढ्न थालेको हो ।

कोभिड–१९ सङ्क्रमणका कारण विगतदेखि घटेको आयात वृद्धि गराई नेपाली बजारको माग आपूर्ति गराउन रसुवाका प्रमुख जिल्ला अधिकारी र सीमाक्षेत्रका चिनियाँ अधिकारीबीच बैठक भएको थियो ।

दैनिक नौ कन्टेनरबाट मात्र आयात भइरहेको माल सामग्री बुधबारदेखि वृद्वि भएर १४ का दरले रसुवागढी आइपुगेको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिए । यो परिमाण निरन्तर रूपले अगाडि बढ्ने बताइएको छ । आयात हुने माल सामग्री आज बिहानै रसुवागढी पुगिसकेको सीमा सुरक्षाकर्मीले जनाएका छन् ।

नेपाली व्यवसायीको माग बमोजिम आयात हुने माल सामानको तुलना गर्दै क्रमिक रूपले दैनिक २५ कन्टेनर रसुवागढी ल्याउन चिनियाँ अधिकारीले प्रतिबद्धता गरिसकेको उनले बताए ।

सम्बन्धित समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

कोरोना सङ्क्रमण पश्चात् सामग्री आयातमा कमि हुँदा निराश बनेका कन्टेनर ढुवानी सेवाका चालक र आयात सामग्री पल्टिगर्ने मजदूरसमेत उत्साहित बनेका छन् । दैनिक १४ चिनियाँ ठूलो कन्टेनरले ल्याएका सामग्री नेपाली २८ कन्टेनरमा पल्टिहुने र ५०÷६० भन्दाबढी मजदूरलेसमेत रोजगारी पाउने बताइएको छ ।

विसं २०७२ को मङ्सिरदेखि केरूङबाट पल्टि गरिँदै आएको चिनियाँ सामग्री कोरोना सङ्क्रमण बढेसँगै मितेरी पुलबाट मानिस आवतजावत् समेत बन्द हुँदा चिनियाँ पक्षले एकतर्फी रूपमा रसुवागढीमै उपलब्ध गराउँदै आएको छ ।

कोरोना सङ्क्रमण पश्चात पहिलो चरणमा तीन दोस्रोमा छ तेस्रोमा नौ वटा हुँदै पछिल्लो समय स्थानीय प्रशासनको मैत्रीबार्ता मार्फत बुधवारदेखि चिनियाँ ठुला १४ कन्टेनरमार्फत चिनियाँ सामग्री रसुवागढी आउन थालेको हो ।

ADVERTISEMENT

चिनियाँ भूभागको ढुवानीकर्ता मुसा ट्रान्सफरका प्रबन्ध निर्देशक झ्याङ्सीपिङले नेपाली व्यवसायीको माग बमोजिम चीनको उत्पादक कम्पनीबाट रसुवागढी सम्म सामग्री ढुवानी कार्यलाई छिटोछरितो गरिरहेको र आगामी दिनमा नेपाल पठाउने सामान ढुवानीमा पहिलो प्राथमिकता दिने बताए ।

उनले चिनियाँ सामग्री नेपाल पठाउन अन्यत्रको मार्ग लामोहुने र रसुवागढीको मार्ग अत्यन्तै सरल एवं छोटो भएका कारण उत्पादित कम्पनीबाट आफ्नो कम्पनीले ढुवानीका लागि जिम्मा लिने सामग्री सुरक्षित पार्न जिलुङ् प्रान्तको केरूङमा आफूले पहिला देखिनै गोदाम तयार गरिराखेको जानकारी दिए।

यसैगरी चिनियाँ सामानको आयात बढाउन रसुवाका प्रजिअको प्रयास स्वागतयोग्य भएको व्यवसायीले जनाएका छन् । व्यवसायी धर्म पौडेलले नेपाल राष्ट्र बैंकको जारी नयाँ नीति बमोजिम लत्ताकपडा, जुत्ता, चप्पल, कस्मेटिक जस्ता वर्गिकृत ४७ प्रकारका सामग्री आयात गर्दा एलसी खोल्नुपर्ने प्रावधानले वर्तमान अवस्थामा आयात कमि भइरहेको बताए।

आयात हुने सामग्रीमा साना तथा ठूला सवारी साधन, नेपालमा सञ्चालित जलविद्युत्का उपकरण, जुत्ता, चप्पल, तयारी पोसाक, इलेक्ट्रोनिक सामग्री, रोलकपडा, थर्मस, बच्चाका खेलौना, ओखर, स्याउ, लसूनसमेतका विविध सामग्री आयात भइरहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।

चीनबाट आयात भएका सामग्रीको मूल्याङ्कनबाट चालु आर्थिक वर्षको गत साउनदेखि फागुन मसान्तसम्म भन्सार शुल्कबापत रू पाँच अर्ब १५ करोड ७७ लाख ३१ हजार राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी भरत अधिकारीले जानकारी दिए ।

प्रमुख भन्सार अधिकृत डा रामप्रसाद मैनालीले चीनबाट आयात भएका सामग्री छिटोछरितो परीक्षण एवं जाँचपास गर्न भन्सार प्रशासन तयार रहेको जानकारी दिए । उनले स्याउ, अदुवा, लसुन जस्ता वस्तुको जाँचपासमा पहिलो प्राथमिकता र अन्य सामानको हकमा क्रमबद्व रूपले छिटोछरितो जाँचपास गरिँदै आएको बताए ।

Share160Tweet98SendShare
Previous Post

मिथिलाको माध्यमिकी परिक्रमा जनकपुर आइपुग्यो

Next Post

सञ्चारिका समुह बाँकेको ५ औं साधारण सभा तथा अधिवेशन सम्पन्न

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
Next Post
सञ्चारिका समुह बाँकेको ५ औं साधारण सभा तथा अधिवेशन सम्पन्न

सञ्चारिका समुह बाँकेको ५ औं साधारण सभा तथा अधिवेशन सम्पन्न

निर्वाचन आयोगले दलहरूसँग छलफल गर्दै

आचार संहितामा राजनीतिक दलका लागि के–के छन् व्यवस्था?

महिला बिच भलिबल प्रतियोगिताको सद्भावना दुतमा शाही र शाक्य

महिला बिच भलिबल प्रतियोगिताको सद्भावना दुतमा शाही र शाक्य

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?