ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ श्रम/रोजगार

चुनावमा उपभोक्ता बजार : मूल्य बढ्यो, खपत बढेन

News Desk by News Desk
७:०७ मध्यान्ह, कार्तिक ३०, २०७९
चुनावमा उपभोक्ता बजार : मूल्य बढ्यो, खपत बढेन
383
सेयर
381
VIEWS
ShareTweetSendShare

काठमाडौं कात्तिक ३० गते ।
यसवर्ष दसैँ, तिहारलगायतका ठूला चाडवाड सकिने वित्तिकै चुनावी माहोल सुरु भयो । चाडवाडका बेला व्यापारमा उत्साह देखिन्छ । त्यसमाथि चुनावका बेला उपभोक्ता बजार गुल्जार हुनपर्ने हो ।

तर बजारमा खासै उत्साह नदेखिएको व्यवसायीले बताएका छन् । चर्को मूल्यवृद्धिको मारले अहिले खपतमा बढ्न नसकेको उनीहरुको भनाइ छ ।

अहिले खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुमा अधिक मूल्यवृद्धि देखिएको तर खपत भने नबढेको खुद्रा व्यापार सङ्घका अध्यक्ष पवित्र बज्राचार्यले बताए । व्यापारीले विभिन्न समयमा विभिन्न बहानामा खाद्य तथा दैनिक उपभोग्य वस्तुको मूल्य बढाउने तर घट्ने बेलामा भने नघटाउने गरेको उनको बुझाइ छ ।

पछिल्लो समय खानेतेल, चामल, मैदालगायत खाद्यान्न वस्तुमा धेरै मूल्यवृद्धि भएको छ । “खाने तेल प्रतिलिटर रु ३५ देखि ४० सम्म बढेको छ । मैदा पनि प्रतिकेजी रु १५ सम्म बढेको छ । भारतले निर्यातमा कडाइ गरेपछि चामलको मूल्य बोरामै दुईदेखि तीन सयसम्म बढे पनि अहिले अवस्था सहज हुँदा घटेको छैन”, उनले भने ।

सम्बन्धित समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

कोरोना महामारी, रुस–युक्रेन युद्धलगायत विषम परिस्थितिका बेला भएको मूल्यवृद्धि अहिले अवस्था सामान्य भइसक्दा पनि घट्न नसकेको उहाँको भनाइ छ ।

यसरी सामान्य अवस्थामा पनि मूल्यवृद्धि हुनुमा नियामक निकाय कमजोर भएको बज्राचार्यले बताए । “चुनाव लागेपछि बजारमा सरकारको उपस्थिति हुँदैन । नियामक निकाय कमजोर हुन्छन्,” बज्राचार्यले भने, “मूल्य बढ्नुमा अर्को शङ्का के पनि छ भने, राजनीतिक दल र चुनावमा उठेका उम्मेदवारलाई चन्दा दिनुपर्ने भएपछि त्यसको बदलामा व्यवसायीले उपभोग्य सामग्रीको मूल्यवृद्धि गरे ।”

मू्ल्यवृद्धि भएपछि उपभोक्ताको क्रयशक्ति कम हुन्छ । कोभिड महामारी, रुस–युक्रेन युद्ध, अमेरिकी डलरको भाउ वृद्धिलगायतका विभिन्न कारण देखाउँदै व्यापारीले उपभोग्य सामग्रीमा मूल्य बढाएका थिए । तर अहिले आपूर्ति शुङ्खला सामान्य अवस्थामा रहँदा पनि मूल्यवृद्धि कायमै छ ।

ADVERTISEMENT

विभिन्न कारण देखाएर मूल्यवृद्धि गर्ने व्यापारीले अवस्था सामान्य भएको अवस्थामा भने मूल्य घटाउँदैनन् । खुद्रा व्यापार सङ्घको खाद्यान्न मूल्यसूची अनुसार पछिल्लो एकवर्ष अवधिमा खानेतेलको मूल्यमा दोब्बरको वृद्धि देखिएको छ । यो अवधिमा भुटेको तोरीको तेल प्रतिलिटर रु दुई सय २० बाट बढेर तीन सय ५०, काँचो तोरीको तेल प्रतिलिटर रु एक सय ४० बाट दुई सय ४०, भटमास तेल प्रतिलिटर रु एक सय १५ बाट दुई सय ३०, सूर्यमुखी तेल प्रतिलिटर रु एक सय २५ बाट दूई सय ४० सम्म पुगेको छ ।

त्यसैगरी चामलमा प्रतिकिलो रु १० देखि २०, मास दात प्रतिकिलो रु ३०, मुसुर दाल प्रतिकिलो रु ५०, मुग दाल प्रतिकिलो रु ४०, रहर दाल प्रतिकिलो रु ७० सम्म बढेको छ । त्यसैगरी, भटमासमा प्रतिकिलो रु ४० देखि ५०, केराउ प्रतिकिलो रु ६० देखि ७०, सिमी प्रतिकिलो रु २० देखि ३० सम्म मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अहिले तरकारीको मूल्य र खपत दुवैको अवस्था स्वाभाविक छ । हाल बर्खायाममा फल्ने तरकारी र फलफूलको मौसम सकिएर हिउँदे तरकारी तथा फलफूलको मौसम सुरु भएकाले सोहिअनुसार आपूर्ति भइरहेको समितिका सूचना अधिकारी विनय श्रेष्ठलेले बताए ।

“कालीमाटीमा दैनिक औसत ८ सय मेट्रिक टन तरकारी र फलफूल आउने गरेको छ । अहिले पनि त्यही अनुपातमै आइरहेको छ । बजार माग बढेको वा बढी सामान आएको भन्ने अवस्था अहिले छैन”, श्रेष्ठले भने । समितिको विवरणअनुसार मङ्गलबार सात लाख ५२ हजार चार सय ४२ किलो तरकारी र फलफूल आएको छ । त्यस्तै, सोमबार ८ लाख २७ हजार नौ सय ९६ किलो र आइतबार पाँच लाख ८९ हजार चार सय ४८ किलो फलफूल र तरकारी कालीमाटीमा आएको देखिन्छ । सरकारले चालु आर्थिक वर्षमा मूल्यवृद्धि ७ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य लिएको छ । चालु आर्थिक वर्ष २०७९र८० को पहिलो त्रैमासिक अवधिमा मूल्यवृद्धि आठ दशमलव ५० प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसारअसोज महिनासम्ममा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि आठ दशमलव ५० प्रतिशत पुगेको हो ।

राष्ट्र बैंकका अनुसार तराई क्षेत्रमा मूल्यवृद्धि चर्को छ । पहिलो त्रैमासिक विवरणअनुसार काठमाडौँ उपत्यकामा छ दशमलव ९३ प्रतिशत, तराईमा नौ ४२ प्रतिशत, पहाडमा आठ दशमलव ८४ प्रतिशत र हिमालमा सात दशमलव ०७ प्रतिशत महंगी बढेको छ । यो अवधिसम्ममा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति आठ दशमलव ०५ प्रतिशत र गैर–खाद्य तथा सेवा क्षेत्रको मुद्रास्फीति आठ दशमलव ८५ प्रतिशत रहेको छ । त्यस्तै, रेष्टुराँ तथा होटल क्षेत्रको वार्षिक बिन्दुगत मुद्रास्फीति १५ दशमलव ९१ प्रतिशत, फलफूलको १२ दशमलव ०६ प्रतिशत, मदिराजन्य पेय पदाथको १० दशमलव २४ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको नौ दशमलव ४५ प्रतिशत र सुर्तीजन्य पदार्थको आठ दशमलव ४४ प्रतिशत रहेको छ ।

सेवा समूह अन्तर्गत यातायात क्षेत्रको मुद्रास्फीति २१ दशमलव १५ प्रतिशत, स्वास्थ्य क्षेत्रको १० दशमलव ५४ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको नौ दशमलव ४५ प्रतिशत र शिक्षाको आठ दशमलव ११ प्रतिशत छ । राष्ट्र बैंकका अनुसार असोज महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १३ दशमलव ७३ प्रतिशत रहेको छ । रासस

Share154Tweet95SendShare
Previous Post

घरदैलोमा इश्तियाक राई, भन्छन–‘विकासका मुद्दामा मेरो सधै साथ छ

Next Post

ऐतिहासिक गुह्येश्वरी जात्राको तयारी पूरा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा विद्युत चुहावट नियन्त्रण अभियान, १४ बेवारिसे मिटर फेला

५:०६ बिहान, साउन ३, २०८३
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

१:१८ बिहान, साउन २, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन
समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

६:२२ बिहान, असार ३१, २०८३
Next Post
ऐतिहासिक गुह्येश्वरी जात्राको तयारी पूरा

ऐतिहासिक गुह्येश्वरी जात्राको तयारी पूरा

भ्रष्टाचार प्रमाणित गर्न इश्तियाक राईको चुनौति

भ्रष्टाचार प्रमाणित गर्न इश्तियाक राईको चुनौति

नेपालगन्जमा बम बिस्फोट, दुईजना घाइते

नेपालगन्जमा बम बिस्फोट, दुईजना घाइते

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?