ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

फागुन अन्तिम हप्ता राष्ट्रपतिको चुनाव गर्ने आयोगको तयारी

News Desk by News Desk
११:५९ बिहान, माघ १०, २०७९
काठमाडौं–१ मा २२ मतदानस्थल र ५२ मतदान केन्द्र
431
सेयर
398
VIEWS
ShareTweetSendShare

काठमाडौं माघ १० गते ।
निर्वाचन आयोगले राष्ट्रपति चुनावको लागि तयारी थालेको छ । फागुन अन्तिम हप्ता राष्ट्रपतिको चुनाव गर्ने गरी तयारी थालेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

सभामुख र उपसभामुख चयनसँगै दलहरूको ध्यान अहिले राष्ट्रपतिमा केन्द्रित भएको छ ।राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनावसम्बन्धी ऐनले पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि नै चुनाव गर्नुपर्ने व्यवस्था गरेको छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी गएको २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा चयन हुनुभएको थियो ।नेपालको संविधान अनुसार राष्ट्रपतिको पदावधि पाँच वर्षको हुन्छ ।

त्यसअनुसार फागुन २९ गते भित्रै राष्ट्रपति निर्वाचित भइसक्नुपर्ने हुन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसअघि नै राष्ट्रपति, उपराष्ट्रपतिको चुनावका बारेमा निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गर्नुभएको थियो । उहाँले राष्ट्रपति र उपराष्ट्रपति चुनावका लागि दलहरुले छलफल गरेर निष्कर्ष निकाल्ने भन्दै आवश्यक प्रक्रिया अगाडि बढाउन आयोगलाई आग्रह समेत गर्नुभएको थियो । मिति घोषणा गर्न आयोगले आज महान्यायाधिवक्ता, गृहसचिव र कानुन सचिवसँग परामर्श समेत गर्दैछ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगले मिति तोकेपछि चुनावी गतिविधि र प्रकृया अगाडि बढ्नेछ । अहिलेसम्म आयोगले राष्ट्रपति चुनावको मिति तोकेको छैन । आयोगले मिति तोक्न ढिलाइ गरेकोमा असन्तुष्ट नेपाली कांग्रेसले सरकार र निर्वाचन आयोगलाई समयभित्रै राष्ट्रपतिको चुनाव सम्पन्न गर्न दबाब दिएको छ ।

सम्बन्धित समाचार

डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी

महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सिलाइ–कटाइ तालिम सुरु

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

यसअघि सभामुख र उपसभामुखमा उम्मेदवार उठाएको विपक्षी दल कांग्रेसले राष्ट्रपति पदमा पनि उम्मेदवारी दिने तयारी गरेको छ । सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा हिजो बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले राष्ट्रपतिमा पनि उम्मेदवार उठाउनेबारे निर्णय गरेको हो ।सङ्घीय संसद्को सदस्य हुन योग्य भएको, कम्तीमा ४५ वर्ष उमेर पूरा भएको र कुनै पनि कानुनले अयोग्य नभएका व्यक्ति राष्ट्रपतिका लागि उम्मेदवार हुन योग्य हुनेछन् ।

संविधानले राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिङ्ग वा समुदायको हुनुपर्ने व्यवस्था समेत गरेको छ ।राष्ट्रपतिको चुनावमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य मतदाता हुन्छन् । त्यसअनुसार राष्ट्रिय सभाका ५९, प्रतिनिधि सभाका २ सय ७५ र प्रदेश सभाका ५ सय ५० गरी कुल ८ सय ८४ जना मतदान गर्न योग्य हुनेछन् ।

जनसङ्ख्याको आधारमा मतभार पनि तोकिएको छ ।०७८ सालमा भएको जनगणनाको अन्तिम तथ्याङ्क अहिलेसम्म सार्वजनिक नभएकाले ०६८ को जनगणनाअनुसारको मतभारअनुसार गणना हुनेछ । बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था रहेको छ ।

ADVERTISEMENT
Share192Tweet100SendShare
Previous Post

कांग्रेसले प्रमुख विपक्षी दलको सुविधा पाउने

Next Post

सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा वर्षा र हिमपात

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी

१:४० मध्यान्ह, जेष्ठ ८, २०८३
महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सिलाइ–कटाइ तालिम सुरु
मुख्य समाचार

महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सिलाइ–कटाइ तालिम सुरु

६:३४ बिहान, जेष्ठ ८, २०८३
अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ
मुख्य समाचार

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

७:४५ बिहान, जेष्ठ ७, २०८३
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती
मुख्य समाचार

अत्यधिक गर्मी र ‘लु’ले बाँकेसहित पश्चिम तराईको जनजीवन प्रभावित

१:०५ बिहान, जेष्ठ ७, २०८३
बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ
अपराध

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ

१२:२१ मध्यान्ह, जेष्ठ ४, २०८३
सीमापार व्यापारमा गिरावट, नेपाली बजारमा बढ्दो चहलपहल
मुख्य समाचार

सीमापार व्यापारमा गिरावट, नेपाली बजारमा बढ्दो चहलपहल

५:२० बिहान, जेष्ठ ४, २०८३
मधेसमा विद्युत् महसुल नतिर्ने १२ हजार ८३३ ग्राहकको लाइन काटियो
मुख्य समाचार

बाँकेमा विद्युत् आपूर्ति सुधार गर्न पाँच नयाँ फिडर थप

५:०७ बिहान, जेष्ठ ४, २०८३
कोहलपुरका विस्थापित सुकुमवासीको अवस्था बुझ्न अधिकारकर्मीको अनुगमन
मुख्य समाचार

कोहलपुरका विस्थापित सुकुमवासीको अवस्था बुझ्न अधिकारकर्मीको अनुगमन

८:४० बिहान, जेष्ठ ३, २०८३
Next Post
आज रातिदेखि पश्चिमी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा वर्षा र हिमपात

मन्त्रिपरिषद् : गण्डकीमा पूर्णता, बाग्मती र कर्णालीमा आज विस्तारको तयारी, अन्यमा अलमल

मन्त्रिपरिषद् : गण्डकीमा पूर्णता, बाग्मती र कर्णालीमा आज विस्तारको तयारी, अन्यमा अलमल

मोटरसाइकल चोर पक्राउ

मणिवाला सर्प भन्दै दाङमा सुन तथा नगद ठगी : एक जना पक्राउ, दुई जनाको खोजी चल्दै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?