ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

मधेस प्रदेशमा १८ पूर्वमन्त्री पराजित

News Desk by News Desk
११:३४ बिहान, मंसिर १७, २०७९
दाङमा मतगणनाको तयारी गरिँदै
397
सेयर
383
VIEWS
ShareTweetSendShare

सर्लाही मंसिर १७ गते ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुँदा मधेस प्रदेशमा १८ जना पूर्वमन्त्री पराजित भएका छन् । कतिपय पूर्वमन्त्री नयाँ अनुहारसँग पराजय भए भने कतिपयलाई अघिल्ला प्रतिस्पर्धीबाट हार बेहोर्नुपरेको छ । सबैभन्दा बढी धनुषामा मात्रै छ जना पूर्वमन्त्री पराजित भएका छन् ।

धनुषाको क्षेत्र नम्बर १ मा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा पूर्वमन्त्री मात्रिकाप्रसाद यादव अघिल्ला प्रतिस्पर्धी जनता समाजवादी पार्टीका नेता दीपक कार्कीसँग पराजित भए । गत २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट यादव २६ हजार चार सय १८ मत प्राप्त गरी विजयी हुँदा कार्की १७ हजार दुई सय ९६ मत प्राप्त गरे । यादव गत २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

यस्तै धनुषा क्षेत्र नम्बर २ मा चुनावी प्रतिस्पर्धामा रहेका तीन जना पूर्वमन्त्रीमध्ये पूर्वमन्त्री तथा कांग्रेस नेता रामकृष्ण यादव निर्वाचित भए भने पूर्वमन्त्री उमाशङ्कर अरगरिया र रामचन्द्र झा पराजित भए । गत २०७४ सालको निर्वाचनमा अरगरिया निर्वाचन हुँदा झा र यादव पराजित भएका थिए । धनुषा क्षेत्र नं ३ मा पूर्वमन्त्री तथा लोसपा नेता अनिलकुमार झा पराजित भए ।

पूर्वमन्त्री तथा नेकपा एमाले नेत्री जुलीकुमारी महतोसँग झा पराजित भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । मुख्य निर्वाचन अधिकृत प्याकुरेलका अनुसार महतोले ३३ हजार तीन सय ८८ मत प्राप्त रिन्े भने झाले २३ हजार छ सय ८६ मत ल्याए । धनुषाको क्षेत्र नम्बर ४ मा पूर्वमन्त्री तथा एमालेका सचिव रघुवीर महासेठ दोस्रो पटक विजयी हुँदा पूर्वमन्त्री तथा कांग्रेसका सहमहामन्त्री महेन्द्रयादव पराजित भए।

सम्बन्धित समाचार

राप्ती नदीमा नयाँ पुलको काम तीव्र, सबै पिल्लर निर्माण सकियो

फत्तेबाल आँखा अस्पतालबाट ११ महिनामा ९८ हजारभन्दा बढी बिरामीले लिए सेवा

नेपालगन्जबाट ८० ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई पक्राउ

निर्वाचन अधिकृतको कार्यालयका अनुसार महासेठले यादवलाई एक सय ४२ मतान्तरले पराजित गरे । महासेठले ३२ हजार दुई सय ३६ मत ल्याएर निर्वाचित हुदाँ यादवले ३२ हजार एक सय १२ मत प्राप्त गरे। सोही क्षेत्रको प्रदेशसभामा चुनाव लडेका पूर्वराज्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता सत्रुधनप्रसाद महतो पनि एमालेका नेता हरिनारायण महतोसँग पराजित भए ।

धनुषामा छ जना पूर्वमन्त्री पराजित हुँदा छिमेकी जिल्ला सिरहामा पनि चार जना पूर्वमन्त्रीलाई पराजय बेहोर्नुपरेको छ । सिरहा क्षेत्र नम्बर १ मा पूर्वमन्त्री तथा कांग्रेस नेता पदमनारायण चौधरी एमालेका रामशङ्कर यादवसँग पराजित भए । एमालेका यादवले २९ हजार चार सय ६२ मत प्राप्त गरी विजयी हुँदा चौधरीले २७ हजार तीन सय ७९ मत प्राप्त गरे ।

सिरहा क्षेत्र नम्बर २ मा पूर्वमन्त्री तथा कांग्रेस नेत्री चित्रलेखा यादव पराजित भइन् । उनलाई पूर्वमन्त्री तथा जसपाका नेता राजकिशोर यादवले एक हजार एक सय ५० मतान्तरले पराजित गरे । त्यहाँ जसपा नेता यादवले २४ हजार एक सय ७८ मत प्राप्त गर्दा कांग्रेस नेत्री यादवले २३ हजार २८ मत प्राप्त गरे ।

ADVERTISEMENT

सिरहा क्षेत्र नम्बर ३ मा चुनावी मैदानमा उत्रिएका पूर्वमन्त्री तथा एमाले नेता लिलानाथ श्रेष्ठ निर्वाचित हुँदा अर्का पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता विश्वनाथ साह पराजित भए। निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमाले नेता श्रेष्ठले २८ हजार ६४ मत प्राप्त गर्दा माओवादी नेता साहले २६ हजार आठ सय ८२ मत प्राप्त गरे।

सिरहा क्षेत्र नम्बर ४ मा पूर्वमन्त्री धर्मनाथ साह पनि फराकिलो मतान्तरले पारजित भए । सो क्षेत्रमा जसपाबाट डा वीरेन्द्रप्रसाद महतो २३ हजार एक सय दुई मत ल्याएर विजयी भए भने तेस्रो स्थानमा रहेका पूर्वमन्त्री साहले १४ हजार छ सय ५३ मत मात्र प्राप्त गरे ।

उम्मेदवारी दर्तादेखि मतगणनासम्म सर्वाधिक चासोको रुपमा रहेको सप्तरी क्षेत्र नम्बर २ मा पूर्वउपप्रधानमन्त्री तथा जसपा अध्यक्ष उपेन्द्र यादव जनमत पार्टीका अध्यक्ष डा सिके राउतसँग फराकिलो मतान्तरले पराजित भए । जनमत अध्यक्ष डा राउतले ३५ हजार ४२ मत प्राप्त गरी विजयी हुँदा जसपा अध्यक्ष यादवले १६ हजार नौ सय ७९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले बताए ।

सो क्षेत्रको प्रदेशसभा क्षेत्र नम्बर २ ९२० मा चुनाव लडेका पूर्वमन्त्री तथा माओवादी केन्द्र सप्तरीका अध्यक्ष उमेशकुमार यादव आफ्नै पूर्वसहकर्मीबाट पराजित भए। उम्मेदवारी मनोनयनपत्र दर्ताको पूर्वसन्ध्यामा नेकपा (माओवादी केन्द्र) छाडेर जनमत पार्टीबाट उम्मेदवारी दत्र्ता गराएका महेशप्रसाद यादवले पूर्वमन्त्री यादवलाई पराजित गरे ।

गत २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भई मन्त्रीसमेत भइसकेका हेमराज तातेड यस पटकको प्रदेशसभा सदस्य निर्वाचनमा भने आफ्नो जमानतसमेत जोगाउन सकेन । कांग्रेसले टिकट नदिएपछि सप्तरी क्षेत्र नम्बर १ (१) मा स्वतन्त्र उम्मेदवारी दिएका तातेडले जम्मा नौ सय ९२ मत मात्र प्राप्त गरे। सो क्षेत्रबाट एमालेका राजकुमार लेखी १४ हजार दुई सय ९१ मत प्राप्त गरी विजयी भए ।

महोत्तरीमा पनि दुई जना पूर्वमन्त्री पराजित भए । महोत्तरी क्षेत्र नम्बर १ मा पटकपटक मन्त्री भइसकेका माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल एक हजार ३० मतान्तरले अघिल्लो प्रतिस्पर्धीबाटै पराजित भए ।

एमालेका लक्ष्मी महतो कोइरी २३ हजार चार सय दुई मत ल्याएर विजयी हुँदा पूर्वमन्त्री पोखरेलले २२ हजार तीन सय २ मत प्राप्त गरे । गत २०७० र २०७४ सालको निर्वाचनमा पोखरेल सोही क्षेत्रबाट निर्वाचित भएका थिए। पूर्वस्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादव पनि पराजित भए । कांग्रेस नेता महेन्द्र राय महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित हुँदा पूर्वराज्यमन्त्री यादव चार हजार एक सय २४ मतान्तरले पराजित भए ।

राय २५ हजार चार सय २० मत ल्याएर निर्वाचित हुँदा जसपाका यादवले २१ हजार दुई सय ९६ मतमा सीमित भए । गत २०७४ सालको निर्वाचनमा यादवले रायलाई पाँच हजार मतान्तरले पराजित गरे । गत २०७४ सालको निर्वाचनमा निर्वाचित भएको धनुषा क्षेत्र नम्बर ३ छाडेर सर्लाही क्षेत्र नम्बर २ बाट चुनाव लडेका पूर्वमन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो पनि पराजित भए।

माओवादी केन्द्रको चुनाव चिह्न लिएर चुनाव लड्नुभएका नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा महतो दुई हजार ११ मतान्तरले पराजित भए । महेन्द्र रायले २३ हजार पाँच सय २९ मत ल्याएर विजयी हुँदा महतो २१ हजार पाँच सय १८ मतमा सीमित भए।

यसअघि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पनि तत्कालिन सर्लाही क्षेत्र नम्बर ५ मा महतो महेन्द्र राय यादवसँगै पराजित भएका थिए । गत २०७४ सालको निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिलाई पराजित गरेर महतो सांसद भएका थिए ।

वर्तमान सरकारको खानेपानीमन्त्री तथा कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरी बारा क्षेत्र नम्बर १ मा पराजित भए । जहाँ एमालेका अच्युतप्रसाद मैनाली ३९ हजार एक सय ९५ मत ल्याएर विजयी भए । मन्त्री चौधरीले भने ३० हजार ५६ मत मात्र प्राप्त गरे। पूर्वमन्त्री तथा एमाले नेता एकबाल मियाँ बारा क्षेत्र नम्बर ४ मा एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठसँग पराजित भए ।

चुनाव जितेर गएपछि नेताहरु जनतासँग गरेको वाचा बिर्सिने, नाताबाद, कृपावादमा रमाउने, विकास निर्माणमा ध्यान नदिने र सत्ता लिप्सामा लाग्ने गरेकाले सत्ता भोग गरिसकेका नेतालाई यसपटकको निर्वाचनमा मतदाताले पाखा लगाएको स्थानीय बुद्धिजीवीको भनाइ छ ।

Share167Tweet96SendShare
Previous Post

नवलपरासी जीप दुर्घटनामा मृत्य भएका चारै जनाको सनाखत

Next Post

‘कलिलो उमेरमा विदेश जाँदा मानसिक समस्या’

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राप्ती नदीमा नयाँ पुलको काम तीव्र, सबै पिल्लर निर्माण सकियो
मुख्य समाचार

राप्ती नदीमा नयाँ पुलको काम तीव्र, सबै पिल्लर निर्माण सकियो

४:५३ बिहान, असार २३, २०८३
फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार
मुख्य समाचार

फत्तेबाल आँखा अस्पतालबाट ११ महिनामा ९८ हजारभन्दा बढी बिरामीले लिए सेवा

४:३० बिहान, असार २३, २०८३
बर्दियामा फरार दुई प्रतिवादी पक्राउ
अपराध

नेपालगन्जबाट ८० ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई पक्राउ

११:०६ बिहान, असार २२, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ
मुख्य समाचार

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ

२:२९ बिहान, असार २२, २०८३
बाँकेमा थपिए दुई चक्ला वन, दिगो वन व्यवस्थापन विस्तार
मुख्य समाचार

बाँकेमा थपिए दुई चक्ला वन, दिगो वन व्यवस्थापन विस्तार

२:०६ बिहान, असार २२, २०८३
मुख्य नाकामा कडाई हुँदा सहायक नाकाबाट तस्करी गर्दै तस्कर
अपराध

मुख्य नाकामा कडाई हुँदा सहायक नाकाबाट तस्करी गर्दै तस्कर

१०:३४ बिहान, असार २१, २०८३
असहाय तथा जोखिममा परेका बालबालिकाका लागि खजुरामा बाल संरक्षण गृह सञ्चालन
मुख्य समाचार

असहाय तथा जोखिममा परेका बालबालिकाका लागि खजुरामा बाल संरक्षण गृह सञ्चालन

९:०८ बिहान, असार २१, २०८३
Next Post
‘कलिलो उमेरमा विदेश जाँदा मानसिक समस्या’

‘कलिलो उमेरमा विदेश जाँदा मानसिक समस्या’

भरतपुर महनगरपालिकाको योजना : माछा पाल्ने किसानलाई ५० प्रतिशत अनुदान

भरतपुर महनगरपालिकाको योजना : माछा पाल्ने किसानलाई ५० प्रतिशत अनुदान

मनाङमा शून्य लैङ्गिक हिंसा

मनाङमा शून्य लैङ्गिक हिंसा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?