ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सरल बन्दै न्याय सम्पादन, छैनन् पुराना मुद्दा

News Desk by News Desk
११:२४ बिहान, साउन २५, २०७९
सरल बन्दै न्याय सम्पादन, छैनन् पुराना मुद्दा
389
सेयर
388
VIEWS
ShareTweetSendShare

काठमाडौं साउन २५ गते ।
’न्याय क्षेत्रमा एउटा उक्ति छ ‘ढिलो न्याय पाउनु भनेको अन्याय सरह हो ।’ तर पछिल्लो समय यो युक्ति भने लागू हुन छोडिसक्यो । नागरिकले अन्यायमा पर्दा आउने न्यायालयले नै समयमा न्याय नदिँदा समस्यामा परेको गुनासो पछिल्लो समय कमै मात्र सुन्न पाइन्छ ।

एउटा मुद्दा छिन्न एक पुस्ता सकिएको समाचार अहिले सुन्नै पाइँदैन । पछिल्लो समय न्यायालय प्रविधिमैत्री हुँदा न्याय सम्पादन छिटो–छरितो सम्पन्न हुने गरेको देखिएको छ । जिल्ला अदालत बागलुङमा दुई वर्ष नाघेका जम्मा २२ मुद्दामात्रै छन् । यो मुद्दा दायित्व सरेर आएका र नयाँ दर्ता भएको मुद्दाको तुलनामा निकै कम सङ्ख्या हो ।

मुद्दाको वर्गीकरणसहित न्याय सम्पादन गर्दा छिटो–छरितोरूपमा फैसला भएका कारण पुराना मुद्दा प्रायः शून्य भएका हुन् । जिल्ला अदालत बागलुङमा दुई वर्ष नाघेका जम्मा २२ मुद्दा रहँदा आर्थिक वर्ष २०७८÷७९ मा चार सय ५२ अर्थात् जम्मा मुद्दाको ५३.७४ प्रतिशत मुद्दा फछ्र्योट भएका छन् । उक्त आवमा अघिल्लो वर्ष जिम्मेवारी सरेर आएका तीन सय ३१ र नयाँ पाँच सय १० गरी नौ सय ४१ मुद्दा रहेकामा चार सय ५२ मुद्दा फछ्र्योट भएका भन् भने बाँकी तीन सय ८९ मुद्दा बाँकी रहेका छन् । यस्तै आर्थिक वर्ष २०७७÷७८ मा ३३ जिम्मेवारी सरेर आएका मुद्दा, तीन सय ९६ नयाँ दर्ता गरी कुल छ ९९ मुद्दामध्ये तीन सय ६८ फछ्र्योट भएका थिए भने तीन सय ३१ मुद्दा बाँकी रहेका थिए ।

आव २०७७÷७८ बाट जिम्मेदारी सरिआएका तीन सय ३१ र आव २०७८÷७९ मा पर्न सक्ने अनुमानित मुद्दा सङ्ख्या चार सय ६६ समेत गरी जम्मा सात सय ९७ मुद्दाको लगत कायम हुने अनुमान गरिएकामा पाँच सय ६४ मुद्दा फछ्र्योट गर्ने लक्ष्य राखिएकामा नयाँ पाँच सय १० मुद्दा दर्ता भई जम्मा आठ सय ४१ मुद्दा लगत कायम भएकामा चार सय ५२ मुद्दा अर्थात् ५३.७४ प्रतिशत मुद्दा फछ्र्योट भएको जिल्ला न्यायाधीश डा दिवाकर भट्टले जानकारी दिए ।

सम्बन्धित समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

“न्याय सम्पादनलाई छिटो–छरितो र प्रविधिमैत्री बनाउँदै मुद्दाको तीन भागमा वर्गीकरण गर्दा जटिल प्रकारका मुद्दाबाहेक सबै मुद्दा दुई वर्षभन्दा बढीका रहँदैनन्”, डा भट्टले भने, “जिल्ला अदालतमा दुई वर्ष नाघेका मुद्दाको सङ्ख्या जम्मा २२ छन् यो नयाँ दर्ता भएका मुद्दा र फछ्र्योट भएका मुद्दाको सङ्ख्याको आधारमा निकै कम हो ।”

भट्टका अनुसार आव २०७८÷७९ मा दर्ता भएका मुद्दा र फछ्र्योट भएका मुद्दा हेर्ने हो भने सबैभन्दा बढी मुद्दा सम्बन्धविच्छेदका रहेको पाइएको छ । आव २०७८÷७९ मा सम्बन्धविच्छेदाका मुद्दा जिम्मेवारी सरेर आएको ७४ र नयाँ दर्ता भएको दुई सय ४५ गरी जम्मा तीन सय १९ मध्ये दुई सय ३२ अर्थात् ७३.७२ प्रतिशत मुद्दा फछ्र्योट भएर बाँकी ८७ मुद्दामात्रै बाँकी रहेको पाइएको छ । मुद्दाको दर र फछ्र्योटको दर नै सबैभन्दा बढी सम्बन्धविच्छेदका मुद्दामा रहेको पाइएको छ ।

वैदेशिक रोजगारी, सामाजिक सञ्जाल, बढ्दो प्रविधिको प्रयोग, व्यक्तिगत स्वतन्त्रता, न्यायको पहुँच र अन्याय नसहनुका कारण सम्बन्धविच्छेदका घटना बढेको न्याय सम्पादनको क्रममा पाइएको जिल्ला न्यायाधीश डा दिवाकर भट्टले बताउनुभयो । यस्तै सम्बन्धविच्छेदका मुद्दापछि सबैभन्दा बढी मुद्दा दर्ता भएको महिला पीडितसम्बन्धी रहेको तथ्याङ्कले देखाएको छ ।

ADVERTISEMENT

आव २०७८÷७९ मा महिला पीडितसम्बन्धी ६३ मुद्दा जिम्मेवारी सरेर आएका र दुई सय ८७ मुद्दा नयाँ दर्ता गरी तीन सय ५० मुद्दामध्ये दुई सय ३० मुद्दा फछ्र्योट भएर एक सय २० मुद्दा बाँकी रहेको छ । यस्तै अंशसम्बन्धी जिम्मेवारी सरेर आएको ५५ र नयाँ दर्ता भएको ४७ गरी जम्मा एक सय दुईमध्ये ३७ मुद्दा फछ्र्योट भएका छन् भने ६५ मुद्दा बाँकी छन् ।

यस्तै बालबालिकासम्बन्धी जिम्मेवारी सरेर आएको ३६ र नयाँ दर्ता भएको ९१ गरी एक सय २७ मुद्दामध्ये ५२ मुद्दा फछ्र्योट भएर ७५ मुद्दा बाँकी रहेको छ । यस्तै लागुऔषधसम्बन्धी १२ जिम्मेवारी सरेर आएको र १५ नयाँ गरी जम्मा २७ मुद्दामध्ये १३ मुद्दा फछ्र्योट भएको र १४ मुद्दा बाँकी रहेको पाइएको छ ।

यस्तै ज्यानसम्बन्धी १९ जिम्मेवारी सरेर आएको र २४ नयाँ मुद्दा गरी ४३ मुद्दामा जम्मा १७ मुद्दा फछ्र्योट भएको छ भने जबर्जस्ती करणीमा जिम्मेवारी सरेर आएका १२ र नयाँ दर्ता भएका १५ गरी २७ मुद्दा दर्ता भएकामा छ मुद्दा फछ्र्योट भएर २१ मुद्दा बाँकी रहेको पाइएको छ ।

यस्तै उक्त आवमा जिम्मेवारी सरेर आएका ४५ र नयाँ दर्ता भएका ७४ गरी एक सय १९ निवेदनमध्ये ६८ निवेदन फछ्र्योट भएर ५१ निवेदन बाँकी छन् । यस्तै अदालतले विभिन्न शीर्षकको जरिवानावापत रु ३८ लाख ७९ हजार नौ सय ५७ सङ्कलन गरेको छ । रासस

Share156Tweet97SendShare
Previous Post

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Next Post

मोहर्रम सम्पन्न पार्न सहयोग गरेको भन्दै विभिन्न ब्यक्तिलाई सम्मान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Next Post
मोहर्रम सम्पन्न पार्न सहयोग गरेको भन्दै विभिन्न ब्यक्तिलाई सम्मान

मोहर्रम सम्पन्न पार्न सहयोग गरेको भन्दै विभिन्न ब्यक्तिलाई सम्मान

एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

विभिन्न जिल्लामा रासायनिक मल पठाउन थालियो

विभिन्न जिल्लामा रासायनिक मल पठाउन थालियो

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
23°
Clear
6:14 am5:57 pm +0545
Feels like: 23°C
Wind: 3km/h ENE
Humidity: 91%
Pressure: 1012.87mbar
UV index: 0
FriSatSun
29°C / 21°C
29°C / 21°C
31°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?