ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

ऐतिहासिक त्रिभुवन चोक : वन्द र आन्दोलनको मारमा

News Desk by News Desk
५:३९ मध्यान्ह, कार्तिक ९, २०८०
ऐतिहासिक त्रिभुवन चोक : वन्द र आन्दोलनको मारमा
987
सेयर
931
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक ९ गते ।
कुनै बेला चर्चामा थियो नेपालगन्जको त्रिभुवन चोक । काठ्माडौँबाट आएकाहरु त्रिभुवन चोक नपुगे नेपालगन्जको यात्रा अधुरो महशुस गर्थे । त्रिभुवन चोकमा पाइने रावडी, सेवई, पानीपुरी, रसगुल्ला, घमन्जा, चाट, दहिवरा लगायतका रैथाने परिकार खान छुटाउँदैनथे । त्रिभुवन चोक नपुगे बाहिरबाट आउनेहरुले खल्लो महशुस गर्थे पनि ।
अहिलेको त्रिभुवन चोक पहिले जुद्ध चोक थियो ।

तत्कालिन राजा त्रिभुवनका आसेपासेले यसलाई त्रिभुवन चोक नामाकरण गरे । मधेस आन्दोलनका क्रममा गोली लागेर मृत्यू भएका कमल गिरिको नाम कमल चोक बनाउने प्रयास नभएको पनि होइन । तर, सर्वसाधारणको जिव्रोमा त्रिभुवन चोक झुण्डिएकोले नाम परिवर्तन सम्भव हुन सकेन । अहिले त्रिभुवन चोकको नामले चिनिन्छ ।

नेपालगन्जको त्रिभुवन चोक, सदरलाइन र एकलैनी, गगनगन्ज, फुल्टेक्रालाई पुरानो तथा ऐतिहासिक बजारको रुपमा लिइए पनि ब्यापारिक केन्द्रको रुपमा अहिले पनि त्रिभुवन चोकलाई चिनिन्छ । यो चोक पहिले चोक बजार थियो । उतिबेलादेखि कहलिएको त्रिभुवन चोक अहिले आन्दोलन गर्ने प्रमुख थलोको रुपमा चिनिन्छ । नेपालगन्जमा हुने हरेक आन्दोलन र द्वन्द्वले त्रिभुवन चोकलाई छुन्छ ।

पछिल्लो समय यो चोक चपेटामा परेको छ । रात्रिकालिन बजार पनि अहिले बन्द छ । मध्यरातसम्म खुल्ने यहाँका पसल पछिल्लो समय समसाँझै बन्द हुने गरेका छन् । ‘पहिले यहाँका पसल मध्यरातसम्म खुल्थे । जसरी रात छिपिदै जान्थ्यो त्यसैगरी सर्वसाधारण किनमेलका त्रिभुवन चोक आउँथे । चियासँगै विभिन्न थरिका परिकार खानेको भिड लाग्थ्यो । साथीभाईसँग गफिन टाढा–टाढाबाट सर्वसाधारण त्रिभुवन चोक आउँथे । त्यतिबेला त्रिभुवन चोकको रौनक फरक थियो,’ अवधि सांस्कृति प्रतिष्ठानका अध्यक्ष विष्णुलाल कुमालले भने, ‘मध्यरातको १२–१ बजेसम्म त्रिभुवन चोक जाग्राम हुन्थ्यो ।’
विक्रम सम्वत ०५१ सालमा भएको हिन्दू–मुस्लिम द्वन्द्वले त्रिभुवन चोकलाई पहिलो झट्का दियो ।

सम्बन्धित समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

उक्त द्वन्दले तंग्रिन नपाउँदै मधेस आन्दोलन र मधेसी–पहाडी वीचको द्वन्द्वले फेरि त्रिभुवन चोकलाई नै असर गर्यो । मधेस आन्दोलनले त्रिभुवन चोक र आसपासका क्षेत्रलाई नराम्रोसँग प्रभावित बनायो । मधेस–पहाडिया द्वन्द्वमा यी दुई समुदाय वीचको सम्बन्धमा दरार फाटेपछि पहाडियाहरु त्रिभुवन चोक आउन हिच्किचाउन थाले । त्यसको मार त्रिभुवन चोक र सदरलाइनको ब्यापारमा पर्यो । ‘आफूलाई असुरक्षित ठानेपछि पहाडियाहरु त्रिभुवन चोक बजार आउन छाडे,’ कुमालले भने ।

उनले मधेस नेपालगन्जमा हुने आन्दोलन र बन्दको चपेटामा सवैभन्दा त्रिभुवन चोक परेको बताए । मधेस आन्दोलनको सवैभन्दा मार त्रिभुवन चोकले खेपेको बताउँदै उनले अहिले पनि त्रिभुवन चोकमै प्रभाव परेको बताए । ‘आन्दोलन र बन्द गर्ने सवैको पहिलो नजर त्रिभुवन चोक परेको छ । बन्द र आन्दोलनले यो क्षेत्रको ब्यापार, ब्यवसायमा ठूलो असर परेको छ,’ उनले भने, ‘बन्द र आन्दोलनको पहिलो मार त्रिभुवन चोकका ब्यापारीले खेप्न परेको छ ।’
मधेसी साहित्यकार समेत रहेका नेपालगन्जलाई नजिकबाट चिन्ने सचिदानन्द चोवे पनि मधेस आन्दोलन, मधेसी–पहाडी द्वन्द्व, हिन्दू–मुस्लिम द्वन्द्वको पहिलो मार त्रिभुवन चोकले खेप्न परेको बताउँछन् ।

उनले आन्दोलनकारीको पहिलो प्राथमिकता त्रिभुवन चोक पर्ने गरेको बताए । नेपालगन्जमा हुने हरेक गतिविधिको केन्द्र त्रिभुवन चोक बन्दा ब्यापार, ब्यवसाय चौपट भएको छ नै यो क्षेत्रका ब्यापारी असुरक्षित महशुस गरेको मैले पाएको छु,’ उनले भने ।

ADVERTISEMENT

१४ असोजमा इस्लाम धर्मावलम्वीले नेपालगन्जमा प्रदर्शन गरे । उनीहरुले त्रिभुवन चोकमा टायर बालेर प्रदर्शन गरेपछि असुरक्षित महशुस गरि पसल बन्द भए । १६ असोजमा ओमकार परिवारको नाममा हिन्दूवादीले नेपालगन्जमा प्रदर्शन गरे । यसको प्रत्यक्ष असर त्रिभुवन चोकको ब्यापार, ब्यवसायमा पर्न गयो । बाँके प्रशासनले कर्फ्यु जारी गर्दा त्रिभुवन चोकलाई मुख्य टार्गेट गरेको थियो । यहाँका पसल कर्फ्यु हटेको एक हप्तापछि मात्र निर्वाध रुपमा खुल्न थाले ।

बन्द, हड्ताल र आन्दोलको मुख्य स्थल त्रिुभुवन चोक बनेपछि त्यस क्षेत्रका धेरै ब्यापारीले पसल न्यूरोडमा सारेका छन् । बन्द, हड्ताल र आन्दोलनले ब्यापार, ब्यसायमा असर परेपछि ब्यापारीले पसल न्यूरोडमा सारेको नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल बैश्यले बताए ।

निषेधित क्षेत्र बनाउन माग

उनले नेपालगन्जमा हुने, आन्दोलन, हड्ताल र वन्दको प्रभाव अन्यत्रभन्दा त्रिभुवन चोकमा पर्ने गरेको बताए । ‘नेपालगन्जमा हुने आन्दोलनको पहिलो झट्का त्रिभुवन चोकलाई लाग्छ । अन्यत्रका पसल खुल्ला भए पनि त्रिभुवन चोकका पसल बन्द भइहाल्छन्,’ उनले भने ।

त्रिभुवन चोकलाई जुलुस, सभा, प्रदर्शन गर्न निषेधित क्षेत्र घोषणा गर्न त्यस क्षेत्रका ब्यापारीले माग गरेका छन् । त्रिवेणी मोडदेखि दक्षिण, रानी तलाउदेखि पश्चिम, विपी चोकदेखि त्रिभुवन चोकसम्म र त्रिभुवन चोकदेखि चार बाहिनी चोकसम्मको क्षेत्रलाई निषेधित क्षेत्र बनाउनु पर्ने त्रिभुवन चोकका ब्यापारी दुर्गेस गुप्ताले बताए ।

उनले त्रिभुवन चोक सम्वेदनशिल क्षेत्र भएको बताउँदै त्रिभुवन चोकको आसपास जिल्ला प्रशासन कार्यालय, भेरी अस्पताल, जिल्ला र उच्च अदालत, मालपोत कार्यालय, नापी कार्यालय लगायतका सरकारी कार्यालय भएकोले निषेधित क्षेत्र घोषणा गर्नुपर्ने तर्क गरे । ‘एक त त्रिभुवन चोक पहिलेदेखि नै ब्यापारिक केन्द्र हो । त्यसैमा यस क्षेत्रमा विभिन्न सरकारी कार्यालय भएकोले सम्वेदनशिल क्षेत्र हो,’ उनले भने ।

सडकलाई वान–वे बनाउन सुझाव

त्रिभुवन चोक क्षेत्रलाई एकतर्फी सडक बनाउनु पर्ने माग पनि उठ्दै आएको छ । पहिलेको त्रिभुवन चोक र सदरलाइनलाई फराकिलो बनाइए पनि अहिले पनि अन्य सडकको तुलनामा यो सडक साँघुरो छ । पछिल्लो समय यो क्षेत्रमा आउजाउ गर्न समेत समस्या हुने गरेको छ । ‘सदरलाइन क्षेत्रमा पैदलयात्री हिड्नका लागि सडकको दुवैतर्फ बर्साती थियो । सर्वसाधारण त्यहि वर्सातीमा हिड्थे । पानी परेको बेला ओत पनि त्यहि वर्सातीमा लाग्ने गरिन्थ्यो,’ अवधि साहित्यकार विष्णुलाल कुमालले भने, ‘वर्सातीले सवारी साधन संचालनमा सहज हुन्थ्यो नै सर्वसाधारण सुरक्षित पनि रहन्थे ।’

यातायातको साधनमा बृद्धि भएपछि सदरलाइन साँघुरो भएको छ । त्यसले त्रिभुवन क्षेत्रको ब्यापार, ब्यवसायमा असर परेको छ । यस क्षेत्रमा ठूला सवारी साधन प्रवेशमा रोक लगाउनुपर्ने नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल बैश्यले बताए । ‘त्रिभुवन चोकको ऐतिहासिकता जोगाउन यस क्षेत्रमा चार पाङ्ग्रे गाडी प्रवेशमा रोक लगाउनु पर्छ । अटो रिक्सा र मोटरसाइकलका लागि पनि एकतर्फी (वान–वे) बनाउनु पर्छ,’ उनले भने ।

त्रिभुवन चोकको ऐतिहासिक महत्व के छ ?

त्रिभुवन चोकको ऐतिहासिक महत्व छ । यो नेपालगन्जको चौक बजार हो । सन् १८६० मा ब्रिटिश इन्डियाबाट बाँके, बर्दिया, कैलाली, कञ्चनपुर फिर्ता पाएपछि जंगबहादुर राणाले नेपालगन्ज शहर बसाएको जानकार बताउँछन् । १८६० ताका चोक खाली थियो । चोकको माझ भागमा एउटा चारपाटे दुई तले घर ठड्याइएको थियो, ठिक अहिलेको शालिक भएको ठाउँमा । नेपालगन्जमा व्यापार गर्न आउने ठूला महाजनहरुलाई त्रिभुवन चोक र त्रिभुवन चोककै वरिपरिका घरहरु दिएर राख्ने गरिन्थ्यो ।

सन् १९४२ तिर जुद्ध शमशेर सिकार खेल्न नेपालगन्ज आउने कुरा चलेपछि तत्कालीन बडाहाकिमले हाल नगर भवन नजिक भन्सार कार्यालय सारे । अनि त्यहाँ श्री ३ महाराज जुद्ध शमशेरको शालिक राख्ने निर्णय गरे । भन्सार भएको चारपाटे घर भत्काइयो । त्यहाँ गोलाकार गुम्बद भएको शालिक निर्माण स्थल तयार गरेर काठमाडौंबाट अष्ट धातुको शालिक निर्माण गराएर स्थापित गराइएको साहित्यकार सनत रेग्मी बताउँछन् ।

गोलाकार भित्र चार वटा खम्बा माथि गुम्बद, त्यही तल माझमा राजसी पोशाकमा श्रीपेच लगाएका जुद्ध शमशेर जबराको भव्य शालिकले चौक बजार सुशोभित भएको थियो । रेग्मीका अनुसार, सुरु–सुरुमा सदरलाइनबाट दक्षिण जाने चोकको चारैतिरबाट आउने जाने बटुवाहरु चोकबाट अघि बढ्नु पर्दा जुद्ध शमशेरको शालिकलाई सलाम गरेर मात्र अघि बढ्नु पथ्र्यो ।

विक्रम सम्वत् २००७ सालको जनक्रान्तिको प्रभाव, चोक बजारमा पनि पर्यो । क्रान्तिकारी युवकहरुले जुद्ध शमशेरको शालिक तोड्न खोजे, तर श्रीपेच ढाल्ने बाहेक अरु कुनै क्षति पुर्याउन सकेनन् । जुद्ध शमशेरको शालिक श्रीपेचहीन अवस्थामा चौक बजारमा स्थापित नै थियो ।

विसं २०१६ सालमा नेपालगन्ज पहिलो नगरपालिका गठन भयो । जसको मेयर मुलचन्द आजाद र उपमेयर पूर्णमान आजाद थिए । त्यस नगरपालिकाको बोर्डले जुद्ध शमशेरको शालिक हटाएर त्यहाँ अन्तर्राष्ट्रिय मान्यताको ट्राफिक पोष्ट बनाउने निर्णय गर्यो । र, चोक बजारबाट जुद्ध शमशेरको शालिक हटाएर ट्राफिक पोष्ट बनाइयो । त्यति बेला चोक बजारको वरिपरि काठको खम्बामा माथि काँचको लेन्टर्नबक्स हुन्थ्यो । त्यसभित्र टुकी बालेर सडक बत्ति बालिन्थ्यो ।

विसं २०२१ सालतिर तत्कालीन नगर पंचायतले राजा त्रिभुवनको शालिक चोक बजारमा स्थापित गरेपछि यो स्थान चोक बजारबाट त्रिभुवन चोक हुन पुग्यो । ०६२–०६३ को जनआन्दोनल, मधेस आन्दोलनले त्रिभुवनको शालिक पूर्ण ध्वस्त बनाइ यसको नाम कमल मधेसी चोक भनाउन खोजिए पनि जनजिब्रोमा बसिसकेको त्रिभुवन चोकको नाम हट्न सकेको छैन । आज पनि यसलाई त्रिभुवन चोक नै भनिन्छ ।

त्यसपछि धेरैं वर्ष बिना शालिकको स्तम्भ मात्र ठिङ्ग उभिरहयो । चोकको शौन्दर्य विग्रिएको जनगुनासो पछि नेपालको झण्डा राखियो । गत वर्ष धेरैले विरोध गर्दागर्दै पनि त्रिभुवनको शालिक राखिएको छ । राखिएको शालिक हटाउन प्रशासनले प्रयास गरे पनि जनदवावका कारण हटाउन सकेन । र, अहिले पहिलेको स्वरूपमा त्रिभुवन चोक देख्न सकिन्छ ।

 

Share428Tweet233SendShare
Previous Post

दशैँका लागि गाउँ घर गएकाहरु धमाधम फर्किँदै

Next Post

पहाडमा वर्षा, उच्च पहाड र हिमालमा हिमपातको सम्भावना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
Next Post
पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना

पहाडमा वर्षा, उच्च पहाड र हिमालमा हिमपातको सम्भावना

श्रीलंकासँगको हारले इंग्ल्यान्डको अन्तिम चार पुग्ने सम्भावना कमजोर

श्रीलंकासँगको हारले इंग्ल्यान्डको अन्तिम चार पुग्ने सम्भावना कमजोर

कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण

कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?