ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

तिहारमा फुल र माला पाउनै मुस्किल

News Desk by News Desk
१०:०३ बिहान, कार्तिक १०, २०७९
तिहारमा फुल र माला पाउनै मुस्किल
379
सेयर
378
VIEWS
ShareTweetSendShare

कैलाली कात्तिक १० गते ।
कैलालीमा तिहारमा आवश्यक फूल अभाव भएको छ । कैलालीमा दर्जनौँ नागरिकले व्यावसायिकरूपमा फूलखेती गरेको भए पनि तिहारमा आवश्यक फूल अभाव भएको हो ।

टीकापुरका पुराना फूल व्यवसायी सीताराम चौधरीले तिहारको अघिल्लो दिन नै फूल सकिएको बताए । “घरमै बिक्री गरिरहेको थिए, धेरै उपभोक्ता फूल नपाएर फर्किनुभयो”, उनले भने, “डेढ विघाहमा खेती गरेको छु । उपभोक्ताको माग पूरा गर्न सकिएन, धेरै जना फर्किए ।” ४ वर्षअघि १० कठ्ठा जमीनबाट यो पेशा थालेका सितारामले व्यवसाय विस्तार गर्दै लैजानुभएको छ । सिताराम जस्तै कैलालीमा दर्जन बढी नागरिकले व्यवसायिक खेती गरेका छन् । तिहारमा बजारमा फुलका माला तिहारको दुई दिनमै सकिएका व्यापारीहरुले बताउँछन् ।

जानकी गाउँपालिका ४ कि समिरा धामी माला किन्न बुधबार टीकापुर बजार आइन् । मखमली फुलका माला किन्न आएकी समिरा माला नपाएपछि रित्तो हात फर्किन् । “मखमली फुलका माला लगाउने हाम्रो चलन, बजारमा तयार पाइन्छन् भनेर ढुक्क भए, यहाँ त सकिएका रहेछन्”, उनले भनिन्, “फुलका माला नपाएपछि प्लाष्टिकका माला लिएर जाँदैछु । के गर्नु प्लाष्टिकका माला कहिल्यै प्रयोग गरेका थिएनौँ ।” टीकापुर ३ कि रमिता विकले पनि बजारमा माला पाइनन् । उनी पनि माला किन्न बजारसम्म पुगेकी थिइन् । “माला नपाएपछि गाउँमै फुल खोज्न थालेकी छु”, उनले भनिन्, “विगतमा गाउँमा फालाफाल फुल हुन्थे, घरघरमा फुल रोपेका हुन्थे, पछिल्ला केही वर्ष गाउँमा फुल पाउन कठिन छ ।”

कैलालीमा फुल खेतीका लागि जग्गा अभाव छैन । हरेक नागरिकका घरमा २÷४ कठ्ठा जमीनमा छन् । एक कठ्ठा जग्गा नभएका निकै कम छन् । यसरी घर वरिपरि जग्गा हुँदा पनि मानिस २ बोट फुल रोप्दैनन् । घरमै फुल रोपेको भए आज फुल र माला अभाव नहुने जेष्ठ नागरिक धौली न्यौपानेले बताइन् । “हाम्रा पालामा घर वरिपरि फुलैफुल हुन्थे, कहिल्यै माला, फुल खोज्न, किन्न परेन”, उनले भनिन्, “हामी फुलबारीले घर सजाउँथ्यौँ, अचेल त घरभित्र सजाउने, चाडपर्वमा आवश्यक फुल बजार गएर किन्छन् । मानिस कति अल्छी भएका हुन् ।”

सम्बन्धित समाचार

लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

बाँकेमा बढ्दै सवारी दुर्घटना : तीव्र गति र चालकको लापरवाही मुख्य कारण

तिहार सौन्दर्यताको पर्व पनि हो । तिहारमा झिलिमिली बनाउने, घर आँगन रंगाउने, पूजाआजा गर्ने गरिन्छ । यसबेला अन्य समयभन्दा बढी फुल प्रयोग गरिन्छ । बजारमा माला र फुल अभाव भएपछि प्लाष्टिकका मालाको व्यापार पनि राम्रो भएको छ ।

व्यापारी शिव चौधरीले फुलका माला नपाएपछि धेरै मानिस प्लाष्टिकका माला किन्न आएका बताए । संस्कृतिप्रेमी पवनदेवी तिमिल्सिनाले हरेक मानिसले घरघरमै फुलबारी बनाउन आवश्यक रहेको बताइन् । “घरमा थोरै भए पनि फुलबारी चाहिन्छ, फुलबारी मासेर विभिन्न संरचना बनाएका घर धेरै छन्”, उनले भनिन्, “घरघरमै २÷४ बोट फुल लगाएका भए अहिले अभाव हुने थिएन । वरिपरि जग्गा भएर पनि फुल किन्ने हामी नेपालीको बानी अनौँठो छ । यहाँको फुल सकिएपछि भारतबाट आएको फुल बिक्री भएको छ ।”

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

तारकेश्वरमा जुवाखालबाट ८ जना पक्राउ

Next Post

छठ पर्व नजिकिएसँगै माटाका भाँडाको माग बढ्यो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा

९:२७ बिहान, भदौ २८, २०८३
बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण
समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

६:२९ बिहान, भदौ २८, २०८३
दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीको अभियान : छड्के जाँचमा ६ जनालाई कारवाही
दुर्घटना

बाँकेमा बढ्दै सवारी दुर्घटना : तीव्र गति र चालकको लापरवाही मुख्य कारण

१:५० बिहान, भदौ २८, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
समाचार

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

१:२१ बिहान, भदौ २८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
समाचार

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

३:२० बिहान, भदौ २७, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी
मुख्य समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

८:०१ बिहान, भदौ २५, २०८३
बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग
आर्थिक

बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग

७:१८ बिहान, भदौ २५, २०८३
Next Post
छठ पर्व नजिकिएसँगै माटाका भाँडाको माग बढ्यो

छठ पर्व नजिकिएसँगै माटाका भाँडाको माग बढ्यो

तेल ट्यांकरमा आगलागी हुँदा एक जनाको मृत्यु

ताप्लेजुङमा आगलागी हुँदा लाखौँको क्षति

छठ पर्वका लागि बागेश्वरी मन्दिरको जलाशय झकिझकाउ

छठ पर्वका लागि बागेश्वरी मन्दिरको जलाशय झकिझकाउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?