ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सिँजामा घट्दै बालविवाह

News Desk by News Desk
१२:३८ मध्यान्ह, पुस २, २०८०
सिँजामा घट्दै बालविवाह
386
सेयर
377
VIEWS
ShareTweetSendShare

जुम्ला पुस २ गते ।
जुम्ला जिल्लामा बालविवाह न्यूनीकरणका लागि सिँजा क्षेत्रका स्थानीय सरकार सक्रिय रूपमा जुटेका छन् । समाजमा व्यापक रूपमा बालविवाह हुने गरेको र त्यसले बहुविवाह, घरेलु हिंसा र मातृशिशु मृत्युदर बढाएकाले स्थानीय सरकार सक्रिय भएका हुन् ।

यस क्षेत्रमा भएका बालविवाहको विषयमा पहिलो पटक अध्ययन गरिएको छ । सिँजा क्षेत्रका तीन वटा स्थानीय सरकार सिँजा, हिमा र कनकासुन्दरी पालिकाको समन्वय तथा प्लान नेपाल र आत्मसम्मानका लागि सहकार्य (क्याड) नेपालको सहयोगमा तीन वर्षको बालविवाह व्यापकता सर्वेक्षण तथा अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ ।

गाउँपालिकाको अगुवाइमा सन् २०२०, २०२१ र २०२२ सम्मको तथ्याङ्क अनुसार त्यस क्षेत्रमा बालविवाह घट्दै गएको देखिएको छ । विगतमा सिँजामा बालविवाह विकराल समस्याका रूपमा देखिएको थियो । स्थानीय सरकारको अगुवाइमा सार्वजनिक गरिएको उक्त तथ्याङ्कमा जुम्लाको हिमा गाउँपालिकामा सन् २०२० मा जम्मा ७६९ जनाको विवाह दर्ता भएकोमा ५८३ जनाले बालविवाह गरेका थिए । जसमा वडा नम्बर–१ मा १२६ जना, वडा नम्बर–२ मा ९५ जना, वडा नम्बर–३ मा १०३ जना, वडा नम्बर–४ मा ३२ जना, वडा नम्बर–५ मा ९५ जना, वडा नम्बर–६ मा ६३ जना र वडा नम्बर–७ मा ६९ जनाले बालविवाह गरे । सर्वेक्षणको तथ्याङ्क अनुसार सबैभन्दा बढी ९५ प्रतिशत बालविवाह भएको थियो । बालविवाह विषयमा सार्वजनिक गरेको प्रतिवेदनमा हिमा गाउँपालिकामा सन् २०२१ मा जम्मा विवाह १९४ जनामध्ये बालविवाह १३६ जनाले बालविवाह गरे ।

जसमा वडा नम्बर–१ मा ३७ जना, वडा नम्बर–२ मा १० जना, वडा नम्बर–३ मा ३६ जना, वडा नम्बर–४ मा २१ जना, वडा नम्बर–५ मा १६ जना वडा नम्बर–६ मा ११ जना र वडा नम्बर–७ मा १५ जना छन् । सन् २०२२ मा १४४ जनाको विवाह भएकामा ३६ जनाले बालविवाह गरेका छन् । जसमा वडा नम्बर–१ मा शून्य बालविवाह, वडा नम्बर–२ मा ६ वटा, वडा नम्बर–३ मा ३ वटा, वटा नम्बर–४ मा तीन वटा, वडा नम्बर–५ मा १ वटा, वडा नम्बर–६ मा १३ वटा र वडा नम्बर–७ मा १० जनाले बालविवाह गरेका छन् । यस क्षेत्रको सिँजा गाउँपालिकामा सन् २०२१ मा १६० जनाले बालविवाह गरेको तथ्याङ्क छ ।

सम्बन्धित समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

गाउँपालिकाको वडा नम्बर–१ मा २३ जना, वडा नम्बर–२ मा १२ जना, वडा नम्बर–३ मा १६ जना, वडा नम्बर–४ मा २० जना वडा नम्बर–५ मा २२ जना र वडा नम्बर–६ मा २४ जनाले बालविवाह गरेका छन् । यो तथ्याङ्क अनुसार सन् २०२१ मा ७३ प्रतिशत बालविवाह भएको पाइन्छ । यसै गरी सन् २०२२ मा सिँजा गाउँपालिकामा १४१ जनाको विवाह भएकोमा ६७ जना अर्थात् ४८ प्रतिशत जनाको बालविवाह भएको छ । सिँजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बालविवाह रोक्ने प्रयासमा निरन्तर काम भइरहेको बताए । उनले साझेदार निकाय प्लान नेपाल र क्याडको सहयोगमा २०२० देखि सर्वेक्षण जनप्रतिनिधि परिचालनसहित विभिन्न क्रियाकलापहरू गरिँदै आएको बताए । कनकासुन्दरी गाउँपालिकामा सन् २०२० मा ७७३ जनाको विवाह भएकोमा ४४६ जना अर्थात् ५८ प्रतिशत, सन् २०२१ मा १५६ जनामा ९४ जना र सन् २०२२ मा १२४ जनाको बालविवाह भएको बताइएको छ ।

यसरी समग्रमा सिँजा क्षेत्रमा बालविवाह घटेको तथ्याङ्कले देखाएको छ । हिमा गाउँपालिकाको वडा नम्बर १ मा सन् २०२० मा अत्यधिक देखिएको बालविवाह २०२२ मा शून्यमा झरेको छ । वडाध्यक्ष रतनबहादुर शाहीका अनुसार वडा नम्बर १ मा अहिले बालविवाह शून्य भएको छ । उनले भने, हामीले उमेर नपुगेका केटाकेटीको विवाहमा वडाका जनप्रतिनिधि उपस्थित नहुनेसमेत निर्णय गरेका छौँ । स्थानीय सरकारले त्यस वडालाई बालविवाहमुक्त वडा घोषणा गर्ने तयारी गर्दैछ । वडाध्यक्ष शाहीका अनुसार वडामा २० वर्ष उमेर पुगेर विवाह गर्ने चेलीलाई कोसेलीसहित सम्मान गर्ने नीति बनेको छ । सिँजा गाउँपालिका वडा नम्बर २ ले पनि बालविवाहमुक्त गर्ने योजना बनाएको छ । सिँजा २ मा यो वर्ष बालविवाह खासै भएको छैन ।

वडाध्यक्ष तीर्थ वडका अनुसार वडापालिकाको सिफारिस गरेर मात्रै विवाह गर्न पाइने नियम बनाइएको छ । उनले टोलटोलमा सचेतना कार्यक्रम गर्नेदेखि विभिन्न क्रियाकलाप गर्दै आएको जानकारी दिए । साझेदार संस्था क्याड नेपाल जुम्लाका सामाजिक परिचालन अधिकृत देवेन्द्र आचार्यले परियोजनाले विद्यालयबाहिर रहेका बालबालिका विद्यालय पु¥याउने, यौन तथा प्रजननको सचेतना दिने, आयआर्जनमा टेवा पु¥याउने, धार्मिक गुरु तथा पुरोहितसँग अन्तर्क्रिररया गरी जानकारी दिने गरिएको बताए ।

ADVERTISEMENT

उनका अनुसार प्लान नेपालले सिँजा क्षेत्रमा सन् २०२० देखि बालविवाह नियन्त्रणका क्षेत्रमा काम गर्दै आएको र २०२४ सम्म जारी रहनेछ । उनले जुम्लाको हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकामा बालविवाह, भागी विवाह, छिटो विवाह र जबरजस्ती विवाह रोक्नका लागि विभिन्न क्रियाकलाप गर्दै आएको जानकारी दिए ।

Share160Tweet94SendShare
Previous Post

भूकम्प प्रभावित जिल्लामा खोप अभियान सञ्चालन हुने

Next Post

बाँकेको जानकीमा पहिलो पटक ११ कक्षाको पढाइ हुँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
Next Post
बाँकेको जानकीमा पहिलो पटक ११ कक्षाको पढाइ हुँदै

बाँकेको जानकीमा पहिलो पटक ११ कक्षाको पढाइ हुँदै

नेपालगन्जमा भूकम्पिए जोखिमका संरचनाको प्रवलीकरण

नेपालगन्जमा भूकम्पिए जोखिमका संरचनाको प्रवलीकरण

किसानलाई वरदान बन्दै भेरी शीत भण्डार

किसानलाई वरदान बन्दै भेरी शीत भण्डार

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?