ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

निर्वाचन आयोगको कल सेन्टरमा आउँछन् यस्ता जिज्ञासा

News Desk by News Desk
५:०१ मध्यान्ह, कार्तिक ९, २०७९
निर्वाचन आयोगको कल सेन्टरमा आउँछन् यस्ता जिज्ञासा
376
सेयर
375
VIEWS
ShareTweetSendShare

काठमाडौं कात्तिक ९ गते ।
“कार्यपालिकाको निर्णयानुसार करारमा कार्यरत कर्मचारीको म्याद थप गर्न मिल्छ कि मिल्दैन ?” टोल फ्रि नम्बर ११०२ मा आएको जिज्ञासामा जवाफ यसरी दिइन्छ, “नयाँ कर्मचारीलाई करारमा भर्ना गर्न मिल्दैन तर साविकमा कार्यरत करारका कर्मचारीको म्याद थप्न आचारसंहिताले बाधा मानेको छैन ।”

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि सञ्चालनमा ल्याएको पैसा नलाग्ने कल सेन्टमा आम मतदाताबाट अनेक प्रकारका जिज्ञासा आउने र आयोगको कल सेन्टरबाट जवाफ दिइ समाधान गर्ने क्रम चलिरहेको छ ।

गत असोज २८ गतेदेखि सञ्चालनमा आएको सो सेन्टर सेवामा यही कात्तिक ८ गतेसम्ममा आएका कूल एक हजार पाँच सय दुई कलमध्ये एक हजार एक सय ९७ वटा कल रिसिभ भई एक हजार २५ वटा कलबाट आएका जिज्ञासालाई समाधान गरिएको छ । सो अवधिमा १७२ वटा कल मिस्ड भएका थिए भने ३०५ वटा भ्वाइस मेल आएको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए ।

स्थानीय तहका गाउँपालिका तथा नगरपालिकाका जनप्रतिनिधिले दलको चुनाव प्रचारप्रसार गर्न पाउँछन् कि पाउँदैनन् ? भन्ने प्रश्नमा “आफू निर्वाचित भएको पालिकाबाहेक अन्यत्र पाउँछन् तर त्यसरी अन्य पालिकामा प्रचारप्रसारमा जाँदा सरकारी स्रोत साधनको प्रयोग गर्न निर्वाचन आचारसंहिता, २०७९ ले रोक लगाएको” जवाफ दिइएको छ ।

सम्बन्धित समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

आयोगले मिडियालाई अनुगमन गर्न सेना र प्रहरीलाई प्रयोग गरेको हो ? भन्ने प्रश्न पनि कल सेन्टरमा आउने गरेको छ । त्यसबारे आयोगको जवाफ छ, “होइन, सञ्चारमाध्यमका सामग्रीमा आचारसंहिता उलंघन भए÷नभएको विषयमा अनुगमन प्रेस काउन्सिल नेपालमार्फत हुने गर्दछ ।”

आगामी निर्वाचनमा मतपत्र कतिवटा हुन्छ र रङ् कस्तो हुन्छ ? भन्ने प्रश्नको समाधान यसरी गरिएको छ, “प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदाताले छुट्टाछुट्टै रुपमा चारवटा मतपत्रमा रहेका आफूले इच्छाएको निर्वाचन चिह्नमा मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचनको लागि सेतो पृष्ठभूमिमा रातो रङको निर्वाचन चिन्ह र विवरण भएको मतपत्र तथा प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक निर्वाचन प्रणालीको लागि सेतो पृष्ठभूमिमा कालो रङको निर्वाचन चिन्ह र विवरण भएको मतपत्र हुनेछ ।”

विसं २०७४ को निर्वाचनमा समानुपातिकतर्फ पहिलो हुने दलको मत चिन्ह अगाडि राखी दोश्रो, तेश्रो हुने दलको क्रमशः निर्वाचन चिन्ह राखिन्छ । तत्पश्चात् दल दर्ताको क्रमानुसार र स्वतन्त्र उम्मेदवारको हकमा उम्मेदवारको नामको वर्णानुक्रमअनुसार निर्वाचन चिन्ह राखिन्छ ।

ADVERTISEMENT

मत हाल्ने तरिका बारेमा सोधिएको प्रश्नमा प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि रातो रङको निर्वाचन चिन्ह र विवरण भएको मतपत्रमा मतदान गरी १ नं. को मत पेटिकामा मतपत्र खसाल्नुपर्दछ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन तर्फको कालो रङको निर्वाचन चिन्ह र विवरण भएको मतपत्रमा मतदान गरी मतपेटिका नं. २ मा मत खसाल्ने, तत्पश्चात प्रदेशसभा सदस्य निर्वाचनतर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि रातो रङको निर्वाचन चिन्ह र विवरण भएको मतपत्रमा मतदान गरी ३ नं. को मत पेटिकामा मतपत्र खसाल्ने र अन्त्यमा प्रदेशसभा सदस्य निर्वाचनतर्फ समानुपातिक निर्वाचन तर्फका लागि कालो रङको निर्वाचन चिन्ह विवरण भएको मतपत्रमा मतदान गरी मतपेटिका नं ४ मा मतपत्र खसाल्नुपर्दछ भन्ने उत्तर दिइएको छ ।

निर्वाचनमा विभिन्न सङ्घसंस्थाले निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न पाउँछन् कि पाउँदैनन् ? आयोगबाट उम्मेदवारको मोवाइल नम्बर उपलब्ध गराउन मिल्छ कि मिल्दैन ? आयोगबाट मतदाता शिक्षाअन्तर्गत नमूना मतदानका लागि मतपेटिका उपलब्ध गराइन्छ कि गराइँदैन ? जस्ता जिज्ञासा पनि कल सेन्टरमा आएका छन् । आयोगले मतदाता शिक्षा प्रयोजनार्थ ७५३ वटै पालिकाले नमूना मतदानको लागि मतपेटिका प्राप्त गर्ने स्पष्ट पारेको छ ।
विगत वर्षदेखि हाम्रो दलले दसैँ तिहारमा चियापन गर्ने परम्परा छ । यसपाली यसैबीचमा निर्वाचन परेकोले आचारसंहिता विपरीत हुन्छ कि हुँदैन ? भन्ने प्रश्नमा कुनै राजनीतिक दलको झण्डा, निर्वाचन चिन्ह, उम्मेदवारको तस्विर अङ्कित पर्चा, पोष्टर, ब्यानर नराखी सामान्य ढङ्गले चियापान गर्न बाधा छैन भनी जवाफ दिइएको छ ।

टोल सुधार समितिले फुटबल प्रतियोगिता आयोजना गर्न पाउने कि नपाउने ? उम्मेदवारबाट उद्घाटन गर्न मिल्ने कि नमिल्ने ? सार्वजनिक संस्था वा क्लबको तर्फबाट ज्येष्ठ नागरिकलाई सम्मान गर्ने योजना÷कार्यक्रम र कुनै पनि राजनीतिक दललाई सम्बद्ध नगरी सम्मान कार्यक्रम गर्न मिल्छ कि मिल्दैन ? भन्ने प्रश्नमा पूर्वनिर्धारित प्रतियोगिता आयोजना गर्न बाधा नपर्ने तर कुनै राजनीतिक दलको नेता तथा उम्मेदवारले उद्घाटन गर्न मिल्दैन भन्ने जवाफ दिइएको छ । रासस

Share151Tweet94SendShare
Previous Post

महँगीले हिमाली जिल्लाका उपभोक्ता मर्कामा

Next Post

आज भाइटीका, उत्तम साइत ११ : ३७ बजे

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण
समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

६:२९ बिहान, भदौ २८, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
समाचार

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

१:२१ बिहान, भदौ २८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
समाचार

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

३:२० बिहान, भदौ २७, २०८३
जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
Next Post
आज भाइटीका, उत्तम साइत ११ : ३७ बजे

आज भाइटीका, उत्तम साइत ११ : ३७ बजे

सिटि प्यालेस होटलबाट लाखौं रुपैयाँसहित जुवाडे पक्राउ

तारकेश्वरमा जुवाखालबाट ८ जना पक्राउ

तिहारमा फुल र माला पाउनै मुस्किल

तिहारमा फुल र माला पाउनै मुस्किल

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?