ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नाकामा तस्करलाई सशस्त्रकै संरक्षण, सिडिओ मुखदर्शक

नाकामा सशस्त्रको असुली धन्दा फलोअप

News Desk by News Desk
४:४२ मध्यान्ह, भदौ ४, २०७९
नाकामा तस्करलाई सशस्त्रकै संरक्षण, सिडिओ मुखदर्शक

फाइल फोटो

1.2k
सेयर
1.1k
VIEWS
ShareTweetSendShare

बाँके भदौ ४ गते ।
बाँकेमा ६५ किलो मिटर खुला सिमानामा हुने अवैध धन्दा रोक्न खटिएको सुरक्षाकर्मी स्वयम अवैध असुली धन्धामा लागेका छन । भारतसँग खुला सीमाना रहेको बाँकेमा मुख्य नाका बाहेक भित्री नाकाबाट पनि अवैधरुपमा मालसमान तस्करी हुँदै आएको पाइएको छ ।

तस्करहरुले सानो परिमाणमा भरीया मार्फत भन्सार छली गरेर बाँकेका विभिन्न क्षेत्रमा भण्डारण गर्ने र एकमुष्ठ विभिन्न जिल्ला पठाउने गरेको तथ्य अनलाइन खोजखवरले प्राप्त गरेको छ । जमुनाह नाकाको पुर्वतिर खटिएको सशस्त्र प्रहरीले सेटिङमा अवैध सामान भित्र्याउने र पठाउने गरेको अनलाइन खोजखबरले बनाएको भिडियोमा प्रष्ट देखिएकोे छ ।

यहाँसम्मकी तस्करहरुलाई सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको भिडियोमा स्पष्ट देख्न सकिन्छ । नाकाको पुर्ब पश्चिमतिरको क्षेत्रबाट भारतबाट तस्करसँग मिलेर एसपी जनकराज बस्नेतको निर्देशनमा मातहतको सशस्त्र प्रहरीको सहयोगमा दैनिकरुपमा ठूलो परिमाणमा भन्सार छलेर अवैध सामान भित्र्याउँदा राज्यको करोडौं राजश्व गुमिरहेको छ । सशस्त्र प्रहरी र भन्सारका कर्मचारी असुली धन्दामा लाग्दा तस्करहरु खुलेआम अवैध सामान भित्र्याउन सफल भएका छन् ।

चौलिक्का चोकमा खटिने सशस्त्र प्रहरी तस्करसँगको अवैध सेटिङमा छन् । सशस्त्र प्रहरीका असइ लालबहादुर विसीले तस्करसँग लाइन लिएर अवैध असुली गरिरहेको तथ्य यसअघि अनलाइन खोजखवरले प्रकाशन गरिसकेको छ ।

सम्बन्धित समाचार

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

विसीलाई गणले निगरानीमा राखिसकेको सशस्त्रकै अधिकारीले बताए । स्रोतले दिएको जानकारी अनुसार असइ विसीलाई एसपी जनकराज बस्नेतको आर्शिवाद रहेको छ । विसीमाथिको निगरानी हात्तिको देखाउने दाँत जस्तै भएको सशस्त्रकै अधिकारीहरु बताउँछन् ।

नाकामा सशस्त्रको यो गतिविधि देख्दा यस्तो लाग्छ सशस्त्र प्रहरीलाई नाकामा अवैध असुलिकै लागि खटाइएको हो । सशस्त्रको असुली धन्दाबारे एकजना तस्कर भन्छन्–‘सशस्त्रलाई हामीले मोटो रकम दिएर सामान ओसारपसार गर्ने गरेको छौं । सशस्त्रसँग लाइन नमिले सियो पनि नेपाल छिराउन सक्दैनौं ।’

तस्करहरुले तस्करीको सामान टंकपसरी पिप्रहवामा भण्डारण गरेर दिउँसो र रातीको समयमा नेपालगन्ज ल्याउने गरेका छन । तस्करहरुले भरियाको प्रयोग गरेर अवैध सामान भण्डारण गर्ने र रातीको समयमा ठूला सवारी साधानमा लोड गरेर अन्यन्त्र जिल्ला पठाउने गरेको तस्कर स्वयम बताउँछन् ।

ADVERTISEMENT

सशस्त्रका माथिल्लो निकायलाई महिनावारी र तल्लो दर्जालाई सामानको अवस्था र मूल्य हेरेर पाँच सय देखि एक हजार रुपैयाँ सम्म लाइन दिने गरिएको तस्करहरु बताउँछन् । एसपी बस्नेतलाई भने महिनावारी मोटो रकम जाने गरेको स्रोत बताउँछ ।

प्रत्येक साइकल र मोटरसाइकलमा ल्याउने सामानको ड्युटीमा खटिने सशस्त्र प्रहरीलाई पाँच सय देखि एक हजार रुपैयाँ दिएर तस्करहरुले ठूलो परिमाणमा अवैध सामान भित्र्याउने गरेका छन् । जमुनाह विओपी पोष्टबाट डिउटीमा खटिने सशस्त्रका जवानदेखि सईसम्म अवैध असुली धन्धामा लागेका छन् ।

तस्करहरुले कपडा, लेडिज शुट, हाडवेयर, आटो पार्टस, चिनी, खाद्यान, रेडबुल, कोकाकोला, मल, रजनीगन्धा, तुलसी, सुपर पावर, सूर्तिजन्य पदार्थ, बिजुली बत्तीको सामान लगायतका अवैध सामान राजस्व छलेर भित्र्याउने गरेका छन् ।

संघीय सरकारकै निर्देशनमा सशस्त्र प्रहरीले नाकामा हुने अवैध चोरी तस्करी रोक्न ठाउँठाउँमा विओपी पोष्ट स्थापना गरेको छ । आयात–निर्यातलाई ब्यवस्थित वनाउन सिमा नाकामा भन्सार कार्यालय राखिएका छन् । सिमाको सुरक्षा तथा चोरी तस्करी नियन्त्रण गर्नकै लागि सशस्त्र प्रहरी खटाइएका छन् ।

अझ पछिल्लो समयमा सशस्त्र प्रहरीका बोर्डर आउट पोष्ट (बिओपी) थप्ने क्रम जारी नै छ । बाँकेमा मात्रै ८ वटा यस्ता पोष्टहरु छन् । रात दिन गस्ती भइरहेको पनि सशस्त्र बताउँछ । तर उनीहरुको गस्ती भने तस्करको सुरक्षाका लागि हुने गरेको देखिएको छ । प्रहरी राज्यप्रति असहयोगी र तस्करमैत्री भइदिँदा राजश्व संकलनको अवस्था भने चिन्ताजनक छ । सशस्त्र तस्करसँग मिल्दा नेपाली व्यवसायी मारमा परेका छन् ।

तरस्करहरुले नेपालबाट भारततर्फ पनि सामान लैजाने गरेका छन् । नेपालबाट केराउ, जडिबुटी, सुपारी, लगायतका सामान भारत लैजाने गरेका छन । जाउआउका लागि उनीहरुले पाँच सय देखि एक हजार रुपैयाँ डिउटीमा रहेका सशस्त्रलाई बुझाउने गरेको तस्करले बताउँछन् । एसपी देखि बिओपी इन्चार्जलाई लाखौं रुपैया महिनावारी बुझाउने गरेका छन ।

भारतबाट तस्करी गरि ल्याइएको अवैध भन्सार छलीको सामान चर्को मूल्यमा बाँकेसहित बर्दिया, सुर्खेत, जुम्ला, दाङ काठमाडौं लगायतका पहाडी जिल्लाहरुमा सप्लाई गरिन्छ । जसका कारण राज्य कोषमा जम्मा हुने ठूलो रकम सशस्त्रको पोल्टामा परेको छ ।

तस्करहरुले भारतीय पुलिसलाई ६ लाख भन्दा बढी महिनावारी बुझाउने गरेको स्रोतले बताउँछ । सशस्त्र प्रहरी र भन्सार कर्मचारीको मिलेमतोमा हुने अवैध तस्करी रोक्न सिडिओेको प्रभावकारी भूमिका देखिएको छैन । सशस्त्र प्रहरीको अवैध असुलीबारे संचारमाध्यममा छ्यापछ्याप्ती आउँदा पनि गृहप्रशासन मौन बस्दा उनीहरु पनि तस्करको चंगुलमा फसेको नागरिकहरु आंशका गर्छन् ।

Share538Tweet286SendShare
Previous Post

झाडापखलाबाट दाङमा एकको मृत्यु

Next Post

धवलागिरिमा धमाधम जलविद्युत् आयोजना बन्दै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण
मुख्य समाचार

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण

११:५७ बिहान, अशोज २७, २०८३
अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड
मुख्य समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

१०:०९ बिहान, अशोज २७, २०८३
कृषि

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

४:१९ बिहान, अशोज २७, २०८३
नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो
समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

४:०९ बिहान, अशोज २७, २०८३
अदालतका फैसला कार्यान्वयन र निःशुल्क कानुनी सहायतामा जोड
मुख्य समाचार

अदालतका फैसला कार्यान्वयन र निःशुल्क कानुनी सहायतामा जोड

४:०२ बिहान, अशोज २७, २०८३
प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा
मुख्य समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

७:२२ बिहान, अशोज २५, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
Next Post
पहिरोबाट सात जलविद्युत् आयोजना प्रभावित

धवलागिरिमा धमाधम जलविद्युत् आयोजना बन्दै

मागको ३० प्रतिशत मात्रै बीउ उत्पादन

मागको ३० प्रतिशत मात्रै बीउ उत्पादन

करेन्ट लागेर दुई जनाको मृत्यु

करेन्ट लागेर नेपालगञ्जमा बाबु र छोराको मृत्यु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Clear
6:18 am5:50 pm +0545
Feels like: 22°C
Wind: 3km/h ENE
Humidity: 93%
Pressure: 1015.24mbar
UV index: 0
ThuFriSat
31°C / 21°C
31°C / 21°C
31°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?