ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

छाडा चौपायाबाट किसानलाई बाली जोगाउनै मुस्किल

News Desk by News Desk
९:५७ बिहान, मंसिर २०, २०७९
छाडा चौपायाबाट किसानलाई बाली जोगाउनै मुस्किल
395
सेयर
371
VIEWS
ShareTweetSendShare

कञ्चनपुर मंसिर २० गते ।
कञ्चनपुरमा छाडा चौपायाको समस्या बढ्दै गएको छ । पछिल्लो समय पशुको संरक्षण नहुँदा दिनप्रतिदिन समस्या बढ्दै गएको हो । स्थानीय तहले छाडा पशुचौपाया व्यवस्थापनका लागि खर्च गरे पनि समस्या समाधान हुन नसकेको भीमदत्त नगरपालिका निवासी हरिभान भट्ट बताए ।

“छाडा चौपायामा स्थानीय तहले धेरै पैसा खर्चिएका छन्, तर अझै समस्या समाधान हुन सकेको छैन,” उनले भने, “छाडा चौपाया राख्न कान्जीहाउस (गौशाला) बनाइयो तर अहिले उपयोगविहीन छन् ।”

यस्ता चौपायाको समस्या समाधान नहुँदा स्थानीय चिन्तित बनेका छन् । बेदकोट नगरपालिकामा छाडा चौपायाको समस्या समाधान नभएको जनाउँदै सडकका चौपाया संकलन गरेर स्थानीयले नगरपालिका परिसरमा थुनेका छन् ।

नगरपालिकालाई छाडा चौपायाको समस्या समाधानका लागि दबाब दिन चौपाया नगरपालिकामा थुनिएको कमला चौधरीले बताए । “नगरपालिकालाई पटक पटक छाडा चौपायाको व्यवस्थापनका लागि भन्यौं, तर केही चासो देखाएन,” उनले भने , “माग सम्बोधनका लागि दबाब दिन चौपाया नगरपालिकाको कार्यालयमा हुलेका हौं ।”छाडा चौपाया नगरपालिकाको परिसरमा तीन दिनदेखि राखिएका छन् । समस्या समाधान नहुञ्जेसम्म नगरपालिकामा चौपाया थुनिने उनले बताए ।

सम्बन्धित समाचार

नेपालगन्जमा एकजना युवती मृत फेला, हत्या आशंका

इ-रिक्सा व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरको ‘सचेतीकरण अभियान’

आज बुद्ध जयन्ती, शान्तिको कामनासहित विभिन्न कार्यक्रम आयोजना गरिँदै

चाहिञ्जेल पाल्ने र पछि छाड्ने प्रवृत्तिले छाडा चौपायाको समस्या समाधान हुन नसकेको पशु संरक्षणकर्मी बताउँछन् । पछिल्लो समय पशुप्रति मानवका व्यवहार ‘कू्रूर’ हुन थालेको पशु संरक्षणका सक्रिय हरिशरण महाराजले बताए । “दूध दिने बेलासम्म गाई बाँध्ने र दूध दिन छाडेपछि सडकमा छाड्ने प्रवृत्तिले पशु संरक्षणमा चुनौती थपिएको छ,” उनले भने । पशुलाई धर्ममा पूजा गर्ने तर मनमा नमान्ने प्रवृत्ति मौलाउँदा पशु संरक्षण हुन नसकेका उहाँको भनाइ छ । “ तिहारमा पूजा गरिने गाईप्रति समेत मानवीय व्यवहार भएको छैन, सरकारले पनि पशु व्यवस्थापनमा ध्यान दिन सकेको छैन,” उनले भने ।

छाडा चौपाया व्यवस्थापन हुन नसक्दा पूर्वपश्चिम राजमार्ग, बजार क्षेत्रभर नै पशु चौपायाको समस्या जस्ताको त्यस्तै छ । भीमदत्तले रु ५० लाख खर्चेर निर्माण गरेका ‘कान्जिहाउस’ (गौशाला) मा एउटा पनि पशु चौपाया छैनन् । जग्गा भाडामा लिएर बनाएको गौशाला जीर्ण बन्दै गएको स्थानीय राधेश्वर धामीले बताए ।

पश्चिम गड्डाचौकीदेखि, सुकासाल, वनगाउँ, बसपार्क, सुडा लालपुर, सिसैया, दैजी, गुलरिया, कृष्णपुरसम्म जताततै छाडा चौपाया देखिन्छन् । राजमार्गमा छाडा पशुका कारण दुर्घटनाको खतरा पनि बढेको छ ।
छाडा चौपायाका कारण यात्रुले राजमार्गमा सास्ती खेप्नु परेको छ ।

ADVERTISEMENT

छाडा चौपायाले खेतमा लगाएका बाली सखाप गर्ने गरेको बेदकोट–९ की काजल साउदले बताए । “चौपायाले खेतमा लगाएको बाली खाएर सखाप पार्छ,” उनले भने , “छाडा चौपायाले हैरान भएका छौं, यसको समाधान गर्नु जरुरी छ ।”

बेदकोट नगर प्रमुख भोजराज बोहराले छाडा चौपाया व्यवस्थापनका लागि काम अगाडि बढेको बताए । “चुने पानीमा चौपायाका लागि टहरा बनाइएको छ, वडा नंं. ४ मा पनि जग्गा भाडामा लिएर व्यवस्थापनको काम अगाडि बढेको छ,” उनले भने , “दुई महिनाभित्र सडकका चौपायालाई त्यहाँ व्यवस्थापन गर्ने गरेर तत्कालीन र दीर्घकालीन योजना अगाडि बढाएकाछौं ।”

पूर्वपश्चिम महेन्द्र राजमार्गमा पर्ने भीमदत्त, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर नगरपालिकामा छाडा चौपायाको समस्या छ । शुक्लाफाँटा नगरपालिकाका छाडा चौपायालाई वडा नम्बर ९ स्थित बनाइएको गौशालामा राख्ने गरिएको नगर प्रमुख रणबहादुर महराले बताए । छाडा चौपाया व्यवस्थापनका लागि कृष्णपुर नगरपालिकाले काम तीव्र रुपमा अगाडि बढाएको नगर प्रमुख हेमराज ओझाले बताए । उनका अनुसार नगरपालिकाको प्रत्येक वडामा गौशाला निर्माण गरी छाडा चौपाया व्यवस्थापन गरिरहेको छ ।

“छाडा चौपाया र घरमै पालिएका गाईलाई फरक–फरक रङको ट्याग लगाउने कार्य भइरहेको छ,” उनले भने , “यसले घरमै पालिएका गाई र बाह्य क्षेत्रमा छाडिएका गाईको पहिचान गर्न सहज हुन्छ, गाई–गोरु छाडा रुपमा छाड्ने व्यक्तिको पहिचान हुन्छ, अनि नगरपालिकाको प्रचलित कानुनअनुसार कारबाही गर्न सकिन्छ ।” छाडा चौपाया व्यवस्थापनका लागि नगरपालिकाले घाँस, चारो, पानी र हेरालाको व्यवस्था गर्न योजना बनाएको उनले जानकारी दिए । नगरपालिकाले चालू आर्थिक वर्षमा छाडा चौपाया व्यवस्थापनका लागि रु ४० लाख बजेटको व्यवस्था गरेको छ । रासस

Share172Tweet93SendShare
Previous Post

निःशुल्क डायलसिसमा भएको लापरवाहीले कोहलपुरमा ३३ जनाको मृत्यु

Next Post

कोहलपुरको हरियाली र सौन्दर्य प्रवर्द्धनका लागि नगरपालिका र समितीबीच सम्झौता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कारको ठक्करबाट जानकीमा युवतीको मृत्यु
मुख्य समाचार

नेपालगन्जमा एकजना युवती मृत फेला, हत्या आशंका

१२:५१ मध्यान्ह, बैशाख २९, २०८०
इ-रिक्सा व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरको ‘सचेतीकरण अभियान’
मुख्य समाचार

इ-रिक्सा व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरको ‘सचेतीकरण अभियान’

४:४० मध्यान्ह, बैशाख २४, २०८०
आज बुद्ध जयन्ती, शान्तिको कामनासहित विभिन्न कार्यक्रम आयोजना गरिँदै
समाचार

आज बुद्ध जयन्ती, शान्तिको कामनासहित विभिन्न कार्यक्रम आयोजना गरिँदै

१०:२३ बिहान, बैशाख २२, २०८०
सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्राथमिकता : प्रधानमन्त्री
मुख्य समाचार

सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्राथमिकता : प्रधानमन्त्री

१०:२० बिहान, बैशाख २२, २०८०
कोहलपुरमा यही आर्थिक वर्षमा बन्दैछन् १४ वटा विद्यालयका भवनहरु
मुख्य समाचार

कोहलपुरमा यही आर्थिक वर्षमा बन्दैछन् १४ वटा विद्यालयका भवनहरु

१०:१६ बिहान, बैशाख २२, २०८०
रास्वपा सरकारमा नजाने, समर्थन फिर्ता हुने
मुख्य समाचार

रास्वपा सरकारमा नजाने, समर्थन फिर्ता हुने

१०:१२ बिहान, बैशाख २२, २०८०
संसदमा दुई सचिव नियुक्त
मुख्य समाचार

संसदमा दुई सचिव नियुक्त

१०:१० बिहान, बैशाख २२, २०८०
८ बोरा गाँजासहित धरानबाट दुई जना पक्राउ
अपराध

८ बोरा गाँजासहित धरानबाट दुई जना पक्राउ

२:४७ मध्यान्ह, बैशाख २१, २०८०
Next Post
कोहलपुरको हरियाली र सौन्दर्य प्रवर्द्धनका लागि नगरपालिका र समितीबीच सम्झौता

कोहलपुरको हरियाली र सौन्दर्य प्रवर्द्धनका लागि नगरपालिका र समितीबीच सम्झौता

पोर्चुगल विश्व कप फुटबलको क्वाटर फाइनलमा

पोर्चुगल विश्व कप फुटबलको क्वाटर फाइनलमा

उपाधि दाबेदार स्पेनलाई पेनाल्टी शुटमा पराजित

उपाधि दाबेदार स्पेनलाई पेनाल्टी शुटमा पराजित

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
31°
Partly Cloudy
5:22 am7:10 pm +0545
Feels like: 34°C
Wind: 13km/h W
Humidity: 55%
Pressure: 1004.06mbar
UV index: 7
SatSunMon
40/24°C
41/25°C
41/25°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?