बाँके असार १७ गते ।
देशका धेरै ठाउँमा बिहानैदेखि घाम लागेको छ ।आज पानी पर्ने सम्भावना भए पनि हिजो अस्तिको जस्तो लगातार झरी पर्ने सम्भावना नरहेको मौसमविद् सजिना शाक्यले बताउनुभयो ।
उहाँकाअनुसार अहिले वाग्मती प्रदेशको मौसम सामान्यतया सफा छ ।यो प्रदेशका सबैजसो ठाउँमा घाम चर्किएको छ ।यस्तै, मधेस प्रदेश र प्रदेश–१ को पूर्वी क्षेत्र बाहेकका ठाउँमा पनि घाम चर्किएको छ ।
यस्तै, गण्डकी, सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा पनि अहिले झरी परेको छैन । त्यहाँको मौसम सामान्यदेखि पूर्ण बद्ली रहने अनुमान छ ।आज बेलुका प्रदेश–१ का केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।
यस्तै, अन्य प्रदेशमा पनि हल्कादेखि मध्यम खालको वर्षा हुने अनुमान गरिएको छ ।
Discussion about this post