ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

चाँदनी दोधारामा आइसिपी निर्माण गर्न डिपिआर तयार

News Desk by News Desk
१:४२ मध्यान्ह, मंसिर ६, २०८०
चाँदनी दोधारामा आइसिपी निर्माण गर्न डिपिआर तयार
380
सेयर
376
VIEWS
ShareTweetSendShare

काठमाडौं मंसिर ६ गते ।
पाँच अर्ब ७५ करोड रुपियाँ लागतमा भारतको सहयोगमा कञ्चनपुरको चाँदनी दोधारामा एकीकृत भन्सार जाँच चौकी (आइसिपी) निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । भारत सरकारले आइसिपी निर्माणका लागि डिपिआर तयार गरेर पठाएको इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । आइसिपी निर्माणका लागि भारत सरकारले नै ठेक्का प्रक्रिया अगाडि बढाउने छ ।

समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले आइसिपी निर्माण भएपछि सुदूरपश्चिमको निर्यात व्यापार प्रवर्धनमा सहयोग हुने उहाँले जानकारी दिनुुभयो । सुुदूरपश्चिममा न्यून आयात निर्यात हुने गरेकामा आइसिपी निर्माण भएपछि यस क्षेत्रको व्यापार बढ्न सक्ने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । भारतको गुजरात, दिल्ली नजिक पर्ने हुँदा आइसिपी प्रयोग गरेर निर्यात बढाउन सकिने गजुरेलले जानकारी दिनुभयो ।

पाँच अर्ब ७५ करोड रुपियाँ लागतमा आइसिपी निर्माण हुन लागेको हो । लागत खर्च भारत सरकारले बेहोर्ने छ । आइसिपी निर्माण भएपछि व्यापार र लागत दुवै घट्ने बताइएको छ । ४० हेक्टर क्षेत्रफल रहेको जग्गामा निर्माण हुन लागेको आइसिपीमा दुई वटा गोदाम भवन, भन्सार चेक जाँच भवन, क्वारेन्टाइन भवन, इमिग्रेसन भवन, सुरक्षा भवनलगायतका अन्य पूर्वाधार रहने छन् । २२० ट्रक अट्ने पार्किङ, प्यासेन्टर टर्मिनल अफिस निर्माण हुने छ । कोल्ड स्टोरेज, यात्रु शाखासमेत आइसिपीभित्र रहने छ । आइसिपी एकै चरणमा निर्माणको काम गर्ने भारतको योजना रहेको समितिले जनाएको छ ।

महेन्द्रनगरको गड्डाचौकी नाकाबाट झिटीगुन्टाका सामान आयात हुने गर्छ । आइसिपी निर्माण भए पनि सुदूरपश्चिममा हुने व्यापारको लागत र समय दुवै घट्ने अनुमान गरिएको छ । हाल नेपालगन्ज र भैरहवा नाकाबाट सामान आयात हुँदै आएको छ । व्यापारविज्ञ रविशङ्कर सैँजूले चाँदनी दोधारामा आइसिपी निर्माणले समग्र सुदूरपश्चिम नै आर्थिक कोरिडोरका रूपमा विकास हुने जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय कनेक्टिभिटी जोडेर आयात निर्यातमा सहजीकरण हुने उहाँको भनाइ छ । स्थानीय कच्चा पदार्थ, प्राकृतिक स्रोतसाधनको प्रयोग भई आर्थिक कोरिडोरका रूपमा विकास हुने उहाँको भनाइ छ ।

सम्बन्धित समाचार

कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा

तीन लाख ४० हजार क्युफिट दाउरा उत्पादन

रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा

आइसिपीले नेपाल र भारतसँगै अन्य देशको व्यापारमा पहुँच विस्तार हुने उहाँले जानकारी दिनुभयो । पहुँच मार्ग निर्माणका लागि भारतीय पक्षले ठेक्का आह्‍वान गरिसकेको र सर्भे सकेर फुटवेजहरू गाड्ने काम सकिइसकेको समितिले जनाएको छ । यो निर्माण हुने जग्गा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हो । जसका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृति भइसकेको छ । आइसिपी निर्माण गर्ने जग्गामा एक हजार ९८९ रुख कटान गर्नुपर्ने छ ।

रुख कटानका लागि वनले टाँचा लगाउने काम भइरहेको समितिले जनाएको छ । एउटा रुख कटान गर्दा २५ वटा नयाँ रुख रोप्नुपर्ने व्यवस्था रहेको छ । सन् २०२४ देखि सुरु भई सन् २०२६ सम्म सक्ने डिपिआरमा उल्लेख गरिएको छ । हाल वीरगन्ज, विराटनगरमा आइसिपी सञ्चालनमा छन् । नेपालगन्जमा पनि आइसिपी निर्माणको काम अन्तिम चरणमा पुगेको समितिले जनाएको छ । गत जेठ महिनामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच संयुक्त रूपमा यो परियोजना सुरु गर्ने गरी सम्झौता भएको थियो ।

ADVERTISEMENT
Share154Tweet94SendShare
Previous Post

अवैध भीपीएन र डीएनएसबाट टिकटक चलाउँदा डेटा र बैंकिङ विवरणसमेत चोरी हुने सरकारको चेतावनी

Next Post

बाँकेमा बढ्दै चोरी, तस्करी : वरिष्ठ सईको चंगुलमा एसपी, तस्कर मिलाउन वरिष्ठ सईको कसरत

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा
समाचार

कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा

१:४३ बिहान, असार २७, २०८२
जीविकोपार्जनको माध्यम बन्दै सामुदायिक वन
समाचार

तीन लाख ४० हजार क्युफिट दाउरा उत्पादन

१:३४ बिहान, असार २७, २०८२
रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा
दुर्घटना

रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा

१:३० बिहान, असार २७, २०८२
दशैंमा खसीबोका बिक्री भएनन्, किसान चिन्तित
समाचार

त्रिवेणीबाट तीन करोड २६ लाखको खसी बिक्री

१:२३ बिहान, असार २७, २०८२
राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार
समाचार

राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार

७:५० बिहान, असार २६, २०८२
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

बाँकेमा लालपुर्जा वितरण तीब्र

२:४९ बिहान, असार २६, २०८२
असारे विकासः मध्यरातमा बन्यो कमसल कालोपत्रे
समाचार

असारे विकासः मध्यरातमा बन्यो कमसल कालोपत्रे

२:४६ बिहान, असार २६, २०८२
बच्चाहरुले घर छोडेर जाउँ भन्छन्, जाने ठाउँ छैन
समाचार

बच्चाहरुले घर छोडेर जाउँ भन्छन्, जाने ठाउँ छैन

२:३९ बिहान, असार २६, २०८२
Next Post
बाँकेमा बढ्दै चोरी, तस्करी : वरिष्ठ सईको चंगुलमा एसपी, तस्कर मिलाउन वरिष्ठ सईको कसरत

बाँकेमा बढ्दै चोरी, तस्करी : वरिष्ठ सईको चंगुलमा एसपी, तस्कर मिलाउन वरिष्ठ सईको कसरत

दाङमा धान उत्पादन बढ्यो

दाङमा धान उत्पादन बढ्यो

कृषि शिक्षामा विद्यार्थीको आकर्षण घट्दो

चितवनको रामपुरमा हुने कृषि वैज्ञानिक सम्मेलनको तयारी पूरा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
29°
Rain Shower
5:28 am7:19 pm +0545
Feels like: 36°C
Wind: 10km/h S
Humidity: 79%
Pressure: 1000mbar
UV index: 8
SatSunMon
35/28°C
36/28°C
34/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?