ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

‘कलिलो उमेरमा विदेश जाँदा मानसिक समस्या’

News Desk by News Desk
११:३८ बिहान, मंसिर १७, २०७९
‘कलिलो उमेरमा विदेश जाँदा मानसिक समस्या’
392
सेयर
377
VIEWS
ShareTweetSendShare

चितवन मंसिर १७ गते ।
विगत १८ वर्षदेखि अष्ट्रेलियाको सिड्नीमा मनोचिकित्सकको रुपमा कार्यरत यहाँका डा।घनश्याम चापागाईँ कलिलै उमेरमा आफ्नो सन्तानलाई विदेश नपठाउन सुझाव दिन्छन् । नेपालको पाटन अस्पताल र नेपाल मेडिकल कलेजमा दुई–दुई वर्ष मनोरोग विशेषज्ञको रुपमा काम गरेर अष्ट्रेलिया पुगेका चापागाईँ अहिले सिड्नीको केलिभिलस्थित हिल्स क्लिनिकमा कार्यरत रहेका छन् ।

त्यहाँको मेडिकल स्टाफ काउन्सिल प्रेसिडेण्ट ९मेडिकल सुपरिटेण्डेण्ट० का रुपमा कार्यरत चापागाईँको भनाइमा पछिल्ला वर्षमा धेरै विद्यार्थी मनोरोगका कारण ग्रसित हुने गरेका छन् । आफूले दैनिक हेर्ने २१ जना बिरामीमध्ये तीन जना हाराहारी नेपाली हुने गरेको उनले बताए । जसमध्ये धेरै कलिलो उमेरका विद्यार्थी रहने गर्दछन् ।

उदासिनता, दिक्क लाग्ने, आत्तिनेजस्ता डिप्रेसनका समस्या लिएर धेरै आउने गरेको भन्दै उनले भने– “कोही कडा खालको मानसिक रोग लिएर आउँछन् ।” त्यहाँको वास्तविक अवस्था नबुझी पुगेका विद्यार्थी अपेक्षाअनुसार नभएपछि उदासिन हुने गरेको उनको भनाइ छ । उनले भने, ‘आफ्ना छोराछोरीलाई विदेश पठाउनु अघि त्यहाँको सम्भावनाका बारेमा अभिभावकले बुझ्नु जरुरी छ ।’

१२ कक्षा पास गरेर जाने विद्यार्थीमा बढी समस्या हुने गरेको भन्दै उनले कम्तीमा स्नातक उत्तीर्ण गरेर मात्रै अष्ट्रेलिया पठाउन उनले अनुरोध गरे । आफूको मा उपचारका लागि आउने एक तिहाइ विद्यार्थी हुने गरेको भन्दै १८–२० वर्षको उमेरमा परिवारबाट अलग भएर आफ्नो र परिवारको दोहोरो बोझ बोक्नु पर्दा उनीहरूलाई कठिन हुने गरेको डा चापागाईँ बताउँछन् ।

सम्बन्धित समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

बाँकेमा विद्युत चुहावट नियन्त्रण अभियान, १४ बेवारिसे मिटर फेला

उनले भने, “अभिभावकले बुझ्नुपर्यो, कलेजको शुल्क पनि तिर्नुपर्यो, आफू जाँदा लिएको ऋण पनि तिर्नुपरयो, ती कुरा धान्न नसक्दा विद्यार्थीमा मानसिक समस्या पर्ने गरेको छ ।” कतिपय अभिभावकले आफ्ना छोराछोरीलाई सुधार्नका लागि बाहिर पठाउने गरेको भन्दै उनले नेपालमा कुलतमा फसेकालाई बाहिर पठाउँदा सुध्रनको सट्टामा झन् बिग्रने गरेको बताए ।

नेपालमा हुँदा परिवारको रेखदेखबाट समेत नसुध्रिएका बाहिर एक्लो जीवनमा सुध्रिन सम्भव नहुने भएकाले यस्तो गल्ती नगर्न उनले सुझाव दिए । उनीहरूमा निन्द्रा नलाग्ने समस्या बढेसँगै मदिरा र लागुऔषध प्रयोग गर्दा थप जटिलता देखिने गरेको उनी बताउँछन् । कतिपय पहिलेदेखि नै अष्ट्रेलिया रहेकामा पनि समस्या आउने गरेको उनले जानकारी दिए । छोराछोरी हुर्किएर परिवार छोडेर काममा लागेपछि बाबुआमामा एक्लोपनासँगै दिक्क लाग्नेजस्ता समस्या लिएर आउने गरेको उनी बताउँछन् । मनोरोगीमध्ये एक प्रतिशत कडाखालको समस्या लिएर आउने गरेको उनको भनाइ छ ।

पढ्न जाने विद्यार्थीले आफ्नो कलेजका बारेमा राम्ररी बुझेर पूर्वतयारीका साथ जानुपर्ने उनी बताउँछन् । यसरी समस्या देखिनेमा धेरै महिला हुने गरेका छन् । आत्महत्या गर्ने पुरुष बढी हुने भए पनि आत्महत्याको प्रयास गर्नेमा महिला बढी रहेको उनले जानकारी दिए ।

ADVERTISEMENT

अष्ट्रेलियाको सिड्नीको एउटा अस्पतालको अवस्थालाई चित्रण गर्दै उनले सिङ्गो देश र अन्य यस्तै देशमा यही खालका समस्या हुने भएकाले उच्च सावधानी अपनाउन र बुझेर मात्रै आफ्ना सन्तानलाई विदेश पठाउन सुझाव दिए । रासस

Share166Tweet94SendShare
Previous Post

मधेस प्रदेशमा १८ पूर्वमन्त्री पराजित

Next Post

भरतपुर महनगरपालिकाको योजना : माछा पाल्ने किसानलाई ५० प्रतिशत अनुदान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा विद्युत चुहावट नियन्त्रण अभियान, १४ बेवारिसे मिटर फेला

५:०६ बिहान, साउन ३, २०८३
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

१:१८ बिहान, साउन २, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन
समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

६:२२ बिहान, असार ३१, २०८३
कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो
समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

७:४९ बिहान, असार २९, २०८३
कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण
समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

७:३० बिहान, असार २८, २०८३
Next Post
भरतपुर महनगरपालिकाको योजना : माछा पाल्ने किसानलाई ५० प्रतिशत अनुदान

भरतपुर महनगरपालिकाको योजना : माछा पाल्ने किसानलाई ५० प्रतिशत अनुदान

मनाङमा शून्य लैङ्गिक हिंसा

मनाङमा शून्य लैङ्गिक हिंसा

माओवादीमा पदाधिकारी चयन र जिम्मेवारी बाँडफाँटमा अझै समस्या

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?