ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

चौपायालाई गौशाला छ, आहारा छैन

News Desk by News Desk
१०:५८ बिहान, असार २०, २०८०
चौपायालाई गौशाला छ, आहारा छैन
379
सेयर
378
VIEWS
ShareTweetSendShare

कैलाली असार २० गते ।
कैलालीको भजनी नगरपालिका–१ मा सामुदायिक चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण गरिएको छ । गौशाला बनेपछि चौपायाको सास्ती खेप्दै आएका किसानलाई राहत मिलेको छ । किसानलाई खेती जोगिँदा राहत भए पनि व्यवस्थापन गरिएका चौपायालाई खाने आहाराको भने अभाव भएको छ ।

भजनीकी मनसरा बोहरा चौपाया व्यवस्थापन भएदेखि त्यहाँ काम गर्दै आएकी छिन् । उनी गौशालामा चौपायाको मलमूत्र व्यवस्थापन गर्ने काम गर्छिन् । छ वर्षदेखि यही काममा लागेकी बोहराका अनुसार चौपायालाई पर्याप्त आहारा नहुँदा समस्या भएको छ । “गौशालाको अवस्था दयनीय छ, खानलाई आहारा छैन ।”

बिर्मादेवी बोहरा पनि त्यहीँ गौशालामा मलमूत्र व्यवस्थापनको काम गर्छिन् । गर्मीको समयमा मलमूत्र व्यवस्थापन गर्न सहज भए पनि बर्सातमा भने कठिन हुने गरेको उनी बताउछिन् । “चौपायाका लागि ट्रस्ट निर्माणको आवश्यकता छ, यसोगरे मलमूत्रको व्यवस्थापन गर्न सहज हुन्छ”, बोहराले भनिन् ।

सामुदायिक चौपायाको व्यवस्थापन गर्न समिति बनाइएको छ । त्यो समितिले चौपाया चराउनका लागि गोठाला पनि राखेको छ । मलमूत्र व्यवस्थापन गर्न र गोठाला गरी सात जना गौशालामा कार्यरत छन् । उनीहरुको पारिश्रमिक भजनी नगरपालिकाले बेहोर्दै आएको छ । प्रतिव्यक्ति रु नौ हजारका दरले मासिक पारिश्रमिक त्यहाँ काम गर्ने कामदारले पाउने गरेका छन् । फुलराम चौधरी त्यो चौपायाको गोठालोका रुपमा एक वर्षदेखि काम गर्दै आएका छन् । चरनको भरमा बाँचेका चौपायालाई जङ्गलमा थेग्न मुस्किल हुने गरेको उनी बताउछन् ।

सम्बन्धित समाचार

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

“खानेकुरा केही छैन । भोका चौपाया चरन खोज्दै भौँतारिँदा तिनलाई सम्हाल्न गाह्रो हुन्छ”, चौधरी भन्छन्, “चौपाया खान नपाएर मर्ने अवस्था छ ।” उनले आफूहरु पाँचजना गोठाला भए पनि चौपायाको चापले समस्या हुने गरेको बताए । चौपायाको आहाराका लागि नगरपालिकाले रु दुई लाख ६८ हजारको पराल खरिद गरेको थियो । त्यो पराल केही महिनामै सकियो । त्यसपछि चौपाया चरनको भरमा बाँचिरहेका छन् ।

गौशाला व्यवस्थापन समितिका अध्यक्ष देशराम चौधरी बजेट नभएका कारण चौपायाका लागि आहारा खरिद गर्न नसकिएको बताउछन्। उनले नगरपालिकाले दिएको पैसाले खरिद गरेको पराल सकिएपछि चौपाया चरनको भरमा बाँचेको स्वीकार गरे। “गौशालामा दुई सय ५० भन्दा बढी चौपाया छन् । ती चौपायामा लगानी मात्रै छ, आम्दानी भनेको तिनको गोबर मात्रै हो”, उनले भने, “समितिसित पर्याप्त पैसा छैन । थोरैले पुग्ने अवस्था छैन । त्यहीँ चरनको विकल्पमा चौपाया बाँचेका छन् ।”

उसो त गौशाला व्यवस्थापन समितिले गौशालामा उत्पादन भएको गोबर बिक्री गर्दै आएको छ । समितिले यसपटक गोबरबाट रु एक लाख २५ हजार आम्दानी गरेको छ । अझै केही गोबर बिक्री गर्न बाँकी छ । प्रतिट्र्याक्टरको रु पाँच हजारका दरले गोबर बिक्री हुन्छ । त्यसबाट भएको आम्दानी त्यसैमा खर्च हुने गरेको अध्यक्ष चौधरीले बताए । व्यावसायिक रुपमा काम गर्ने भन्दै भजनीका स्थानीय केही युवाले सुरु गरेको गौशाला पछि उनीहरुले नसकेर छोडेपछि नगरपालिकाको मातहतमा सञ्चालन गर्नुपरेको हो । नगरपालिकाले वर्षमा रु १५ लाखभन्दा बढी रकम चौपाया व्यवस्थापनका नाममा खर्च गर्दै आएको छ ।

ADVERTISEMENT

भजनी नगरपालिकाको मात्रै होइन, कैलालीका अधिकांश स्थानीय तहमा गौशाला बनाइएका छन् । त्यहाँको समस्या पनि भजनीको भन्दा फरक छैन । निर्वाचनका समयमा चौपाया व्यवस्थापनलाई चुनावी एजेन्डा बनाएका जनप्रतिनिधिले केही हदसम्म व्यवस्थापनको काम त गरेको देखिन्छ, तर चौपाया व्यवस्थापनका नाममा भोकै प्यासै चौपाया दैनिक मरिरहेका छन् । चौपाया व्यवस्थापन राम्रोसित गर्न नसकिएको स्थानीय रामप्रसाद शर्मा बताउछन् ।

उनले भने, “चौपाया व्यवस्थापनलाई उत्पादनसँग जोडेर स्थानीय क्षेत्रमा रोजगारीको अवसरका रुपमा रुपान्तरण गर्न सक्नुपर्छ । अनि मात्रै भएको लगानीले पनि सार्थकता पाउँछ ।”

टीकापुर नगरपालिकामा भने स्थानीय युवाले गौशाला व्यवस्थापनको काम अगाडि बढाएका छन् । व्यावसायिक रुपमा काम गर्ने उद्देश्यका साथ लागेका युवाले चौपायाको आहाराका लागि घाँस खेती सुरु गरेका छन् ।

Share152Tweet95SendShare
Previous Post

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

Next Post

प्रतिनिधिसभा बैठक बस्दै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन
खेल

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

१२:०५ मध्यान्ह, जेष्ठ २९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार
कृषि

चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार

८:५२ बिहान, जेष्ठ २८, २०८३
७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित
आर्थिक

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

८:०९ बिहान, जेष्ठ २८, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड
मुख्य समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

३:४६ बिहान, जेष्ठ २६, २०८३
आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित
मुख्य समाचार

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

१:३६ बिहान, जेष्ठ २६, २०८३
Next Post
एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन

प्रतिनिधिसभा बैठक बस्दै

तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

कांग्रेस जिल्ला सभापतिको भेला आजदेखि, पार्टी सदस्यता मुख्य एजेन्डा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?