ADVERTISEMENT
  • CoVid19
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बजेटको तयारीमा गण्डकी सरकार, योजना आयोगका पूर्व उपाध्यक्ष र विज्ञबाट लियो सुझाव

News Desk by News Desk
१:२० मध्यान्ह, बैशाख २३, २०७९
बजेटको तयारीमा गण्डकी सरकार, योजना आयोगका पूर्व उपाध्यक्ष र विज्ञबाट लियो सुझाव
381
सेयर
374
VIEWS
ShareTweetSendShare

पोखरा वैशाख २३ गते ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा जुटेको गण्डकी प्रदेश सरकारले राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्षहरुसहित विज्ञसँग वृहत छलफल गरेको छ । अर्थ मन्त्रालयको आयोजनामा बुधबार र बिहीबार दुई दिन आगामी बजेटको कार्यदिशा र त्यसको कार्यान्वयनका बारेमा छलफल भएको हो ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको उपस्थितिमा भएको छलफलमा योजना आयोगका पूर्व उपाध्यक्षहरु डा. जगदीशचन्द्र पोखरेल, दीपेन्द्रबहादुर क्षेत्री, मीनबहादुर श्रेष्ठ, दिनेशचन्द्र देवकोटा लगायत सहभागी थिए ।

छलफलमा सहभागी सबैजसोले संघीयतालाई थप मजबुत बनाउने अनि नागरिकले महसुस गर्नेखालका दीर्घकालीन योजना ल्याउन सुझाव दिएका छन् । नेपालमा योजनाको खाँचो नभए त्यसको कार्यान्वयन पक्षमा समस्या रहेको भन्दै उनीहरुले अबको बजेट उत्पादन केन्द्रित, रोजगारी सिर्जना गर्ने र आयात प्रतिस्थापन गर्ने खालको हुनुपर्ने सुझाए ।

कर्मचारीको व्यवस्थापन अझै हुन नसक्नु, कर्मचारी वर्गले संघीयतालाई आत्मसात गर्न हिच्किचाउनु, संघ सरकारले अधिकार हस्तान्तरण गर्न आनाकानी गर्नु, प्रदेशको आम्दानीको स्रोत अत्यन्तै सिमित हुनु जस्ता चुनौतीबीच पनि प्रदेश सरकारले साढे ४ वर्ष्े पूरा गरेको छ । छलफलमा सहभागीले भनेका छन्, ‘हामीसामू सबैभन्दा ठूलो आयोजना भनेकै संघीयताको सफल कार्यान्वयन हो, ३ तहकै सरकारको प्राथमिकतामा यो पर्नुपर्दछ ।

RELATED POSTS

नेपालगन्ज ४ मा माओवादीबाट गोपाल पुन निर्वाचित

नेपालगन्जमा ५७१६ मतका साथ उपप्रमुखमा राई अगाडी

प्रशान्त र कमरुद्दिनले प्रतिस्पर्धीलाई पछि पार्दै

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विज्ञहरुको सुझाव अनुसार सरकारले बजेट निर्माण गर्ने प्रतिबद्धता जनाउँदै अबको बजेटमा अनुसन्धानलाई प्राथमिकतामा राख्ने बताए । उनले भने, ‘केही डाटा खोज्यो कतै भेटिँदैन, डाटाको अभावमा योजना बनाउन सकिँदैन, अनुसन्धानका लागि सरकारले केही न केही गर्छ ।’

प्रदेशले धेरै समस्या झेल्दै यो अवस्थामा आइपुगेको भन्दै मुख्यमन्त्री पोखरेलले अधिकार हस्तान्तरणमा संघ सरकार अनुदार देखिए पनि प्रदेशले नागरिकले महसुस गर्ने गरी काम गर्नु जरुरी रहेको भनाइ राखे । अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले २ दिनको छलफलबाट सरकारले धेरै नै फिडब्याक पाएको भन्दै अब यसको कार्यान्वयनमा आफूहरु जुट्ने प्रतिबबद्धता जनाए ।

योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलले संघीयताको कार्यान्वयनलाई नै सरकारले प्राथमिकतामा राख्ुनपर्ने सुझाव दिए । उनले भने, ‘बजेटको प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दासम्म आर्थिक हैसियत माथि उकास्न सम्भव छैन ।’ उनले योजना बनाउँदा जनसांख्यिक विवरणलाई विशेष ख्याल गर्न आग्रह गरे । संघीयता कार्यान्वयन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको काम मात्र होइन भन्दै उनले प्रदेश र स्थानीय तहले सशक्तरुपमा आवाज उठाउनुपर्नेमा जोड दिए ।

ADVERTISEMENT

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले प्रदेशको पञ्चवर्षीय योजना निर्माणका क्रममा खासै छलफल नभएको भन्दै चालु योजना कति व्यावहारिक छ भनेर विश्लेषण गर्नुपर्ने बेला आएको भनाइ राखे । उनले बजारको एकाधिकार अन्त्यका लागि प्रत्येक पालिकामा कम्तीमा पनि एक÷एक वटा सुपथ मूल्य पसल खोल्न सुझाव दिए । प्रदेशले मन्त्रालयको संख्या बढाउनुभन्दा पनि ती मन्त्रालयले कति काम गरेर भनेर समीक्षा गर्नुपर्ने मुल्मीले बताए ।

प्रदेश राजधानी पोखरालाई थप सुन्दर र व्यवस्थित सहर बनाउनका लागि प्रदेश सरकारले चासो दिनुपर्ने उनको भनाइ थियो । उनले ८५ वटै पालिकामा स्थानीय उत्पादनको बजारीकरण गरेर प्रदेशको आम्दानीको स्रोत बढाउन उनको सुझाव थियो । उनले भने, ‘अल्लो, टिमुरलाई ब्रान्डिङ गरेर निर्यात गर्नुप¥यो । गण्डकीका प्रदेशबाट निर्यातयोग्य वस्तु के हो भनेर पहिचान गर्नु प¥यो नि ।’
गण्डकीमा पर्यटन बोर्ड स्थापनादेखि उत्तरगंगा जलविद्युत परियोजना सञ्चालनका लागि प्रदेश सरकारले सशक्त आवाज उठाउनुपर्ने उनले बताए ।

राष्ट्रिय सभा सदस्य डा. खीमलाल देवकोटाले ससाना टुक्रे आयोजना स्थानीय तहमै दिनुपर्ने, अबन्डा बजेट ल्याउन नहुने, वहुवर्षे योजना कम गर्नुपर्ने सुझाव दिए । औद्योगिक उत्पादनमा जोड दिनुपर्ने भन्दै उनले बजेटको अधिकांश हिस्सा भौतिक मन्त्रालयमै जाने भएकाले अब यसमा परिमार्जन जरुरी रहेको बताए ।

उक्त अवसरमा पोखरा विश्वविद्यालयका पूर्व डिन प्राडा इन्द्रप्रसाद तिवारी योजना आयोगको पूर्व सदस्य डा. लक्ष्मी देवकोटा, प्रदेश नीति तथा योजना आयोगका पूर्व सदस्य डा. भीमा ढुंगाना, पूर्व मुख्यसचिव डा सोमलाल सुवेदी, पूर्व सचिव बाबुराम आचार्य, गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङ, पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति डा. केशरजंग बराल, राष्ट्रिय योजना आयोगका सदस्य पुष्परमण वाग्ले, पूर्व सचिव विश्वप्रकाश पण्डित, डा. कृष्णप्रसाद पौडेलले बजेट निर्माण कार्यान्वयनका लागि सुझाव दिए ।

अर्थ मन्त्रालयका सचिव वैकुन्ठ अर्यालले प्रदेशको अहिलेको वस्तुस्थिति र खर्चको अवस्थाका बारेमा जानकारी गराएका थिए ।
सरकारले यसअघि प्रदेशममा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, मन्त्री तथा सचिवहरुसँग बजेटका बारेमा छलफल गरिसकेको छ ।
प्रदेश नीति तथा योजना आयोगले केन्द्रबाट प्राप्त सिलिङका आधारमा बजेट निर्माणको काम गरिहेको छ ।

 

Share157Tweet94SendShare
Previous Post

जसपाका उम्मेदवारलाई जिताउने मतदाताहरुको प्रतिबद्धता

Next Post

युवा उम्मेदवार हुसेनप्रती मतदाताको भरोसा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

Related Posts

नेपालगन्ज ४ मा माओवादीबाट गोपाल पुन निर्वाचित
राजनीति

नेपालगन्ज ४ मा माओवादीबाट गोपाल पुन निर्वाचित

१०:५२ मध्यान्ह, जेष्ठ २, २०७९
नेपालगन्जमा ५७१६ मतका साथ उपप्रमुखमा राई अगाडी
मुख्य समाचार

नेपालगन्जमा ५७१६ मतका साथ उपप्रमुखमा राई अगाडी

१०:३६ मध्यान्ह, जेष्ठ २, २०७९
विष्ट र राईको एउटै आवाज–‘दुई भाई मिलेर नमुना नेपालगन्ज बनाउछौं’
मुख्य समाचार

प्रशान्त र कमरुद्दिनले प्रतिस्पर्धीलाई पछि पार्दै

१२:४० मध्यान्ह, जेष्ठ २, २०७९
Auto Draft
मुख्य समाचार

प्रशान्त र कमरुद्दिनको अग्रता कायमै

१०:४४ बिहान, जेष्ठ २, २०७९
नेपालगन्ज २० मा जसपाका धोवीसहितको प्यानल विजयी
मुख्य समाचार

नेपालगन्ज २० मा जसपाका धोवीसहितको प्यानल विजयी

१०:३४ बिहान, जेष्ठ २, २०७९
प्रशान्त र राई अगाडि
मुख्य समाचार

नेपालगन्जमा प्रशान्त र कमरुद्दिनको अग्रता कायमै

५:५० मध्यान्ह, जेष्ठ १, २०७९
बाँकेको नरैनापुरमा अध्यक्षमा जसपा र उपाध्यक्षमा एमालेको अग्रता
मुख्य समाचार

१३ वडाको मत परिणाम सार्बजनिक

५:१३ मध्यान्ह, जेष्ठ १, २०७९
बाँकेमा कतै राती कतै भोलि बिहान देखि मतगणना हुने
मुख्य समाचार

१० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

४:३९ मध्यान्ह, जेष्ठ १, २०७९
Next Post
बजेटको तयारीमा गण्डकी सरकार, योजना आयोगका पूर्व उपाध्यक्ष र विज्ञबाट लियो सुझाव

युवा उम्मेदवार हुसेनप्रती मतदाताको भरोसा

कोहलपुरको समग्र बिकास एकै पटक गर्छु भन्ने भ्रम जनता माझ नफैलाए हुन्छ – भुषाल

कोहलपुरको समग्र बिकास एकै पटक गर्छु भन्ने भ्रम जनता माझ नफैलाए हुन्छ – भुषाल

हिमान्शु यादवबाट सिक्नुपर्ने संस्कार– प्रतिस्पर्धीका बुवालाई ढोगेर आर्शिवाद लिए

हिमान्शु यादवबाट सिक्नुपर्ने संस्कार– प्रतिस्पर्धीका बुवालाई ढोगेर आर्शिवाद लिए

Discussion about this post

Currently Playing

Recommended Stories

सुर्खेतमा एक पुरुषको शव फेला

२:५४ मध्यान्ह, पुस २५, २०७८

किन गएदशगजामा स्वास्थ्य राज्यमन्त्री रावत ?

५:०६ मध्यान्ह, चैत्र २७, २०७६

ढाकामा डुंगा दुर्घटना, २३ जनाको मृत्यु, २४ वेपत्ता

२:४१ मध्यान्ह, असार १५, २०७७

Popular Stories

  • बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    3639 shares
    Share 1503 Tweet 890
  • १० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

    2279 shares
    Share 927 Tweet 564
  • अव मालपोत कार्यालय कोहलपुरमै

    2335 shares
    Share 983 Tweet 563
  • वडाअध्यक्ष गुप्ता र भाइहरुको दादागिरी, स्थानीय महिलालाई कुटे

    2355 shares
    Share 1013 Tweet 559
  • २२ वर्षीय युवा फैजको नेपालगन्जको मेयरमा बागी उम्मेदवारी दर्ता

    2037 shares
    Share 817 Tweet 509
Online Khojkhabar

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित


अनलाईन खोजखबर डट कम


ठेगाना नेपालगंज उ.म.न.पा.- ६, बाँके


सम्पर्क ९८५८०४५०८३


ईमेल [email protected]


सुचना तथा प्रसारण विभाग दर्ता नम्बर १५१७/ ०७६-७७

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?